Logo de YouVersion
Icono de búsqueda

२ कोरिन्थी पुस्‍तक परिचय

पुस्‍तक परिचय
यो पावलले आफूद्वारा कोरिन्‍थमा सुरु गरेको मण्‍डलीलाई लेखेको दोस्रो पत्र हो। यो त्‍यति बेला लेखिएको थियो, जब उनको र मण्‍डलीको बीचमा राम्रो सम्‍बन्‍ध थिएन। मण्‍डलीका कुनैकुनै सदस्‍यहरूले उनको घोर बदनाम गरेका थिए। तरै पनि उनले चाहिँ तिनीहरूसँग मेलमिलाप गर्ने तीब्र इच्‍छा जाहेर गर्छन् र त्‍यस्‍तो इच्‍छा पूरा भएमा उनी ज्‍यादै खुसी हुन्‍छन्।
यस पत्रको पहिलो भागले पावल र कोरिन्‍थको मण्‍डलीबीच भएको सम्‍बन्‍धको विषयमा बताउँछ अर्थात् उनले मण्‍डलीलाई उनीहरूले गरेका बेइज्‍जती र विरोधको जवाफ कठोरतासित दिएका थिए र यस्‍तो जवाफले मण्‍डलीमा पश्‍चात्ताप र मिलाप ल्‍याउँदा उनी खुसी भएका थिए। त्‍यसपछि पावलले मण्‍डलीसित यहूदियामा भएका गरीब ख्रीष्‍टियानहरूका खातिर खुला हृदयले मद्दत गर्ने अपील गर्छन्। पछिल्‍ला अध्‍यायहरूमा पावलले आफू एउटा सच्‍चा प्रेरित हुँ भनी दावा गर्छन् किनकि कोरिन्‍थका अन्‍य केही मानिसहरूले आफैंलाई सच्‍चा प्रेरित भन्‍ने गर्थे तर पावललाई भने झूटो प्रेरित भनेर दोष लाउँथे।
संक्षिप्‍त विषय-सूची
परिचय १:१-११
पावल र कोरिन्‍थको मण्‍डली १:१२—७:१६
यहूदियामा भएका ख्रीष्‍टियानहरूका खातिर दान ८:१—९:१५
पावलले आफू प्रेरित हुँ भनी घोषणा गरेका १०:१—१३:१०
समाप्‍ति १३:११-१३

Destacar

Compartir

Copiar

None

¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión