प्रस्थान 5:8-9
प्रस्थान 5:8-9 NCV
तर तिनीहरूलाई पहिलेकै संख्यामा इँटाहरू बनाउन भन्नू; त्यसको संख्या नघटाउनू। तिनीहरू अल्छे छन्; यसैले तिनीहरू ‘हामीलाई आफ्ना परमेश्वरका निम्ति बलिदान चढाउन जान दिनुहोस्’ भनी कराउँदैछन्। ती मानिसहरूका निम्ति काम अझ कठोर पारिदिनू र तिनीहरूले खुरू-खुरू काम गरेर झूटो कुराहरूतिर ध्यान नदेऊन्।”

