१ कोरिन्थी पुस्तक परिचय
पुस्तक परिचय
यो पावलले कोरिन्थीहरूलाई लेखेको पहिलो पत्र हो। कोरिन्थमा उनले एउटा मण्डली सुरु गरेका थिए। त्यसमा ख्रीष्टियान जीवन र ख्रीष्टमा गरिएको विश्वासले गर्दा कतिपय कठिनाइहरू उब्जेका थिए। ती कठिनाइहरू हटाउने उद्देश्यले उनले यो पत्र लेखेका हुन्। त्यस बेला कोरिन्थ सबै देशसँग सम्बन्ध भएको एक महान् ग्रीक सहर थियो। त्यो सहर अखैया भनिने रोमी प्रान्तको राजधानी थियो। त्यसको खुबै चलेको व्यापार, नामी संस्कृति, जताततै बदनाम भएको खराब चालचलन र अनेक थरीका धर्मका लागि त्यो सहर चिनिएको थियो।
पावलको सबैभन्दा ठूलो पीर यी कठिनाइहरू हटाउन थियो: मण्डलीमा हुने फाटो र खराब चालचलनहरू, स्त्री-पुरुषको सम्बन्ध र बिहेको विषयमा प्रश्नहरू, विवेकका कुरा, मण्डलीका नियम, पवित्र आत्माका वरदान, मरेर बिउँतने कुरा। उनले आफ्नो गहिरो ज्ञानको शक्तिद्वारा यो पत्रमा यी प्रश्नहरूका विषयमा स्पष्ट बताउँछन्।
तेह्रौँ अध्यायमा प्रेमलाई ईश्वरले आफ्नो जनलाई दिनुभएको दानहरूमध्ये सबभन्दा राम्रो भनी पेश गरिएको छ र यस पत्रमा सबभन्दा नाम चलेको भाग यही हो।
संक्षिप्त विषय-सूची
परिचय १:१-९
मण्डलीमा फाटो १:१०—४:२१
स्त्री-पुरुषको सम्बन्ध र पारिवारिक जीवन ५:१—७:४०
ख्रीष्टियानहरू र मूर्ति पुज्नेहरू ८:१—११:१
मण्डलीको जीवन र आराधना ११:२—१४:४०
ख्रीष्ट र विश्वासीहरूको बिउँताई १५:१-५८
यहूदियाका ख्रीष्टियानहरूका लागि चन्दा १६:१-४
निजी कुराहरू र समाप्ति १६:५-२४
Actualmente seleccionado:
१ कोरिन्थी पुस्तक परिचय: सरल नेपाली
Destacar
Compartir
Copiar
¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.