१ कोरिन्थी 6
6
आपसको झगडा
1तिमीहरूमध्ये कसैसँग कसैको झगडा भयो भने के तिमी निसाफ खोज्न ख्रीष्टका पवित्र जनहरूकहाँ नगएर परमेश्वरै नमान्नेकहाँ जान्छौ? 2ख्रीष्टका पवित्र जनहरूले नै संसारको न्याय गर्नेछन् भन्ने के तिमीहरूलाई थाहा छैन? संसारको त न्याय गर्नेछन् भने के यस्ता ससाना झगडाचाहिँ छिन्न सक्दैनन् र? 3हामीले स्वर्गदूतको पनि न्याय गर्नेछौं भन्ने के तिमीहरूलाई थाहा छैन? यस जीवनका कुराहरूको न्याय त झन् सरल हुनुपर्ने। 4यस्ता झगडा हुँदा के तिमीहरू मण्डलीले तुच्छ ठानेकाहरूकहाँ गएर झगडा छिनिमाग्छौ? 5तिमीहरूलाई यो लाज लाग्नुपर्ने कुरो हो। तिमीहरूकहाँ भाइ-भाइको बीचमा झगडा छिन्न सक्ने एउटै ख्रीष्टिय दाजु पनि छैन र? 6एउटा ख्रीष्टिय भाइले अर्को भाइसँग झगडा गर्छ र उल्टो परमेश्वरलाई विश्वासै नगर्नेकहाँ आफ्नो झगडा मिलाउन लैजाने?
7तिमीहरूको झगडाले तिमीहरू असफल भएको कुरा बुझाउँछ। बरु अन्यायमै पर्नु राम्रो हो। बरु अरूले तिमीहरूलाई लुटेको राम्रो हो। 8तर तिमीहरूले दाजुभाइमै एक-अर्कालाई अन्याय गर्छौ, एक-अर्कालाई लुट्छौ। 9अन्याय गर्नेले स्वर्गको राज्यमा पस्ने हक पाउँदैन भन्ने के तिमीहरूलाई थाहा छैन? आफैंलाई धोखा नदेओ। छाडा काम गर्ने, मूर्ति पुज्ने, व्यभिचार गर्ने, पुरुषगामी, 10चोर्ने, लोभ गर्ने, मात्ने, निन्दा गर्ने र लुट्नेहरूले स्वर्गको राज्यमा पस्ने हक पाउँदैन। 11तिमीहरू कति जना एक समय यस्तै थियौ। तर तिमीहरू पापबाट चोखियौ। परमेश्वरले तिमीहरूलाई पवित्र पार्नुभयो। प्रभु येशू ख्रीष्ट र हाम्रा परमेश्वरका आत्माद्वारा तिमीहरू परमेश्वरको अघि अब ठीक भएका छौ।
12 #
१ कोरिन्थी 10:23
कसैले भन्ला, “मैले जे गरे पनि हुन्छ।” तर सबै कुराले तिमीहरूको भलाइ गर्दैन। म पनि भन्न सक्थें, “मैले जे गर्दा पनि हुन्छ।” तर म कुनै कुराको कमारो बन्न चाहन्नँ। 13“खानेकुरो पेटको लागि हो, पेट खानेकुराको लागि हो,” कसैले भन्ला। ठीकै हो, तर परमेश्वरले यी दुवैलाई खारिज गर्नुहुनेछ। मानिसको शरीर व्यभिचारको लागि होइन, प्रभुको लागि हो अनि शरीरको लागि चाहिने कुरा प्रभुले नै बन्दोबस्त गर्नुहुन्छ। 14परमेश्वरले प्रभुलाई मरेकाबाट बिउँताउनुभयो अनि उहाँकै शक्तिले हामीलाई पनि बिउँताउनुहुनेछ।
15तिमीहरूका शरीर ख्रीष्टका अङ्गहरू हुन् भनी के तिमीहरूलाई थाहा छैन। त्यसो भए के म ख्रीष्टको अङ्गलाई लगेर वेश्याको अङ्ग बनाऊँ? यो हुनै नसक्ने कुरो हो। 16#उत्पत्ति 2:24वेश्याकहाँ जाने वेश्यासँग एउटै शरीर हुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? धर्मशास्त्रले सफासँग भन्छ,’ “दुई जना मिलेर एउटै शरीर हुनेछ,” 17तर ख्रीष्टसँग मिल्नेचाहिँ उहाँसँग आत्मामा एउटै हुनेछ।
18व्यभिचारलाई त्याग। अरू पाप मानिसले आफ्नो शरीरदेखि बाहिर गर्दछ, तर व्यभिचार गर्नेले आफ्नै शरीरको विरुद्ध पाप गर्दछ। 19#१ कोरिन्थी 3:16; २ कोरिन्थी 6:16के तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो भनी तिमीहरूलाई थाहा छैन? परमेश्वरले दिनुभएको पवित्र आत्मा नै तिमीहरूको शरीरभित्र बस्नुहुन्छ। त्यसो हुँदा तिमीहरू आफैं पनि आफ्ना होइनौ। 20तिमीहरूलाई परमेश्वरले मोल तिरेर किन्नुभएको हो। यसकारण तिमीहरूले आफ्नो शरीरले परमेश्वरको आदर गर।
Actualmente seleccionado:
१ कोरिन्थी 6: सरल नेपाली
Destacar
Compartir
Copiar
¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.