1
मत्ती 27:46
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
दिउँसो तीन बजेतिर येशू ठूलो सोरमा कराउनुभयो, “इली, इली, लामा सबखथनी?” जसको अर्थ हो “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?”
比較
मत्ती 27:46で検索
2
मत्ती 27:51-52
त्यस बेला मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्मै दुई भाग भएर च्यात्तियो। पृथ्वी हल्लियो अनि चट्टानहरू फुटे। चिहानहरू उघारिए अनि मरेर गएका धेरै पवित्र जनका शरीरहरू जीवित भई उठे।
मत्ती 27:51-52で検索
3
मत्ती 27:50
येशू चर्को सोरले फेरि कराउनुभयो; त्यसपछि उहाँले आफ्नो प्राण त्याग्नुभयो।
मत्ती 27:50で検索
4
मत्ती 27:54
जब येशूलाई पहरा दिने त्यो सेनापति र ऊसँग हुने अरूहरूले त्यो भुइँचालो र अरू घटनाहरू देखे, तब तिनीहरू अत्यन्त डराएर भने, “निश्चय उहाँ परमेश्वरका पुत्र हुनुहुँदोरहेछ!”
मत्ती 27:54で検索
5
मत्ती 27:45
बाह्र बजेदेखि दिउँसो तीन बजेसम्म सम्पूर्ण देशभरि अन्धकार छायो।
मत्ती 27:45で検索
6
मत्ती 27:22-23
पिलातसले सोधे, “त्यसो भए ख्रीष्ट भनिने येशूलाई म के गरूँ?” तिनीहरूले जवाफ दिए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!” पिलातसले सोधे, “किन? यिनले के अपराध गरेका छन्?” तर तिनीहरू अझ जोडले चिच्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!”
मत्ती 27:22-23で検索