१ कोरिन्थी 2
2
क्रूसमा बलिदान हुनुभएका ख्रीष्ट
1भाइहरू, तिमीहरूकहाँ परमेश्वरको रहस्य बताउन आउँदा बोलीको बठ्याइँ र ज्ञानको धाक मैले देखाइनँ। 2तिमीहरूकहाँ हुँदा मैले येशू ख्रीष्ट र क्रूसमा भएको उहाँको बलिदानबाहेक सबै थोकलाई बिर्सिदिने अठोट गरें। 3#प्रेरित 18:9म तिमीहरूकहाँ आउँदा कमजोर थिएँ र डरले काम्दै बसें। 4मैले बोल्दा र प्रचार गर्दा बोलीको बठ्याइँ र बुद्धिका ठूला-ठूला शब्दहरू चलाइनँ; तर परमेश्वरका आत्मा र शक्तिको पक्का सबुत दिएर मैले प्रचार गरें। 5यसैले तिमीहरूको विश्वास मानिसको ज्ञान-बुद्धिमा होइन तर परमेश्वरको शक्तिमा अडिएको छ।
6तैपनि हामी पाकाहरूसँग ज्ञानको कुरा गर्छौं; तर त्यो ज्ञान यस युगको ज्ञान होइन। यो युगमा राज गर्नेहरूको ज्ञान पनि होइन। राज गर्नेहरू त बितिरहन्छन् 7तर हामी परमेश्वरकै अथाह ज्ञानका कुरा गर्छौं। यो मानिसबाट लुकेको रहस्य थियो। परमेश्वरले हाम्रै सम्मान्का लागि सृष्टिभन्दा पहिले यो ज्ञान ठहराउनुभएको थियो। 8यस युगमा राज गर्नेहरू कसैले पनि यस कुरालाई बुझेनन्। बुझेका भए सम्मान् पाउनुपर्ने प्रभुलाई क्रूसमा झुन्ड्याउने थिएनन्। 9#यशैया 64:4तर धर्मशास्त्रमा यस्तो लेखिएको छ, “मानिसले कहिले नदेखेको, नसुनेको, कहिले नचिताएको कुरा नै परमेश्वरले आफूलाई प्रेम गर्नेहरूका लागि तयार पार्नुभएको छ।” 10परमेश्वरले आफ्नै आत्माद्वारा हामीलाई आफ्ना कुरा बुझाउनुभएको छ। पवित्र आत्माले सबै कुरा खोज्नुहुन्छ, परमेश्वरका गहिराभन्दा पनि गहिरा कुराहरूसमेत खोज्नुहुन्छ।
11मानिसको बारेमा सबै थोक जान्ने उसैको भित्र रहेको आत्मा हो। अरू कसले जान्न सक्छ र? त्यसै गरी परमेश्वरको आत्माले मात्र परमेश्वरका सबै कुरा जान्नुहुन्छ। 12हामीले संसारको आत्मा पाएनौं, तर परमेश्वरको आत्मा पाएका छौं। परमेश्वरले हामीलाई दिनुभएका सबै कुरा जान्न सकौं भनेर नै हामीले यो पायौं। 13यसैले हामी मानिसको ज्ञानले सिकाएको कुरा बोल्दैनौं, तर आत्माले सिकाउनुभएका कुराहरू बोल्छौं अनि आत्मा हुनेहरूलाई नै हामी आत्माका सत्य कुराहरू बुझाउँछौं। 14परमेश्वरको आत्मा नहुने मानिसले आत्माका दानहरू लिंदैन किनभने यो उसको लागि मूर्ख कुरो हो। यो आत्माबाट नै बुझिने भएकोले उसले यो बुझ्नै सक्दैन। 15परमेश्वरको आत्मा हुने मानिसले चाहिँ सबै कुराको जाँच-बुझ गर्न सक्तछ, तर उसलाई भने कसैले जाँच्न सक्दैन। 16#यशैया 40:13धर्मशास्त्र भन्छ, “प्रभुको मन कसले जान्दछ र कसले उहाँलाई सिकाउने?” तर हामीले चाहिँ ख्रीष्टको मन पाएका छौं।
Actualmente seleccionado:
१ कोरिन्थी 2: सरल नेपाली
Destacar
Compartir
Copiar
¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: