Logo de la Biblia App
Ícono Búsqueda

जकरियाको पुस्तक 3

3
प्रधान पूजाहारीको बारेमा दर्शन
1त्यसपछि स्वर्गदूतले मलाई प्रधान पूजाहारी यहोशू देखाए। यहोशू परमप्रभुको स्वर्गदूतको सामुन्ने उभिरहेका थिए अनि शैतान यहोशूको दाहिने पट्टि उभिरहेको थियो। शैतान त्यहाँ यहोशूलाई दोष लगाउन उभिरहेको थियो। 2त्यससमय परमप्रभुका स्वर्गदूतले भने, “ए शैतान परमप्रभुले तँलाई हप्काउन्। परमप्रभुले तँलाई अपराधी घोषित गरुन्। परमप्रभुले यरूशलेमलाई आफ्नो विशेष शहर चुन्नु भएकोछ। यो एउटा जल्दै गरेको आगोबाट निकालिएको अगुल्टो होइन र?”
3यहोशू स्वर्गदूतको छेउमा उभिएको थियो अनि यहोशूले मैला लुगा लगाएको थियो। 4त्यतिबेला स्वर्गदूतले उसको छेउमा उभिएका अरू स्वर्गदूतहरूलाई भने, “यहोशूको मैला लुगा खोलिदेऊ।” तब स्वर्गदूतले यहोशूसँग कुरा गरे। उसले भने, “हेर मैले तिम्रो अपराधहरू टाढा गरिदिएँ अनि म तिमीलाई नयाँ लुगा लगाउन दिइरहेछु।”
5त्यसपछि मैले भनें, “त्यसको शिरमा एउटा नयाँ फेटा बाँधिदेऊ।” यसकारण तिनीहरूले उसको टाउको वरिपरि नयाँ फेटा बाँधिदिए। जतिबेला स्वर्गदूत उसको नजिक उभिइरहेका थिए, तिनीहरूले उसलाई नयाँ लुगा लगाई दिए। 6त्यसपछि परमप्रभुका स्वर्गदूतले यहोशूसँग यसो भनेः
7सर्वशक्तिमान परमप्रपभुले यी सबै कुरा भन्नुभयो:
“यदि तिमीले मैले भने जस्तै गरी बस्यै
अनि मेरो सेवा गर्यौ भने,
तिमीले मेरो मन्दिरमा न्याय गर्नेछौ।
तिमीले यसको आँगनको हेरचाह गर्नेछौ
अनि म तिमीलाई यहाँ उभिरहेका स्वर्गदूतलाई झैं
स्वतन्त्रसित हिंडडुल गर्नेदिनेछु।
8प्रधान पूजाहारी यहोशू, सुन्।
तिमी अनि तिम्रा साथीहरू जो तिम्रो अघि बसिरहेकाछन्, चिन्ह हौ।
अनि म मेरो दासलाई पनि ल्यउँदैछु।
उसलाई, ‘हाँगा’ भनिन्छ।
9हेर! मैले एउटा ढुङ्गा यहोशूको छेउमा राखें।
त्यस ढुङ्गाको सातवटा आँखाहरूछन्
अनि म त्यस ढुङ्गामा बिशेष समचार खोप्नेछु,
म एकै दिनमा यो भूमिका सबै पापहरू निकालिदिनेछु।”
10सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ,
“त्यस दिन प्रत्येक मानिसले तिनीहरूको छिमेकिहरूलाई
तिनीहरूको दाखको बोट मुनि अनि नेभाराको बोट मुनि
शान्ति र आनन्दले बस्नका निम्ति बोलाउनेछन्।”

Destacar

Copiar

Comparar

Compartir

None

¿Quieres guardar tus resaltados en todos tus dispositivos? Regístrate o Inicia sesión

Videos de जकरियाको पुस्तक 3