प्रस्थान 15
15
मोशाको गीत
1 #
प्रकाश 15:3
तब मोशा र इस्राएलीहरूले परमप्रभुको स्तुति गर्दै यो गीत गाए–
“म परमप्रभुको स्तुति गाउनेछु किनभने उहाँले गौरवपूर्ण विजय गर्नुभएको छ;
उहाँले घोडाहरूलाई सवारहरूसँगै समुद्रमा फालिदिनुभएको छ।
2 #
भजनसंग्रह 118:14; यशैया 12:2 परमप्रभु मेरा बलिया रक्षक हुनुहुन्छ;
मलाई बचाउने उहाँ नै हुनुहुन्छ।
उहाँ मेरो परमेश्वर हुनुहुन्छ,
म उहाँको प्रशंसा गर्नेछु, उहाँ मेरा पिताका परमेश्वर हुनुहुन्छ,
म उहाँका महान्ताबारे स्तुति गाउनेछु।
3परमप्रभु योद्धा हुनुहुन्छ,
उहाँको नाम परमप्रभु हो।
4मिश्रका सेना र रथहरूलाई उहाँले समुद्रमा फालिदिनुभयो;
त्यसका सबैभन्दा असल अधिकृतहरू लाल समुद्रमा डुबे।
5गहिरो समुद्रले तिनीहरूलाई छोपिहाल्यो,
र तिनीहरू ढुङ्गाझैँ समुद्रमुनि डुबिगए।
6हे परमप्रभु, तपाईंको दाहिने हातमा डरलाग्दो शक्ति छ;
त्यसले शत्रुहरूलाई चकनाचुर पार्दछ।
7आफ्नो गौरवपूर्ण विजयले तपाईंले शत्रुहरूलाई हराउनुहुन्छ;
तपाईंको रिस आगोझैँ बल्दछ र तिनीहरूलाई परालझैँ भस्म पार्दछ।
8तपाईंले समुद्रलाई फुक्नुभयो र पानीको अग्लो रास लाग्यो;
त्यो पर्खालजस्तो भएर खडा भयो;
समुद्रको गहिरो भाग कडा भएर जम्यो।
9शत्रुले भन्यो, ‘म तिनीहरूलाई खेदेर पक्रनेछु;
म तिनीहरूको धन-सम्पत्ति बाँडचुँड गरी लिनेछु;
म मेरो तरवार थुती निकालेर तिनीहरूका सबै थोक लिनेछु।’
10तर परमप्रभु, तपाईंले एकपल्ट फुकिदिनुभयो र मिश्रीहरू डुबिगए;
डरलाग्दो पानीमा तिनीहरू सिसाझैँ डुबिगए।
11“परमप्रभु, देवताहरूमध्ये तपाईंझैँ को होला?
पवित्रतामा तपाईंझैँ अचम्मको को होला?
कसले तपाईंले झैँ उदेकको र शक्तिको काम गर्न सक्ला?
12तपाईंले दाहिने हात पसार्नुभयो
र पृथ्वीले हाम्रा सबै शत्रुहरूलाई निलिहाल्यो।
13आफ्नो प्रतिज्ञामा विश्वासयोग्य रहनुभएर आफूले बचाउनुभएको प्रजालाई तपाईंले अगुवाइ गर्नुभयो,
तिनीहरूलाई तपाईंले आफ्नो शक्तिले तपाईंको पवित्र देशमा डोर्याउनुभयो।
14जाति-जातिले सुनेका छन् र तिनीहरू डरले काँप्दछन्,
पलिश्तीहरू भयभीत भएका छन्।
15एदोमका अगुवाहरू डरले अति आत्तिएका छन्;
मोआबका बलिया मानिसहरू थरथरी काँप्दै छन्;
कनानबासीहरूले साहस हराएका छन्।
16तिनीहरूमा डर र भयले छाएको छ।
हे परमप्रभु! तिनीहरूले तपाईंको शक्तिलाई देख्दछन्,
तपाईंले दासत्वदेखि छुटाउनुभएका,
तपाईंका प्रजाहरू हिँडेर पार नभएसम्म
तिनीहरू डरले असहाय भएर उभिरहन्छन्।
17तपाईंले तिनीहरूलाई ल्याएर आफ्नो पर्वतमा बसाल्नुहुन्छ,
त्यो ठाउँ तपाईं परमप्रभुले आफ्नो बासस्थानको निम्ति चुन्नुभएको छ,
त्यो पवित्रस्थान, जसलाई तपाईंको आफ्नै हातले बनाउनुभएको छ।
18परमप्रभु, तपाईं सदासर्वदा राजा भइरहनुहुन्छ।”
मिरियमको स्तुतिगान
19इस्राएलीहरू समुद्रको बीच ओबानो भूमिमाथि भएर गए। तर जब मिश्रीहरू, आफ्ना रथ, घोडा र सवारहरूसित समुद्रमा पसे, परमप्रभुले पानी फर्काउनुभयो र तिनीहरू पानीमा डुबे।
20हारूनकी दिदी ईश्वरवाणी बोल्ने मिरियमले हातमा खैँजडी लिइन् र अरू स्त्रीहरू नाच्दै, खैँजडी बजाउँदै तिनको पछिपछि लागे। 21मिरियमले यसरी गाइन्–
“परमप्रभुलाई स्तुति गान गर किनभने उहाँले एउटा गौरवपूर्ण विजय गर्नुभएको छ;
उहाँले घोडाहरूलाई सवारहरूसँगै समुद्रमा फालिदिनुभएको छ।”
तितो पानी
22तब मोशाले इस्राएलीहरूलाई लाल समुद्रदेखि शूरको मरुभूमितिर डोर्याइ लगे। तीन दिनसम्म तिनीहरू मरुभूमिको बीचबाट गए र पिउने पानी पाएनन्। 23तब तिनीहरू मारा भनिने ठाउँमा पुगे तर त्यहाँको पानी यति तितो थियो कि तिनीहरू कसैले पनि पिउन सकेनन्। त्यसैकारण त्यसको नाम मारा राखिएको थियो। 24मानिसहरू मोशासित गनगनाउन थाले र भने, “अब हामी के पिउने?” 25मोशाले परमप्रभुलाई हृदयदेखि प्रार्थना गरे अनि परमप्रभुले उनलाई एउटा दाउराको टुक्रा देखाइदिनुभयो। मोशाले त्यो दाउराको टुक्रा पानीमा हालिदिए र त्यो पानी पिउन लायकको भयो।
त्यही ठाउँमा परमप्रभुले तिनीहरूलाई जिउनको निम्ति नियमहरू दिनुभयो। त्यहीँ उहाँले तिनीहरूको जाँच पनि गर्नुभयो। 26उहाँले भन्नुभयो, “तिमीहरूले सम्पूर्ण रीतले मैले भनेका कुराहरू मान्यौ, म जे कुरा ठीक ठान्दछु, त्यो गर्यौ र मेरा आज्ञाहरू पालन गर्यौ भने जुन रोगहरू मैले मिश्रीहरूमाथि ल्याएको थिएँ, ती कुनै पनि तिमीहरूमाथिपर्नेछैन। म तिमीहरूलाई निको पार्ने परमप्रभु हुँ।”
27भोलिपल्ट तिनीहरू एलीममा आइपुगे, त्यहाँ बाह्रवटा पानीका मूलहरू र सत्तरीवटा खजूरका बोटहरू थिए। त्यही पानीनिर तिनीहरूले पाल टाँगे।
Actualmente seleccionado:
प्रस्थान 15: सरल नेपाली
Destacar
Compartir
Copiar
¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: