BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सMuestra

रोम जाने क्रममा पावल चढेको डुङ्गा भिषण आँधीमा पर्छ। पावलबाहेक जहाजका सबै यात्री ज्यान जाला भनेर भयभीत हुन्छन् तर पावल भने परीक्षाको ठीक अघिल्लो रात येशूले खानपान गर्नुभएजस्तै उनले पनि जहाजको तल्लो तलामा गई खानपान गर्दैछन्। परमेश्वरले तिनीहरूलाई आँधीबाट बचाउनुहुनेछ भनेर प्रतीज्ञा गर्दै पावलले धन्यवाद दिँदै रोटी भाँच्छन्। भोलीपल्ट जहाज चट्टानमा ठोक्किएर क्षतिग्रस्त हुन्छ र सबैजनालाई पानीले बगाएर सुरक्षित किनारमा पुऱ्याउँछ। तिनीहरू सुरक्षित हुन्छन् तर पावल अझै पनि साङ्लामा नै बाँधिएका हुन्छन्। उनलाई रोममा लगेर नजरबन्दमा राखिन्छ। तर यो अवस्था त्यति खराब हुँदैन किनभने यहूदीहरू र गैर-यहूदीहरूलाई भेला गरेर तिनीहरूलाई बौरी उठ्नुभएका येशूबारे सुसमाचार सुनाउने अनुमति पावललाई दिइन्छ। अत्यन्तै अचम्म तरिकाले, संसारको सबैभन्दा शक्तिशाली साम्राज्यको केन्द्र रोममा लगिएको एक कैदीको कष्टद्वारा येशूको वैकल्पिक उलट-पुलट राज्य वृद्धि भइरहेको हुन्छ। अनि राज्यहरू बीचको यो भिन्नतासँगै लूका आफ्नो विवरण यसरी समाप्त गर्छन् मानौं यो निकै लामो कथाको एउटा अध्याय मात्रै हो। यससँगै, उनले सुसमाचार बाँड्ने यात्रा पूरा भएको छैन भनेर पाठकहरूले बुझ्नुपर्छ भन्ने कुरा बताउँछन्। येशूमा भरोसा गर्ने सबैले उहाँको राज्यमा सहभागिता जनाउन सक्छन्, जुन आजको दिनसम्म पनि निरन्तर फैलिरहेको छ।
Acerca de este Plan

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More