उत्पत्ति 4
4
कयिन र हाबिल
1आदम आफ्नी स्वास्नीसँग सुते र उनी गर्भवती भइन्। उनले एउटा छोरो जन्माइन् र भनिन्, “परमप्रभुको सहायताले मैले एउटा छोरो पाएकी छु।” उनले त्यसको नाम कयिन राखिन्। 2पछि उनले अर्को छोरो हाबिल जन्माइन्। हाबिल गोठाला भए तर कयिनले खेतबारीको काम गर्थे। 3केही समयपछि कयिनले खेतीको केही उब्जनी ल्याएर परमप्रभुलाई भेटी चढाए। 4#हिब्रू 11:4तब हाबिलले आफ्ना बथानको एउटा भेडाले ब्याएको पहिलो पाठो ल्याए र मारे र त्यसको सबैभन्दा राम्रो भाग भेटी चढायो। परमप्रभु हाबिल र उनको भेटीसँग प्रसन्न हुनुभयो, 5तर कयिन र उनको भेटीचाहिँ अस्वीकार गर्नुभयो। कयिन झोकिए र रिसले अनुहार बिगारे। 6तब परमप्रभुले कयिनलाई भन्नुभयो, “तँ किन रिसाइस्? तेरो अनुहार किन बिग्रियो? 7तैँले ठीक काम गरेको भए, तँ हाँस्न पाउनेथिइस् तर तैँले खराब काम गरिस् र पाप तेरो ढोकामा आई ढुकिरहेको छ। त्यसले तँलाई अधीन गर्न खोज्छ तर तैँले त्यसलाई अधीन गर्नुपर्छ।”
8 #
मत्ती 23:35; लूका 11:51; १ यूहन्ना 3:12 तब कयिनले आफ्नो भाइ हाबिललाई भने, “आइज, हामी खेतमा जाऔं।” तिनीहरू खेतमा पुगेपछि कयिन भाइमाथि जाइलागे र त्यसलाई मारे।
9परमप्रभुले कयिनलाई सोध्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?”
तिनले जवाफ दिए, “मलाई थाहा छैन। के म मेरो भाइको गोठालो हुँ र?”
10 #
हिब्रू 12:24
तब परमप्रभुले भन्नुभयो, “तैँले किन यो घिनलाग्दो काम गरिस्? बदला लिन उचालेको सोरजस्तो तेरो भाइको रगतले भूइँबाट मलाई दुहाइ दिइरहेको छ। 11तँमाथि सराप परेको छ र तैँले जमिनमा खेती गर्न पाउनेछैनस्। तेरो भाइको रगतले जमिन भिजेको छ, तैँले भाइलाई मार्दा जमिनले आफ्नो मुख खोलेर रगत पियो। 12तैँले खेतीपाती गर्ने चेष्टा गरिस् भने जमिनले केही उब्जनी दिनेछैन। तँ घरबिनाको पृथ्वीमा एउटा डुलिहिँड्ने मानिस हुनेछस्।”
13कयिनले परमप्रभुलाई भने, “यो दण्ड मैले सहन नसक्ने गरी कडा भयो। 14तपाईंले मलाई जमिन र आफ्ना सामुदेखि धपाउँदै हुनुहुन्छ। म पृथ्वीमा एउटा घरबिनाको डुलिहिँड्ने मानिस हुनेछु अनि जसले मलाई भेट्टाउनेछ, उसले मलाई मार्नेछ।”
15तर परमप्रभुले उत्तर दिनुभयो, “होइन, कसैले तँलाई मार्यो भने त्यसको सट्टामा सात गुणा बदला लिइनेछ।” यसकारण उनलाई भेट्ने कसैले कयिनलाई नमारोस् भनी चेतावनी दिन परमप्रभुले कयिनमाथि एउटा चिन्ह लाइदिनुभयो। 16अनि कयिन परमप्रभुका सामुदेखि निस्किए र अदनको पूर्वपट्टि भएको नोद (जसको अर्थ हो ‘डुलुवा’) भनिने देशमा बसोबास गर।
कयिनका सन्तानहरू
17कयिन र उनकी स्वास्नीको एउटा छोरो भयो र उनीहरूले त्यसको नाम हनोक राखे। त्यसपछि कयिनले एउटा सहर बसाले र त्यसको नाम आफ्नो छोराको नाममा ‘हनोक’ राखे। 18हनोकको एउटा छोरो भयो, जसको नाम ईराद थियो अनि यी महूयाएलको बुबा भए। महूयाएलका एउटा मतूशाएल नाम गरेको छोरा भए, जो लेमेखका बुबा भए। 19लेमेखका आदा र सिल्ला नाम गरेका दुईवटा स्वास्नीहरू थिए। 20आदाले याबाललाई जन्माइन्। याबाल पशु पाल्नेहरू र पालमा बस्नेहरूका पुर्खा भए। 21उसको भाइ यूबालचाहिँ सबै बाँसुरी र वीणा बजाउनेहरूका पुर्खा भए। 22सिल्लाले तूबलकयिनलाई जन्माइन्, उनले सबै थरीका काँसा र फलामका हतियारहरू बनाउँथे। तूबल-कयिनका बहिनी नामा थिइन्।
23लेमेखले आफ्ना स्वास्नीहरूलाई भने,
“ए आदा र सिल्ला! मेरो कुरा सुन्,
मैले एक जना युवकलाई मारेको छु
किनभने त्यसले मलाई चोट लाएको थियो।
24यदि कयिन मारिंदा त्यसका सट्टामा सात गुणा बदला लिइन्छ,
कसैले मलाई मार्यो भने त्यसको सट्टामा सतहत्तर गुणा बदला लिइनेछ।”
शेत र एनोश
25आदम र तिनकी स्वास्नीको अर्को एउटा छोरो भयो। हव्वाले भनिन्, “परमेश्वरले मलाई कयिनले मारेको हाबिलका सट्टामा अर्को छोरा दिनुभयो।” आदमले त्यसको नाम शेत राखे। 26शेतको एउटा छोरो भयो, त्यसको नाम एनोश राखे। त्यस समयदेखि मानिसहरूले परमप्रभुलाई पुज्दा उहाँको पवित्र नाउँ पुकार्न थाले।
Právě zvoleno:
उत्पत्ति 4: सरल नेपाली
Zvýraznění
Sdílet
Kopírovat

Chceš mít své zvýrazněné verše uložené na všech zařízeních? Zaregistruj se nebo se přihlas
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: