प्रस्थान 12:12-13
प्रस्थान 12:12-13 सरल नेपाली
“त्यस रात म मिश्रका बीचबाट भएर जानेछु र मिश्रमा भएका सबै जेठा छोराहरू र गाईवस्तुका पहिले ब्याएका बाछाहरूलाई मार्नेछु र मिश्रका सबै देवताहरूलाई दण्ड दिनेछु। म परमप्रभु हुँ। ढोकाका खम्बाहरूमा पोतिएका रगत तिमीहरू बसेका घरमा चिन्ह हुनेछ। त्यो रगत देखेर म तिमीहरूलाई बचाउनेछु र मैले मिश्रीहरूलाई दण्ड दिएको बेलामा तिमीहरूमाथि केही विपत्ति पर्नेछैन।


