गन्ती 3

3
लेवीहरू
1याहवेह मोशासँग सीनै पर्वतमा बोल्नुभएको समयमा, मोशा र हारूनका परिवारको विवरण यही हो।
2हारूनका चार छोराहरूका नाम: जेठा नादाब र अबीहू, त्यसपछि एलाजार र ईतामार थिए। 3पुजारी पदका निम्ति सेवा गर्नलाई अभिषेक गरिएका पुजारी हारूनका छोराहरूका नामहरू यिनै हुन्। 4सीनैको उजाडस्थानमा याहवेहले निषेध गर्नुभएको आगोमा उहाँको अगि भेटी चढाउँदा याहवेहको सामु नादाब र अबीहूको मृत्यु भयो। तिनीहरूका छोराहरू थिएनन्; त्यसकारण एलाजार र ईतामारले आफ्ना बुबा हारूनको जीवनकालभरि पुजारीको रूपमा सेवा गरे।
5याहवेहले मोशालाई भन्‍नुभयो, 6“लेवीको कुललाई पुजारी हारूनको अगि नियुक्त गर्, र तिनीहरूले उसलाई सहायता गरून्। 7तिनीहरूले भेट हुने पालमा समागम पालको काम गर्दै हारून र सारा समुदायका निम्ति जिम्मेवारी पूरा गर्नेछन्। 8तिनीहरूले भेट हुने पालका सबै सरसामानहरूको रेखदेख गरून्। समागम पालको काम गर्दै इस्राएलीहरूप्रतिको दायित्व पूरा गरून्। 9लेवीका मानिसहरू हारून र उसका छोराहरूलाई सुम्पिदिनू। तिनीहरूले सम्पूर्ण इस्राएलीहरूको तर्फबाट पूर्ण रूपले हारूनलाई सुम्पनुपर्छ। 10हारून र उसका छोराहरूलाई पुजारीको काम गर्नलाई नियुक्त गर्नू; अरू जो कोही पवित्रस्थानको नजिक जान्छ, त्यो मारिनुपर्छ।”
11याहवेहले मोशालाई यो कुरा पनि भन्‍नुभयो, 12“मैले इस्राएलीहरूबाट हरेक इस्राएली स्त्रीहरूको जेठा छोराहरूको सट्टामा लेवीहरूलाई लिएको छु। लेवीहरू मेरा हुन्; 13किनकि सबै पहिले जन्मनेहरू मेरा हुन्। जब मैले इजिप्टमा सबै जेठाहरूलाई प्रहार गरेँ, तब मैले इस्राएलका चाहे मानिसको होस् या पशुको होस्, पहिले जन्मेकाहरूलाई मेरा निम्ति अलग गरेँ। अनि तिनीहरू मेरा हुन्; म नै याहवेह हुँ।”
14याहवेहले सीनैको उजाडस्थानमा मोशालाई भन्‍नुभयो, 15“लेवीहरूलाई तिनीहरूका परिवार र वंशअनुसार गन्ती गर्। एक महिना र त्यसभन्दा बढी उमेरका हरेक पुरुषहरूलाई गन्ती गर्।” 16याहवेहले वचनद्वारा आज्ञा गर्नुभएअनुसार मोशाले तिनीहरूलाई गन्ती गरे।
17लेवीका छोराहरूका नामहरू यिनै थिए:
गेर्शोन, कहात र मरारी।
18गेर्शोनको वंशका नामहरू यिनै थिए:
लिब्नी र शिमी।
19कहातको वंशकाहरू:
अम्राम, यिसहार, हेब्रोन र उज्जीएल।
20मरारीको वंशकाहरू:
महली र मूशी।
लेवी वंशबाट तिनीहरूका परिवारअनुसार नामहरू यिनै थिए।
21गेर्शोनीबाट लिब्नी र शिमीहरूका वंश; गेर्शोनका वंशहरू यिनै थिए।
22एक महिना र त्यसभन्दा बढी उमेरका गन्ती गरिएका सबै पुरुषहरूको संख्या 7,500 थियो।
23गेर्शोनी वंशकाहरूले पश्‍चिमपट्टि समागम पालको पछिल्तिर छाउनी लगाउनुपर्ने थियो।
24लाएलको छोरो एल्यासाप गेर्शोनीका परिवारहरूका अगुवा थिए।
25गेर्शोनीहरूको जिम्मेवारी, भेट हुने पालमा समागम पाल र पालका आवरणहरू, भेट हुने पालको प्रवेशद्वारमा भएका पर्दाहरूको रेखदेख गर्नेथियो; 26चोकका पर्दाहरू, समागम पाल, वेदी र चोकको चारैतिरका प्रवेशद्वारमा भएका पर्दाहरू र डोरीहरू, अर्थात् तिनीहरूमा प्रयोग हुने हरेक कुराहरूका हेरचाह गर्ने जिम्मेवारी थियो।
27कहात वंशकाहरू, अम्रामी यिसहारी, हेब्रोनी र उज्जीएलीहरू थिए; यिनीहरू कहाती वंशका थिए।
28एक महिना र त्यसभन्दा बढी उमेरका सबै पुरुषहरूको संख्या 8,600#3:28 केही प्राचीन पा.लि.हरूमा 8,300 भनिएको छ। थियो।
कहातीहरू पवित्रस्थानको हेरचाह गर्ने जिम्मेवार व्यक्तिहरू थिए।
29कहाती वंशकाहरूले समागम पालको दक्षिणपट्टि छाउनी लगाउनुपर्ने थियो।
30उज्जीएलको छोरो एलीशापान, कहातीका परिवारहरूका अगुवा थिए।
31तिनीहरू पवित्रस्थानमा सेवा गर्दा चलाउने सामानहरू; सन्दुक, टेबुल, पानस, वेदीहरू, पर्दा र अरू प्रयोग गरिने हरेक कुराहरूका हेरचाह गर्ने जिम्मेवार व्यक्तिहरू थिए।
32लेवीहरूका प्रमुख अगुवा पुजारी हारूनका छोरा एलाजार थिए। तिनी पवित्रस्थानको हेरचाह गर्नेहरूमाथि अगुवा नियुक्त भएका थिए।
33मरारीबाट महली र मूशीका वंशहरू थिए; यिनीहरू मरारी वंशका थिए।
34एक महिना र त्यसभन्दा बढी उमेरका गन्ती गरिएका सबै पुरुषहरूको संख्या 6,200 थियो।
35अबीहेलका छोरा सूरीएल मरारीका परिवारहरूका अगुवा थिए।
तिनीहरूले समागम पालको उत्तरपट्टि छाउनी लगाउनुपर्ने थियो।
36यी मरारीहरू समागम पालका चौकसहरू, त्यसका बारहरू, खाँबाहरू, आधारहरू, त्यसका सबै सरसामानहरू र त्यसमा प्रयोगमा आउने हरेक कुराहरू, 37साथसाथै चोकका चारैतिरका खम्बाहरू, तिनीहरूका आधारहरूसँग पालका किलाहरू र डोरीहरूको हेरचाह गर्न नियुक्त भएका थिए।
38मोशा, हारून र तिनका छोराहरूले चाहिँ समागम पालको पूर्वपट्टि सूर्योदयतिर भेट हुने पालको सामु छाउनी लगाउनुपर्ने थियो।
तिनीहरू इस्राएलीहरूको तर्फबाट पवित्रस्थानको हेरचाह गर्ने जिम्मेवार व्यक्तिहरू थिए।
पवित्र वासस्थानको नजिक, जो कोही जान्थ्यो, त्यो व्यक्ति मारिनुपर्थ्यो।
39याहवेहको आज्ञाअनुसार मोशा र हारूनले गन्ती गरेका लेवीहरू, तिनीहरूका वंशअनुसार एक महिना र त्यसभन्दा बढी उमेरका हरेक पुरुषहरूको संख्या 22,000 थियो।
40याहवेहले मोशालाई भन्‍नुभयो, “एक महिना र त्यसभन्दा बढी उमेरका इस्राएलीहरूका सबै पहिले जन्मेका पुरुषहरूलाई गनेर तिनीहरूका नामको सूची बनाऊनू। 41इस्राएलीहरूका पहिले जन्मेकाहरूको सट्टा लेवीहरूलाई र इस्राएलीहरूका पहिले जन्मेका गाईबस्तुको सट्टा लेवीहरूका गाईबस्तुलाई मेरा निम्ति लिनू; म नै याहवेह हुँ।”
42यसकारण याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार इस्राएलीहरूका सबै जेठा छोराहरूको गन्ती गरे। 43एक महिना र त्यसभन्दा बढी उमेरका जेठा पुरुषहरूको नामअनुसार दर्ता गरिएकाहरूको संख्या 22,273 थियो।
44याहवेहले मोशालाई यो पनि भन्‍नुभयो, 45“इस्राएलीहरूका सबै जेठाहरूको सट्टामा लेवीहरूलाई र तिनीहरूका गाईबस्तुको सट्टामा लेवीहरूका गाईबस्तुहरूलाई ल्याऊनू। लेवीहरू मेरा होऊन्; म नै याहवेह हुँ। 46लेवीहरूको संख्याभन्दा बढी भएका 273 जना इस्राएलीहरूका जेठा छोराहरूका छुटकाराका निम्ति, 47प्रत्येक जेठो छोराका निम्ति पाँच शेकेल मूल्य लिनू, अर्थात् पवित्रस्थानको शेकेलबमोजिम बीस गेरा अथवा एक शेकेल बराबर बीस गेरा हुन्छ। 48अनि थप गरिएका इस्राएलीहरूका छुटकाराको मोलचाहिँ तैँले हारून र त्यसका छोराहरूलाई दिनू।”
49यसकारण मोशाले लेवीहरूद्वारा छुटकारा पाएका इस्राएलीहरूको संख्याभन्दा धेरै भएका जेठाहरूको छुटकाराको मूल्य जम्मा गरे। 50इस्राएलीहरूका जेठा छोराहरूबाट तिनले पवित्रस्थानको शेकेलबमोजिम 1,365 शेकेल#3:50 लगभग 16 किलो ओजनको चाँदी बटुले। 51मोशाले याहवेहको वचनअनुसार त्यो छुटकाराको मूल्य तिनलाई आज्ञा गर्नुभएझैँ गरी हारून र तिनका छोराहरूलाई दिए।

Цяпер абрана:

गन्ती 3: NCV

Пазнака

Капіяваць

Параўнаць

Падзяліцца

None

Хочаце, каб вашыя адзнакі былі захаваны на ўсіх вашых прыладах? Зарэгіструйцеся або ўвайдзіце