लेवी 3

3
मेलबलि
1जब कसैले आफ्‍ना गाईगोरु मध्‍येबाट मेलबलि चढाउँछ, तब त्‍यो एउटा निष्‍खोट गोरु वा गाई हुनुपर्छ। 2त्‍यस मानिसले पशुको टाउकोमा आफ्‍नो हात राखोस् र परमप्रभुको पवित्र पालको ढोकामा त्‍यसलाई मारोस्। हारून वंशको पूजाहारीले त्‍यसको रगत वेदीको चारैपट्टि छर्कोस् 3त्‍यस पशुका भागहरू अर्थात् भित्री अङ्गहरूका सबै बोसोसमेत परमप्रभुको निम्‍ति अन्‍नबलि चढाइयोस्। 4बोसोसमेत मृगौला र कलेजोको बोसे भाग परमप्रभुलाई मेलबलि चढाइयोस्‌। 5पूजाहारीले यी सबै होमबलिसित वेदीमा जलाउनेछ। यस मेलबलिको मीठो बास्‍नाले परमप्रभुलाई खुसी पार्नेछ।
6कसैले मेलबलिमा भेडा वा बाख्रा चढाउँछ भने त्‍यो साँढे वा भेडी अथवा बोको वा पाठी भए हुन्‍छ तर निष्‍खोट हुनुपर्नेछ। 7कोही मानिसले भेडा चढाउँछ भने 8त्‍यसले आफ्‍नो हात भेडाको टाउकोमा राखेर त्‍यसलाई पवित्र पालको अघि मारोस्। पूजाहारीले त्‍यसको रगत वेदीको चारैपट्टि छर्कून् 9र बोसो, डँडाल्‍नुदेखि काटी छुट्ट्याएको बोसेपुच्‍छर, भित्री अङ्गहरूलाई ढाक्‍ने जम्‍मै बोसो, 10बोसोसमेत मृगौला र कलेजोको बोसे भाग परमप्रभुलाई बलि चढाओस्। 11सेवा गर्ने पूजाहारीले यी सबै वेदीमा परमप्रभुलाई मेलबलि चढाओस्।
12कोही मानिसले बाख्रा चढाउँछ भने 13त्‍यसले आफ्‍नो हात बाख्राको टाउकोमा राखेर त्‍यसलाई पवित्र पालको अघि मारोस्। पूजाहारीले त्‍यसको रगत वेदीका चारैपट्टि छर्कोस् 14र त्‍यसको भित्री अङ्गहरूमा भएका जम्‍मै बोसो, 15बोसोसमेत मृगौला र कलेजोको सर्वोत्तम बोसे भाग परमप्रभुलाई मेलबलि चढाओस्। 16पूजाहारीले ती सबै वेदीमा जलाउनेछ र त्‍यो परमप्रभुलाई मन पर्दो भोजनको बलि हुनेछ। सबै बोसो परमप्रभुकै हो। 17कुनै इस्राएलीले बोसो वा रगत खानुहुँदैन। सबै इस्राएलीहरूले जहीँ बास गरे पनि यो नियम सदाकालको निम्‍ति मान्‍नुपर्नेछ।

ハイライト

シェア

コピー

None

すべてのデバイスで、ハイライト箇所を保存したいですか? サインアップまたはサインインしてください。