1
मत्तीको सुसमाचार 27:46
पवित्र बाइबल
NERV
प्राय तीन बजेतिर येशू ठूलो स्वरमा कराउनु भयो, “एली, एली, लामा सबथखथनी?” यसको अर्थ, “मेरा परमेश्वर मेरा परमेश्वर, तपाईंले मलाई किन एक्लै छोड्नु भयो?”
比較
मत्तीको सुसमाचार 27:46で検索
2
मत्तीको सुसमाचार 27:51-52
जब येशू मर्नु भयो, मन्दिरको पर्दा आफैं दुइ टुक्रा भएर च्यातियो। त्यो टुप्पादेखि फेदसम्म वारपार च्यातियो। एकाएक भूकम्प गयो अनि चट्टानहरू फाटे। चिहानहरू उघ्रिए, अनि परमेश्वरका मरिसकेका धेरै मानिसहरू चिहानबाट बौरी उठे।
मत्तीको सुसमाचार 27:51-52で検索
3
मत्तीको सुसमाचार 27:50
येशू फेरि एकपल्ट ठूलो स्वरमा चिच्याउनु भयो। अनि प्राण त्याग्नु भयो।
मत्तीको सुसमाचार 27:50で検索
4
मत्तीको सुसमाचार 27:54
सेनाका अधिकारी र येशूलाई पहरा दिने सैनिकहरूले भूईँचालो गएको र अरू घट्नाहरू घटेको अनुभव गरे। तिनीहरू खूबै भयभीत भए र तिनीहरूले भने, “साँच्चै नै उहाँनै परमेश्वरको पुत्र हुनुहुन्थ्यो।”
मत्तीको सुसमाचार 27:54で検索
5
मत्तीको सुसमाचार 27:45
मध्यान्ह हुँदा सम्पूर्ण देशमा नै अँध्यारो छायो। यस्तो अन्धकार प्राय तीन घण्टासम्म भइरहयो।
मत्तीको सुसमाचार 27:45で検索
6
मत्तीको सुसमाचार 27:22-23
पिलातसले सोधे, “त्यसो भए ख्रीष्ट भनिने येशूलाई चाहिँ? के गर्नुपर्ने?” सबै मानिसहरूले भने, “उसलाई क्रूसमा झुण्ड्याएर मार्नुपर्छ!” पिलातसले सोधे, “किन उसले के गल्ती गरेको छ?” तब सबैले उच्च स्वरले कराएर भने, “उसलाई क्रूसमा झुण्ड्याएर मार्नुपर्छ।”
मत्तीको सुसमाचार 27:22-23で検索