Logo de YouVersion
Icono de búsqueda

प्रस्‍थान 20

20
दश आज्ञाहरू
1परमेश्‍वरले यी वचनहरू भन्‍नुभयो, 2“म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, तिमीहरू दास-दासी भएर बसेका मिश्रदेशबाट मैले तिमीहरूलाई निकाली ल्‍याएँ।
3“मबाहेक अरू कुनै देवता-देवीलाई तिमीहरूले नपुज्‍नू।
4 # प्रस्‍थान 34:17; लेवी 19:4; 26:1; व्यवस्था 4:15-18; 27:15 “तिमीहरूले आफ्‍नो लागि स्‍वर्ग वा पृथ्‍वी वा पृथ्‍वीमुनि पानीमा भएको कुनै पनि कुराको मूर्ति नबनाउनू। 5#प्रस्‍थान 34:6,7; गन्ती 14:18; व्यवस्था 7:9,10तिमीहरूले कुनै मूर्तिलाई नढोग्‍नू न त तिनीहरूको पूजा नै गर्नू किनभने म तिमीहरूका परमेश्‍वर परमप्रभु हुँ अनि कोही मजस्तै हुन खोजेको म सहन्‍नँ। मलाई घृणा गर्नेहरूलाई तिनीहरूका सन्‍तानका तेस्रो र चौथो पुस्‍तासम्‍म म दण्‍ड दिनेछु। 6तर जसले मलाई प्रेम गर्छ र मेरा आज्ञा मान्‍छ, तिनीहरूका हजारौँ पुस्‍ताहरूमाथि म मेरो प्रेम देखाउनेछु।
7 # लेवी 19:12 “कुनै खराब उद्देश्यको निम्ति मेरो नाम नलिनू किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ र मेरो नामको दुरुपयोग गर्नेलाई म दण्‍ड दिनेछु।
8 # प्रस्‍थान 16:23-30; 31:12-14 “विश्रामको दिन मान्‍ने गर र त्‍यस दिनलाई पवित्र राख। 9#प्रस्‍थान 23:12; 31:15; 34:21; 35:2; लेवी 23:3तिमीहरू आफ्‍ना काम छ दिनसम्‍म गर, 10तर सातौँ दिनचाहिँ मलाई अर्पण गरिएको विश्रामको दिन हो। त्‍यो दिन कसैले काम नगर्नू। तिमीहरू, तिमीहरूका छोरा-छोरी, कमारा-कमारी, गाई-वस्‍तु र तिमीहरूका देशमा बास गर्ने परदेशी, कसैले पनि केही काम गर्नेछैन। 11#उत्‍पत्ति 2:1-3; प्रस्‍थान 31:17म परमप्रभुले छ दिनमा पृथ्‍वी, आकाश, समुद्र र त्‍यहाँ भएका सबै थोक बनाएँ र सातौँ दिनमा विश्राम लिएँ। त्‍यसैकारण म परमप्रभुले विश्रामको दिनलाई आशिष् दिएर पवित्र पारें।
12 # व्यवस्था 27:16; मत्ती 15:4; 19:19; मर्कूस 7:10; 10:19; लूका 18:20; एफिसी 6:2; एफिसी 6:3 “आफ्‍ना आमा-बुबालाई आदर गर र मैले दिएको देशमा तिमीहरू धेरै दिनसम्‍म बाँच्‍नेछौ।
13 # उत्‍पत्ति 9:6; लेवी 24:17; मत्ती 5:21; 19:18; मर्कूस 10:19; लूका 18:20; रोमी 13:9; याकूब 2:11 “तिमीहरूले हत्‍या नगर्नू।
14 # लेवी 20:10; मत्ती 5:27; 19:18; मर्कूस 10:19; लूका 18:20; रोमी 13:9; याकूब 2:11 “तिमीहरूले व्‍यभिचार नगर्नू।
15 # लेवी 19:11; मत्ती 19:18; मर्कूस 10:19; लूका 18:20; रोमी 13:9 “तिमीहरूले चोरी नगर्नू।
16 # प्रस्‍थान 23:1; मत्ती 19:18; मर्कूस 10:19; लूका 18:20 “तिमीहरूले कसैलाई झूटो दोष नलाउनू।
17 # रोमी 7:7; 13:9 “तिमीहरूले अर्काका घर, स्‍वास्‍नी, कमारा-कमारी, गाई-गोरु, गधा वा अरू कुनै कुराको पनि लालच नगर्नू।”
मानिसहरू डराउँछन्
(व्‍यवस्‍था ५:२२-३३)
18 # हिब्रू 12:18,19 जब मानिसहरूले आकाशको गर्जन र तुरहीको सोर सुने अनि बिजुली चम्‍केको र पर्वतबाट निस्‍केको धुवाँ देखे, तब तिनीहरू डरले काँपे र टाढा उभिए। 19तिनीहरूले मोशालाई भने, “तिमी हामीसित बोल्‍यौ भने हामी तिम्रा कुरा सुन्‍नेछौं; तर परमेश्‍वर हामीसित बोल्‍नुभयो भने हामी मर्नेछौं भन्‍ने हामीलाई डर छ।”
20मोशाले उत्तर दिए, “नडराओ, परमेश्‍वर तिमीहरूको जाँच गर्न आउनुभएको हो किनभने तिमीहरूले पाप नगर्नू भनी उहाँको डर तिमीहरूले मान्‍न सिकाउन उहाँ आउनुभएको हो।” 21तर मानिसहरू टाढै उभिरहे अनि मोशा मात्र कालो बादलको छेउमा गए, जहाँ परमेश्‍वर हुनुहुन्‍थ्‍यो।
वेदीका नियमहरू
22परमप्रभुले इस्राएलीहरूलाई यसो भन्‍न मोशालाई आज्ञा दिनुभयो, “म परमप्रभुले कसरी स्‍वर्गबाट तिमीहरूसित बोलें सो तिमीहरूले देखेका छौ। 23तिमीहरूले मबाहेक अरू सुन वा चाँदीका देवताहरू बनाएर नपुज्‍नू। 24मेरो निम्‍ति एउटा माटोको वेदी बनाउनू र त्‍यसमा तिम्रा भेडा र साँढेहरू बलि गरेर तिमीहरूका होमबलि र मेलबलिहरू चढाउनू र ती पशुहरू आगोले पूरा भस्‍म गराउनू। मैले अलग गरेको मलाई पुज्‍ने हरेक स्‍थानमा म तिमीहरूकहाँ आउनेछु र तिमीहरूलाई आशीर्वाद दिनेछु। 25#व्यवस्था 27:5-7; यहोशू 8:31यदि तिमीहरूले मेरो निम्‍ति ढुङ्गाको वेदी बनायौ भने त्‍यो कुँदेका ढुङ्गाहरूले नबनाउनू किनभने जब तिमीहरूले ढुङ्गामाथि छिनु चलाउँछौ, तब ढुङ्गा मेरो निम्‍ति अशद्ध हुनेछ। 26खुट्‌किलोमा चढेर पुग्‍ने वेदी मेरो निम्‍ति नबनाउनू। त्‍यसो गर्‍यौ भने खुट्‌किला उक्‍लँदा तिमीहरूको नङ्‌नता देखापर्नेछ।

Destacar

Compartir

Copiar

None

¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión