जकरियाको पुस्तक 4
4
सुनौलो सामदान अनि दुइवटा भद्राक्षेका रूखहरू
1तब मसित कुरा गरिरहेको स्वर्गदूत मकहाँ फर्केर आए अनि उनले मलाई निन्द्राबाट जगाए झैं जगाए। 2तब स्वर्गदूतले सोधे, “तिमी के देख्दैछौ?”
मैले भनें, “म सुनको एउटा सामदान देख्दैछु, त्यो सामदानमा सातवटा बत्ती छन् अनि त्यसको माथिल्लो भागमा एउटा प्याला छ। प्यलाबाट सातवटा नलीहरू निक्लिँदैछन्, प्रत्येक दिशातिर बत्ती जाँदैछन्, त्यो तेल हरेक दियोको प्याला सम्म जाँदै छन्। 3त्यहाँ दुइवटा भद्राक्षका रूख प्यालाको छेउमा थिए। एउटा दाहिनेपट्टि अनि अर्को देब्रेपट्टि, यी रूखहरूले दिपहरूको निम्ति तेल उत्पन्न गर्थे।” 4तब मैले त्यो स्वर्गदूतलाई सोधें जो मसित कुरा गरिरहेका थिए, “महोदय यी सबको अर्थ के होला?”
5मसँग कुरा गरिरहेका स्वर्गदूतले भने, “के तिमीलाई थाहा छैन यो सब चिज के हुन्?”
मैले भनें, “थाहाछैन महाशय।”
6तब उनले मलाई भने, “यो समचार परमप्रभुबाट यरूबाबेललाई दिनुभएको हो, ‘तिम्रो सहाएता अनि तिम्रो बल अनि शक्तिबाट आउँदैन तर सहायता मेरो आत्माबाट आउँनेछ।’ सर्वशक्तिमान परमप्रभुले भन्नुभयो। 7त्यो अग्लो पर्वत यरुबाबेलका निम्ति समतल भूमि जस्तै हुनेछ, त्यहाँ मन्दिर बनिने छ। जब अन्तिम ढुङ्गा त्यहाँ राखिनेछ तब मानिसहरू चिच्याएर कराउँनेछन्, ‘सुन्दर! अति सुन्दर।’”
8तब परमप्रभुको समचार मकहाँ यसो भन्दै आयो, 9“यरूबाबेलले मन्दिरको जग बसाल्नेछ अनि यरूबाबेलले नै निर्माण गरिसक्नेछ। तब तिमीहरूले बुझ्नेछौ कि परमप्रभुले मलाई तिमीहरू कहाँ पठाउनु भएको हो। 10मानिसहरू त्यो साधरण आरम्भबाट लज्जित हुने छैनन्, अनि उनीहरू साँच्चै नै प्रशन्न हुनेछन्। जब उनीहरू यरूबाबेलले बनाएको मन्दिर साहुलले नाप्दै जाँच गर्दै गरेको देख्नेछन्। यसकारण पत्थरहरू जुन तिमीले देख्यौ ती परमप्रभुको आँखाहरू हुन्, जुन आँखाले हर दिशामा देखिरहनु भएको छ। उहाँले पृथ्वीका सबै थोकहरू देख्नुहुन्छ।”
11त्यसपछि मैले उनलाई भनें, “समादानको दाहिने अनि देब्रेपट्टि भएका ती दुइवटा भद्राक्षको बोटहरूले के अर्थ बुझाउँछ?” 12मैले उनलाई यो पनि सोधें, “दुइवटा भद्राक्षको हाँगाको अर्थ के हो? जो दुइवटा सुनका नलिको छेऊ सुनको रंगको तेलसँग छ।”
13तब स्वर्गदूतले मलाई भने, “के तिमीलाई थाहा छैन यो चिजको अर्थ के हो?”
मैले भनें, “छैन महाशय।”
14यसकारण उनले भने, “यो ती दुइ मानिसको प्रतिक हो, जुन सारा संसारमा परमप्रभुको सेवाका निम्ति चुनिएका छन्।”
Actualmente seleccionado:
जकरियाको पुस्तक 4: NERV
Destacar
Copiar
Comparar
Compartir
¿Quieres guardar tus resaltados en todos tus dispositivos? Regístrate o Inicia sesión
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International