प्रस्थान 7
7
1परमप्रभुले भन्नुभयो, “म तँलाई राजाको लागि ईश्वरतुल्य बनाउनेछु र तेरो दाजु हारूनले तेरो अगमवक्ता भई कुरा गर्नेछ। 2मैले आज्ञा गरेका सब कुरा हारूनलाई भन् र त्यसले राजालाई मिश्रबाट जान दिन भन्नेछ। 3#प्रेरित 7:36तर म राजालाई ढिट बनाउनेछु र मैले मिश्रमा जति नै डरलाग्दा कामहरू गरे पनि त्यसले तेरो कुरा मान्नेछैन। 4तब म मिश्रमाथि कठोर दण्ड ल्याउनेछु र मेरो प्रजालाई त्यस देशबाट निकाली लानेछु। 5मैले तिनीहरूका विरुद्धमा आफ्नो हात उचालेर इस्राएलीहरूलाई यस देशबाट निकाली लैजाँदा म परमप्रभु हुँ भनी मिश्रीहरूले जान्नेछन्।” 6मोशा र हारूनले परमप्रभुले भन्नुभएअनुसार गरे। 7राजासित त्यति बेला कुरा गर्दा मोशा असी वर्ष र हारून त्रियासी वर्ष पुगेका थिए।
हारूनको लट्ठी
8परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, 9“यदि राजाले तिमीहरूलाई आफैंले आफ्नो प्रमाण दिनको लागि एउटा आश्चर्यकर्म गर्न लायो भने हारूनलाई राजाको अघि आफ्नो लट्ठी फ्याँक्न लाउनू र त्यो साँप बन्नेछ।” 10मोशा र हारून राजाकहाँ गए र परमप्रभुले भन्नुभएअनुसार गरे। राजा र उनका भारदारहरूको अघि हारूनले आफ्नो लट्ठी फाले र त्यो एउटा साँप बन्यो। 11तब राजाले आफ्ना पण्डितहरूलाई र जादूगरहरूलाई बोलाए र तिनीहरूले पनि आफ्ना जादूमन्त्रले त्यसै गरे। 12तिनीहरूले पनि आ-आफ्ना लट्ठी फालिदिए र ती साँप बने। तर हारूनको लट्ठीले तिनीहरूको लट्ठीलाई निल्यो। 13तर राजा ढिट भइबसे र परमप्रभुले भन्नुभएअनुसार मोशा र हारूनका कुरा मानेनन्।
मिश्रमा विपत्तिहरू
रगत
14तब परमप्रभुले मोशालाई भन्नुभयो, “राजा ढिट भएको छ र इस्राएलीहरूलाई जान दिँदैन। 15बिहान राजा नील नदीमा जाँदा तँ गएर त्यसलाई भेट्। त्यो साँप बनिएको लट्ठी लिएर जा र नदीको किनारमा त्यसलाई पर्खिबस्। 16अनि राजालाई भन्, ‘परमप्रभु, हिब्रूहरूका परमेश्वरले उहाँको प्रजालाई जान दे र तिनीहरूले उजाड-स्थानमा उहाँलाई पुज्नेछन् भन्नलाई उहाँले मलाई तपाईंकहाँ पठाउनुभएको हो। तर यतिञ्जेल तैँले सुनिनस्। 17#प्रकाश 16:4अब हे राजा, परमप्रभु भन्नुहुन्छ कि उहाँका कामहरू देखेर तपाईंले उहाँ को हुनुहुन्छ भनी चिन्नुहुनेछ। हेर्नुहोस्, म यस लट्ठीले नदीको पानीलाई हिर्काउनेछु र पानी रगत बनिनेछ। 18माछाहरू मर्नेछन् र नदी यति साह्रो गन्हाउनेछ कि त्यसको पानी मिश्रीहरूले पिउन सक्नेछैनन्’।”
19परमप्रभुले मोशालाई भन्नुभयो, “आफ्नो लट्ठी उचालेर मिश्रको सबै नदी, नहर र पोखरीहरूमाथि पसार् भनी हारूनलाई भन्। तब सबै पानी रगत बनिनेछ र देशभरि काठका ठेका र ढुङ्गाका घडाहरूको पानी समेत रगत बनिनेछ।”
20तब मोशा र हारूनले परमप्रभुले आज्ञा गर्नुभएअनुसार गरे। राजा र भारदारहरूका अघि हारूनले आफ्नो लट्ठी उचालेर नदीलाई हिर्काए र त्यहाँ भएको सबै पानी रगत भयो। 21पानीका माछाहरू मरे र त्यहाँ यति दुर्गन्ध भयो कि मिश्रीहरूले पानी पिउन सकेनन्। मिश्रको सबै पानी रगत भयो। 22तब राजाका जादूगरहरूले आफ्ना जादूमन्त्रले पनि त्यसै गरे। राजा अघिझैँ ढिट रहे। परमप्रभुले भन्नुभएअनुसार राजाले मोशा र हारूनका कुरा सुन्न मानेनन्। 23बरु यी सबै कुरामा केही ध्यान नदिई तिनी फर्केर महलमा गए। 24सबै मिश्रीहरूले नदीको किनारमा पिउने पानी खोज्दै खन्न लागे किनभने नदीको पानी तिनीहरूले पिउन सकेनन्।
25परमप्रभुले नदीको पानीलाई रगतमा परिवर्तन गर्नुभएपछि अरू सात दिन बित्यो।
Actualmente seleccionado:
प्रस्थान 7: सरल नेपाली
Destacar
Compartir
Copiar

¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: