प्रस्थान 17:6-7
प्रस्थान 17:6-7 NCV
अनि म होरेबमा भएको चट्टानको छेवैमा तेरो सामु उभिनेछु। तैँले त्यस चट्टानलाई हिर्काऊनू, र त्यसबाट पानीको मूल फुट्नेछ, र मानिसहरूले पिउन सक्नेछन्।” यसकारण मोशाले इस्राएलका प्रधानहरूका आँखाको सामु त्यसै गरे। “याहवेह हाम्रा बीचमा हुनुहुन्छ कि हुनुहुन्न” भन्ने इस्राएलीहरूका झगडाको कारण र तिनीहरूले याहवेहको परीक्षा गरेको कारण त्यस ठाउँको नाम तिनले मस्सा र मेरीबा राखे।

