उत्पत्ति 49:24-25
उत्पत्ति 49:24-25 NCV
तर त्यसको धनु स्थिर रह्यो; त्यसका बलिया पाखुराहरू फूर्तिला रहे; त्यो याकोबका सर्वशक्तिमान्को हातले गर्दा त्यो गोठाला, इस्राएलका चट्टानले गर्दा भएको थियो; तेरा पिताका परमेश्वर, जसले तँलाई सहायता गर्नुहुन्छ, सर्वशक्तिमान्, जसले तँलाई माथि स्वर्गका आशिष्हरू, तल भएको समुद्रका आशिष्हरू, स्तन र गर्भका आशिष्हरू दिनुहुन्छ।

