1
मत्तीको सुसमाचार 5:15-16
पवित्र बाइबल
NERV
त्यसरीनै मानिसहरूले बत्ती बालेर पाथीमुनि राख्दैनन्। त्यसको सट्टामा तिनीहरूले त्यसलाई सामदानमा राख्छन्। यसरी घरमा भएका सबै मानिसहरूले उज्यालो पाउने छन्। त्यसै गिरी, अरूका निम्ति तिमीहरू पनि उज्यालो बनिदिनु पर्छ। तिमीहरूले गरेका सुकर्महरू मानिहरूले देख्नेछन् र स्वर्गमा बस्नु हुने तिमीहरूका पिताका महिमा गर्नेछन्।
比較
मत्तीको सुसमाचार 5:15-16で検索
2
मत्तीको सुसमाचार 5:14
“तिमीहरू संसारका ज्योति हौ जसले संसारलाई उज्यालो पार्छ। डाँडामा बसालिएको नगर अदृष्य रहन सक्तैन।
मत्तीको सुसमाचार 5:14で検索
3
मत्तीको सुसमाचार 5:8
धन्य हृदयमा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।
मत्तीको सुसमाचार 5:8で検索
4
मत्तीको सुसमाचार 5:6
धन्य धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई तृप्त पार्नु हुनेछ।
मत्तीको सुसमाचार 5:6で検索
5
मत्तीको सुसमाचार 5:44
तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई खेदो गर्नेहरूको निम्ति प्रार्थना गर।
मत्तीको सुसमाचार 5:44で検索
6
मत्तीको सुसमाचार 5:3
“ती मानिसहरू धन्य हुन् जसले आफूलाई आत्मिक रूपले दरिद्र छौं भनी बुझेका छन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो।
मत्तीको सुसमाचार 5:3で検索
7
मत्तीको सुसमाचार 5:9
धन्य मेल-मिलाप गराउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई आफ्ना छोरा-छोरी भन्नुहुनेछ।
मत्तीको सुसमाचार 5:9で検索
8
मत्तीको सुसमाचार 5:4
अहिले शोक गर्नेहरू धन्यकाहुन्, किनभने परमेश्वरले तिनीहरूलाई सान्तवना दिनुहुनेछ।
मत्तीको सुसमाचार 5:4で検索
9
मत्तीको सुसमाचार 5:10
धन्य धार्मिकताको निम्ति सताइएकाहरू, किनभने स्वर्गका राज्य तिनीहरूकै हुनेछ।
मत्तीको सुसमाचार 5:10で検索
10
मत्तीको सुसमाचार 5:7
धन्य अरू प्रति दया देखाउनेहरू, किनभने तिनीहरूले दया पाउनेछन्।
मत्तीको सुसमाचार 5:7で検索
11
मत्तीको सुसमाचार 5:11-12
“धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूको निन्दा गर्नेछन् र खेदो गर्नेछन्। झूटो बोलेर हरेक किसिमका दुष्ट कुरा गरेर तिमीहरूको खेदो गर्नेछन्, किनभने तिमीहरू मेरा चेलाहरू हौ। सुखी र खुशी बन। स्वर्गमा तिमीहरूलाई ठूलो इनाम मिल्नेछ। किनभने तिमीहरूका अघिका अगमवक्तहरूलाई तिनीहरूले यसरीनै व्यवहार गरेका थिए।
मत्तीको सुसमाचार 5:11-12で検索
12
मत्तीको सुसमाचार 5:5
धन्य नम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्।
मत्तीको सुसमाचार 5:5で検索
13
मत्तीको सुसमाचार 5:13
“तिमीहरू पृथ्वीका नून हौ। यदि नूनको स्वाद नै छैन भने, फेरि त्यसलाई नुनिलो के-ले पार्ने र? यदि नूनमा नूनको स्वाद नै छैन भने त्यो ता-फालिन र मानिसका खुट्टाले कुल्चनबाहेक अरू केही कामको हुँदैन।
मत्तीको सुसमाचार 5:13で検索
14
मत्तीको सुसमाचार 5:48
यसैकारणले तिमीहरू सिद्ध होऊ, जसरी तिमीहरूका स्वर्गका पिता सिद्ध हुनुहुन्छ।
मत्तीको सुसमाचार 5:48で検索
15
मत्तीको सुसमाचार 5:37
यदि तिमी ‘हो’ भने ‘हो’ भन ‘होइन’ भने ‘होइन’ भन। यस भन्दा बढ्ता चाहिं दुष्ट-तर्फबाट भएको हो।
मत्तीको सुसमाचार 5:37で検索
16
मत्तीको सुसमाचार 5:38-39
“तिमीहरूले सुनेकाछौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र दाँतको बद्ला दाँत।’ तर म तिमीहरूलाई भन्दछु, दुष्टको सामना नगर्। यदि कसैले तिम्रो दाहिने गालामा चट्काइदियो भने त्यसलाई देब्रे गाला पनि फर्काइदेउ।
मत्तीको सुसमाचार 5:38-39で検索
17
मत्तीको सुसमाचार 5:29-30
यदि तिम्रो दाहिने आँखाले तिमीलाई बाधा पुर्याउँछ भने, त्यसलाई निकालेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा पर्नु भन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुनेछ। यदि तिम्रो दाहिने हातले तिमीलाई पाप गराउँछ भने त्यसलाई काटेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा जानु भन्दा बरू तिम्रो अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुनेछ।
मत्तीको सुसमाचार 5:29-30で検索