जकरियाको पुस्तक 2
2
यरूशलेमलाई नाप्ने मानिसको दर्शन
1तब मैले माथि हेरें अनि एउटा मानिसलाई नाप्ने फिता लिएको देखें। 2मैले उसलाई सोधें, “तपाईं कहाँ जाँदै हुनुहुन्छ?”
उसले मलाई उत्तर दिए, “म यरूशलेम नाप्न जाँदैछु, त्यसको लम्बाई र चौंडाई कति छ?”
3त्यस समय मसित कुरा गरिरहेका स्वर्गदूत बाहिर गए अनि अर्को एकजना स्वर्गदूत उसित कुरा गर्न गए।
4उनले तिनलाई भनें, “कुदेर जाऊ अनि त्यो जवान मानिसलाई भन्:
“‘यरूशलेम पर्खाल बिनाको शहर हुनेछ।
किनभने त्यहाँ असंख्य मानिसहरू र पशुहरू बस्छन्।’
5परमप्रभु भन्नुहुन्छ,
‘म रक्षाको लागि यसको वरिपरि आगोको पर्खाल हुनेछु,
म तिमीहरूको महिमा हुनेछु।’”
परमेश्वरले मानिसहरूलाई घरमा बोलाउनु हुन्छ
परमप्रभु भन्हुन्छ,
6“छिट्टो उठ! अनि उत्तर देश छोड छिट्टो गर!
जहाँ मैले तिमीहरूलाई सबै देशहरूमा छरपष्ट पारें।
7हे सियोनका मानिसहरू!
जो बाबेलमा कैदीछौ, दगुर!”
8सर्वशक्तिमान परमप्रभुले यसो भन्नु भयो।
“उहाँले मलाई त्यस देशको बिरुद्ध
पठाउँनु भएको छ जसले तिमीलाई लगे।
किनभने यदि उसले तिमीलाई चोट पुरायो भने
परमप्रभुको आँखाको नानीमा चोट पुराए झैं हुनेछ।
9अनि म ती मानिसहरूको बिरूद्ध अफ्नो हातहरू उठाउँछु।
तिनीहरूका दासहरूले सम्पत्ति लिनेछन्।”
तब तिमीले सम्झनेछौ, सर्वशक्तिमान परमप्रभुले मलाई
यहाँ पठाउँनु भएको हो।
10परमप्रभु भन्नुहुन्छ,
“आनन्दपूर्ण भई कराऊ अनि खुशी होऊ, सियोन।
किनकि म आउँदैछु अनि तिमीहरूको बिचमा रहनेछु।
11त्यससमय धेरै जातिका मानिसहरू
परमप्रभु कहाँ आउँनेछन्,
अनि तिनीहरू मेरा मानिस हुनेछन्।
म तिमीहरूको बीचमा बस्नेछु।
अनि तिमीहरूले जान्नेछौ कि
सर्वशक्तिमान परमप्रभुले मलाई तिनीहरूकहाँ पठाउनु भएको हो।”
12परमप्रभुले यरूशलेमलाई फेरि आफ्नो शहर बनाउनु हुनेछ,
अनि यहूदाको पवित्र भूमि उहाँको भाग हुनेछ।
13तिमी सबै मानिसहरू परमप्रभुको सामुन्ने चूपचाप बस!
आफ्नो पवित्र घरबाट परमप्रभु बाहिर आउनु हुँदैछ।
Actualmente seleccionado:
जकरियाको पुस्तक 2: NERV
Destacar
Copiar
Comparar
Compartir
¿Quieres guardar tus resaltados en todos tus dispositivos? Regístrate o Inicia sesión
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International