BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सMuestra

आफ्नो प्रतिरक्षा गर्न पावल धार्मिक अगुवाहरूको महासभा अघि खडा हुन्छन्। हिंसात्मक रूपमा बाधा आइपरेपछि र गल्तीले प्रधान पूजाहारीलाई अरू कुनै व्यक्ति भन्ठानेपछि स्थिति बिग्रिएको पावलले देख्छन् र अब के गर्ने भनेर पत्ता लगाउने प्रयास गर्छन्। उनले महासभा दुई धार्मिक पन्थहरूमा विभाजित भएको देख्छन्: सदूकीहरू र फरिसीहरू। सदूकीहरूले पुनरुत्थान वा स्वर्गदूहरूजस्ता आत्मिक वास्तविकताहरूमा विश्वास गर्दैनन् तर फरिसीहरूले चाहिंअझ कडाइका साथ व्यवस्थाको अर्थ लगाउँछन् र सदूकीहरूले इन्कार गर्ने आत्मिक वास्तविकताहरूबारे मनैदेखि विश्वस्त छन्। महासभाबीचको विभाजनलाई पावलले आफूबाट ध्यान बाहिर खिच्ने अवसरको रूपमा लिन्छन् अनि उनले आफू एक फरिसी भएको र मृतकहरूको पुनरुत्थान हुने आशाको लागि पुर्पक्षमा परेको भनेर चिच्याउन थाल्छन्।
यसले गर्दा, लामो विवाद हुन्छ। सुरुमा यसले काम गरेको जस्तो देखिन्छ र फरिसीहरूले पावलको प्रतिरक्षा समेत गर्न थाल्छन्। तर केही समय नबित्दै, विवाद यति चर्का-चर्की हुन्छ कि पावलको ज्यान फेरि जोखिममा पर्छ। उनलाई उक्त हिंसात्मक स्थितिबाट रोमी सेनापतिले निकालेर लान्छ र अन्यायी ढङ्गले हिरासतमा राख्छ। त्यो रात, पुनरुत्थान हुनुभएका येशू पावललाई प्रोत्साहन दिन उनको छेउमा खडा हुनुभई वास्तवमा पावलले येशूको अभियानलाई रोममा ल्याउनेछन् भनेर प्रोत्साहन दिनुहुन्छ। त्यसकारण, बिहान पावलकी बहिनी ४० जना यहूदीहरूले उनलाई फँसाएर मार्न षड्यन्त्र गर्दैछन् भन्ने खबर दिन आउँदा, हरेस नखान पावललाई सान्त्वना दिने महान् वचन उनीसँग हुन्छ। उक्त षड्यन्त्र पावलको अभियानलाई समाप्त गर्न सफल हुनेछैन। येशूले भन्नुभएजस्तै उनले जीवितै रोम देख्न पाउनेछन्। निश्चयै, उक्त षड्यन्त्रको कुरा सेनापतिको कानमा पर्छ र तिनले त्यो षड्यन्त्र भङ्ग गर्छन्। पावलको सुरक्षालाई सुनिश्चित गर्दै ४०० जना तालिमप्राप्त मानिसहरूको साथमा उनलाई सिजरिया पठाइन्छ।
Escrituras
Acerca de este Plan

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More