जकरियाको पुस्तक 5
5
उडिरहेको पत्रको दर्शन
1तब म उँभो हेर्दै फर्किएँ अनि मैले एटा उड्दै गरेको पत्रको मुट्ठो देखें। 2स्वर्गदूतले मलाई सोधे, “तिमीले के देख्यौ?”
मैले भनें, “मैले एउटा उड्दै गरेको पत्रको मुट्ठो देखें, यो मुट्ठो बीस हात लामो अनि दशहात चौंडादार छ।”
3त्यस पछि स्वर्गदूतले मलाई भने, “त्यहाँ पत्रको मुट्ठोमा एउटा श्राप लेखिएकोछ। मुट्ठाको एका पट्टि चोरहरू को बिषयमा सराप लेखिएकोछ अनि अर्को पट्टि ती झूटो बोल्ने मानिसहरूको बिषयमा श्राप लेखिएकोछ जब तिनीहरूले शपथ लिन्छ। 4सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, ‘म यो पत्रलाई चोरहरूको घर अनि झूटा मानिसहरूको घरमा पठाउनेछु। जसले झूटो शपथ खान मेरो नाउँको प्रयोग गर्छन्। यो मुट्ठो त्यहीं बस्नेछ अनि ती घरहरू नष्ट पार्नेछ, यहाँ सम्म कि ढुङ्गा र काठको खम्बा पनि नष्ट भएर जानेछ।’”
स्त्री अनि बाल्टी
5त्यस समयमा मसँग कुरा गरिरहेका स्वर्गदूत बाहिर गए। उनले मलाई भने, “हेर अनि निरीक्षण गर के भइरहेछ।”
6मैले भनें, “यो के हो?”
उनले भने, “त्यो एउटा नाप्ने बाल्टी हो जो उनले बोकिरहेकी छे।” उनले यसो पनि भने, “यो बाल्टी सम्पूर्ण भूमीको पापहरू नाप्न बनिएको हो।”
7बाल्टीको ढकनी सीसाले बनाएको थियो। जब त्यो खोलियो एउटी स्त्री त्यो भित्र बसिरहेकी भेट्टाएँ। 8तब स्वर्गदूतले भने, “यो स्त्री दुष्ट हो।” तब उनले त्यसलाई बाल्टिन भित्र फ्याँकि दिएँ अनि सिसाले छोपी दिएँ। 9तब मैले मेरो आँखा खोलें अनि दुइजना स्त्रीहरू तिनीहरूको पखेंटाले हावामा बाहिर उड्दै गरेको देखें। तिनीहरूको पखेंटाहरू सारसको जस्तै थिए। तिनीहरूले बाल्टी उठाए अनि यसैसित निरन्तर हावामा उडिरहे। 10तब मैले कुरा गरिरहेको ती स्वर्गदूतलाई सोधें, “त्यो बाल्टीन कहाँ लिएर गई रहेका छन्?”
11स्वर्गदूतले मलाई भनें, “तिनीहरू शिनारमा त्यसको निम्ति एउटा मन्दिर बनाउन गईरहेका छन्। जब त्यो मन्दिर तयार हुन्छ त्यो बाल्टी उसकै आधारमा राखिनेछ।”
Actualmente seleccionado:
जकरियाको पुस्तक 5: NERV
Destacar
Copiar
Comparar
Compartir
¿Quieres guardar tus resaltados en todos tus dispositivos? Regístrate o Inicia sesión
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International