उत्पत्ति 20:6-7

उत्पत्ति 20:6-7 NCV

तब परमेश्‍वरले सपनामा अबीमेलेकलाई भन्‍नुभयो, “हो, तैँले यो शुद्ध विवेकले गरेको हो भनी म जान्दछु; यसकारण मैले तँलाई मेरो विरुद्धमा पाप गर्नदेखि रोकेँ। यसैकारण मैले तँलाई त्यसलाई छुन दिइनँ। अब त्यस मानिसकी पत्नी फर्काइदे; किनकि ऊ एउटा अगमवक्ता हो; र उसले तेरो निम्ति प्रार्थना गर्नेछ, र तँ बाँच्नेछस्। तर यदि तैँले सारालाई फर्काइदिइनस् भने यो निश्‍चय जानिराख्, तँ र तेरा जे जति छन्, ती सबै मर्नेछन्।”