Logo de YouVersion
Icono de búsqueda

१ कोरिन्थी 3

3
परमेश्‍वरका सेवकहरू
1यसकारण भाइहरू, आत्‍मा हुनेहरूसँग जस्‍तै म तिमीहरूसँग बोल्‍न सकिनँ। म त तिमीहरूसँग शारीरिक स्‍वभावअनुसार चल्‍ने मानिसहरूसँग जस्‍तै गरी बोलें। ख्रीष्‍टमा साना बालकहरूजस्‍तै मैले तिमीहरूसँग बोल्‍नुपर्‍यो। 2#हिब्रू 5:12,13यसैकारण मैले तिमीहरूलाई खँदिलो खाना होइन, दूधै खुवाउनुपर्‍यो किनभने खँदिलो खाना तिमीहरूले अघि पनि खान सकेनौ र अझै पनि सकेका छैनौ। 3अझै तिमीहरूले शारीरिक स्‍वभावअनुसार जीवन बिताउँछौ अनि तिमीहरूका बीचमा डाहा र झैझगडा छँदै छ। के त्‍यसो भए तिमीहरू शारीरिक स्‍वभावअनुसार चल्‍ने संसारका अरू मानिसजस्‍तै भएनौ र? 4#१ कोरिन्थी 1:12कसैले म पावलको हुँ भन्‍नु र कसैले म अपोल्‍लोसको हुँ भन्‍नु सांसारिक मानिसहरूले भनेजस्‍तै भएन र? 5अपोल्‍लोस को हुन्? र पावल को हो? हामी दुवै तिमीहरूलाई विश्‍वासमा ल्‍याउने परमेश्‍वरका खेताला हौं। प्रभुले नै खटाउनुभएको काम हामी गर्छौं। 6#प्रेरित 18:4-11; प्रेरित 18:24-28मैले बिरुवा लगाएँ, अपोल्‍लोसले पानी हाले, तर बढाउने काम त परमेश्‍वरले नै गर्नुभयो। 7बिरुवा लाउने र पानी हाल्‍ने ठूलो होइन, तर बढाउने पो ठूलो हो। 8रोप्‍ने र पानी हाल्‍नेमा केही फरक छैन। परमेश्‍वरले सबैलाई आ-आफ्‍नो मेहनतअनुसार इनाम दिनुहुनेछ। 9हामीचाहिँ सबै काम गर्ने परमेश्‍वरका खेताला हौं अनि परमेश्‍वरको खेत तिमीहरू नै हौ।
तिमीहरू परमेश्‍वरले बनाउनुहुने घर हौ। 10परमेश्‍वरको अनुग्रहले गर्दा मैले सिपालु मूल कर्मीले झैँ जग हाल्‍न पाएँ, अनि अरूले चाहिँ यसमाथि घर बनाउँदछन्। घर बनाउने हरेकले कसरी बनाउनुपर्ने हो, राम्ररी होश राख्‍नुपर्छ 11किनभने परमेश्‍वरले हाल्‍नुभएको एउटै जग येशू ख्रीष्‍ट नै हुनुहुन्‍छ। कसैले अरू कुनै जग हाल्‍न सक्‍तैन। 12यसै जगमाथि कसैले सुन-चाँदी वा धेरै-धेरै मोल पर्ने रत्‍नहरू हालेर बनाउँदैजालान्। कतिले चाहिँ काठ, खर वा परालले यो घर बनाउलान्। 13सबै मानिसको राम्रो-नराम्रो काम परमेश्‍वरले न्‍याय गर्नुहुने दिनमा जाँचिनेछ किनभने त्‍यस दिन तिनीहरूले गरेको काम कस्‍तो रहेछ, आगोमा हालेर जाँचेर हेरिनेछ। 14त्‍यस जगमा बनाउने मानिसको काम आगोमा हाल्‍दा खरानी भएन भने उसले इनाम पाउनेछ। 15यदि कोही मानिसको काम जल्‍यो भने उसले त्‍यो गुमाउनेछ तर आगोबाट उम्‍केझैँ ऊ आफैं त बचाइनेछ।
16 # १ कोरिन्थी 6:19; २ कोरिन्थी 6:16 तिमीहरू परमेश्‍वरका मन्‍दिर हौ अनि परमेश्‍वरका आत्‍मा नै तिमीहरूभित्र बस्‍नुहुन्‍छ। के यो कुरा तिमीहरूलाई थाहा छैन? 17यदि कसैले परमेश्‍वरको मन्‍दिर बिगार्छ भने परमेश्‍वरले नै उसलाई नाश गर्नुहुनेछ किनभने परमेश्‍वरको मन्‍दिर पवित्र छ अनि त्‍यो मन्‍दिरचाहिँ तिमीहरू नै हौ।
18कसैले आफैंलाई धोखा नदेओस्। तिमीहरूका बीचमा कोही यस युगको जान्‍ने ज्ञानी छु भन्‍ने सोच्‍दछ भने ऊ साँचो रूपले ज्ञानी हुन मूर्ख बनोस् 19#अय्‍यूब 5:13किनभने संसारको ज्ञान परमेश्‍वरको अगाडि मूर्ख कुरा हो। धर्मशास्‍त्रमा लेखिएको छ, “परमेश्‍वरले ती ज्ञानी मानिसहरूलाई उनीहरूको चलाकीपनमा नै पक्रिनुहुन्‍छ।” 20#भजनसंग्रह 94:11फेरि अर्को ठाउँमा धर्मशास्‍त्रले भन्‍छ, “ज्ञानीहरूको विचार काम लाग्‍नेछैन भनी प्रभुलाई थाहा छ।” 21त्‍यसो हुँदा कसैले मानिसले गर्न सक्‍ने काममा घमण्‍ड नगरोस्। खासमा सबै कुरा तिमीहरूकै हुन्, 22पावल, अपोल्‍लोस र पत्रुस, संसार, जीवन र मृत्‍यु, अहिलेको समय, पछिको समय सबै तिमीहरूकै हुन् 23र तिमीहरूचाहिँ ख्रीष्‍टका अनि ख्रीष्‍टचाहिँ परमेश्‍वरका हुनुहुन्‍छ।

Destacar

Compartir

Copiar

None

¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión