1
लेवी 26:12
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
म तिमीहरूसित रहनेछु, तिमीहरूका परमेश्वर हुनेछु र तिमीहरू मेरा प्रजा हुनेछौ।
比較
लेवी 26:12で検索
2
लेवी 26:4
म ठीक समयमा वर्षा पठाइदिनेछु र तिम्रो जमिनले अन्न उमार्नेछ अनि रूखहरूले फल दिनेछन्।
लेवी 26:4で検索
3
लेवी 26:3
“तिमीहरूले मेरा नियमअनुसार जीवन बितायौ र मेरा आज्ञाहरू पालन गर्यौ भने
लेवी 26:3で検索
4
लेवी 26:6
“म तिमीहरूका देशमा शान्ति दिनेछु र कसैको डरबिना तिमीहरू सुत्नेछौ। तिमीहरूका देशबाट डरलाग्दा जनावरहरू हटाउनेछु र त्यहाँ लडाइँ हुनेछैन।
लेवी 26:6で検索
5
लेवी 26:9
म तिमीहरूलाई आशीर्वाद दिनेछु अनि धेरै छोरा-छोरीहरू दिनेछु। मैले तिमीहरूसित बाँधेको करारअनुसार गर्नुपर्ने काम म पूरा गर्नेछु।
लेवी 26:9で検索
6
लेवी 26:13
म परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू कमारा-कमारी हुनुनपरोस् भनेर मिश्रबाट तिमीहरूलाई निकाली ल्याएँ। तिमीहरूलाई भरिया बनाउने शक्तिलाई मैले तोडिदिएँ र तिमीहरूलाई शिर ठाडो गरी हिँड्ने तुल्याएँ।”
लेवी 26:13で検索
7
लेवी 26:11
म तिमीहरूका माझमा आफ्नो पवित्र पालमा बास गर्नेछु र कहिल्यै तिमीहरूलाई त्याग्नेछैनँ।
लेवी 26:11で検索
8
लेवी 26:1
परमप्रभुले भन्नुभयो, “पुज्नको निम्ति मूर्ति नबनाउनू, वा कुनै प्रतिमा वा ढुङ्गाको खम्बा वा कुँदेको ढुङ्गा नराख्नू। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
लेवी 26:1で検索
9
लेवी 26:10
तिमीहरूका अन्नबाली यति प्रशस्त हुनेछ कि त्यो वर्षभरि तिमीहरूलाई पर्याप्त हुनेछ। अनि नयाँ फसल राख्नलाई ठाउँ बनाउन पुरानो उब्रेको अन्न फ्याँकिदिनुपर्नेछ।
लेवी 26:10で検索
10
लेवी 26:8
तिमीहरू पाँच जनाले सय जनालाई जित्न सक्नेछौ अनि सय जनाले दश हजारलाई जित्न सक्नेछौ।
लेवी 26:8で検索
11
लेवी 26:5
तिम्रा खेतको उब्जनी यति प्रशस्त हुनेछ कि अङ्गुर टिप्ने बेला भइसक्दा पनि तिमीहरू आफ्ना अन्नबाली काटिरहेका नै हुनेछौ अनि फेरि अन्न लाउने समय आइसक्दा अङ्गुर टिपिसकेका हुनेछैनौ। तिमीहरूले खान चाहेका कुरा पर्याप्त हुनेछ र आफ्ना देशमा सुरक्षासित बास गर्नेछौ।
लेवी 26:5で検索
12
लेवी 26:7
तिमीहरूले आफ्ना बैरीहरूलाई जित्नेछौ।
लेवी 26:7で検索
13
लेवी 26:2
धार्मिक चाडहरू मान्ने गर्नू र मेरो आराधना गरिने स्थानलाई आदर गर्नू। म परमप्रभु हुँ।
लेवी 26:2で検索
ホーム
聖書
読書プラン
ビデオ