1
लूका 13:24
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
“साँघुरो ढोकाबाट भित्र पस्ने हर प्रयास गर; किनकि म तिमीहरूलाई भन्दछु, धेरै जना भित्र पस्न खोज्नेछन्, तर सक्नेछैनन्।
Параўнаць
Даследуйце लूका 13:24
2
लूका 13:11-12
त्यहाँ अठार वर्षदेखि कुँजो पार्ने दुष्ट आत्मा लागेकी एउटी स्त्री थिइन्। ती स्त्री कुप्री परेकी थिइन्, र आफैँलाई कति पनि सीधा पार्न सक्दिन थिईन्। येशूले तिनलाई देख्नुभएपछि तिनलाई अगि बोलाएर भन्नुभयो, “ए नारी, तिमी आफ्नो दुर्बलताबाट मुक्त भएकी छौ।”
Даследуйце लूका 13:11-12
3
लूका 13:13
त्यसपछि उहाँले तिनीमाथि आफ्नो हात राख्नुभयो, र तिनी तुरुन्तै सीधा भईन्, र परमेश्वरको प्रशंसा गरिन्।
Даследуйце लूका 13:13
4
लूका 13:30
अनि हेर, पछिल्ला हुनेहरू पहिला र पहिला हुनेहरू पछिल्ला हुनेछन्।”
Даследуйце लूका 13:30
5
लूका 13:25
जब घरका मालिक उठेर ढोका बन्द गर्नेछन्, तब तिमीहरू बाहिर उभिएर, ‘हजुर, हाम्रा निम्ति ढोका खोलिदिनुहोस्!’ भनी बिन्ती गर्दै ढोका ढक्ढक्याउनेछौ। “तर तिनले जवाफ दिनेछन्, ‘तिमीहरू को हौ, वा कहाँबाट आएका हौ, म चिन्दिनँ।’
Даследуйце लूका 13:25
6
लूका 13:5
म तिमीहरूलाई भन्दछु, त्यसो होइन! तर तिमीहरूले पश्चात्ताप गरेनौ भने तिमीहरू पनि सबै नाश हुनेछौ।”
Даследуйце लूका 13:5
7
लूका 13:27
“तर तिनले यस्तो जवाफ दिनेछन्, ‘तिमीहरू को हौ, वा तिमीहरू कहाँबाट आएका हौ, म चिन्दिनँ। ए सबै दुष्ट काम गर्नेहरू हो, मबाट दूर होओ!’
Даследуйце लूका 13:27
8
लूका 13:18-19
त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य केजस्तो छ? म यसलाई केसित तुलना गरूँ? यो त रायोको एउटा बिउजस्तो हो, जो कुनै मानिसले लिएर आफ्नो बारीमा रोप्यो; त्यो बढ्यो र एउटा रूख भयो, र आकाशका चराचुरुङ्गीहरूले त्यसका हाँगाहरूमा गुँड लगाए।”
Даследуйце लूका 13:18-19