प्रस्‍थान 23

23
न्याय र निष्पक्षता
1 # प्रस्‍थान 20:16; लेवी 19:11,12; व्यवस्था 5:20 “झूटो हल्‍ला नफैलाओ र झूटो साक्षी दिएर एउटा अपराधीलाई मद्दत नगर। 2धेरै मानिसहरूले खराबी गरे वा गवाही दिएर न्‍याय बिगारे भन्‍दैमा तिमीहरूले पनि त्‍यसै नगर। 3#लेवी 19:15गरीब भनेर मुद्दामा त्‍यसको पक्ष नलेओ।
4 # व्यवस्था 22:1-4 “तिमीहरूले शत्रुको गाई वा गधालाई खुला दगुरेको देख्‍यौ भने त्‍यो पक्रेर त्‍यसकहाँ पुराइदेओ। 5त्‍यसको गधा भारीमुनि लडेर थिचिएको देख्‍यौ भने त्‍यसलाई आफ्‍नो गधा उठाउन मद्दत गर, त्‍यसलाई त्‍यहीँ छोडेर नहिँड।
6 # लेवी 19:15; व्यवस्था 16:19 “गरीबको मुद्दामा त्‍यसको न्‍याय नखोस। 7झूटो दोष नलगाओ र निर्दोषलाई प्राणदण्‍ड नदेओ। त्‍यस्‍तो दुष्‍ट काम गर्नेलाई म दोषी ठहराउनेछु। 8घुस नलेओ किनभने घुसले मानिसलाई अन्धो बनाउँछ र त्‍यसले उचित कुरा चिन्‍दैन। त्‍यसले गर्दा निर्दोषले न्‍याय पाउँदैन।
9 # प्रस्‍थान 22:21; लेवी 19:33,34; व्यवस्था 24:17,18; 27:19 “परदेशीसँग खराब व्‍यवहार नगर। परदेशी छँदा आफूलाई कस्‍तो लाग्‍छ, त्‍यो तिमीहरू जान्‍दछौ किनभने तिमीहरू मिश्रमा परदेशी थियौ।
सातौँ वर्ष अनि सातौँ दिन
10 # लेवी 25:1-7 “छ वर्षसम्‍म आफ्‍नो खेतबारीमा बिउ छर र त्‍यसको उब्‍जनी उठाओ। 11तर सातौँ वर्षमा त्‍यसलाई बाँझो राख र त्‍यहाँ उम्रेको अन्‍न नबटुल। गरीबहरूले ती अन्‍न खाऊन् र उब्रेकोचाहिँ जङ्गली जन्‍तुले खाऊन्, तिमीहरूले आफ्‍ना दाख र जैतुनका बारीहरूमा पनि त्‍यसै गर।
12 # प्रस्‍थान 20:9-11; 31:15; 34:21; 35:2; लेवी 23:3; व्यवस्था 5:13,14 “छ दिनसम्‍म काम गर; तर सातौँ दिनमा काम नगर। त्‍यसो भए, तिम्रा कमारा-कमारीहरू र तिम्रा काम गर्ने परदेशीहरू र पशुहरूले आराम पाउनेछन्।
13“म परमप्रभुले तिमीहरूलाई भनेका सबै कुरा सुनेर ती मान। अरू देवताहरूलाई प्रार्थना नगर, तिनीहरूको नाम पनि नलेओ।
तीनवटा महान् चाडहरू
(प्रस्‍थान ३४:१८-२६; व्‍यवस्‍था १६:१-१७)
14“मेरो आदर गर्न वर्षेनी तीनवटा चाडहरू मनाओ। 15#प्रस्‍थान 12:14-20; लेवी 23:6-8; गन्ती 28:17-25आबीब महिनामा तिमीहरूले मिश्र छोडेका थियौ। यसकारण मैले आज्ञा गरेबमोजिम यही महिनामा अखमिरी रोटीको चाड मनाओ। चाडको साताभरि खमिरे रोटी नखाओ। मेरो आराधना गर्न आउँदा कोही पनि रित्तै हात नआओस्।
16 # लेवी 23:15-21; गन्ती 28:26-31; लेवी 23:39-43 “अन्‍न कटनी गर्दा कटनी पर्व मनाओ।
“वर्षको दिन बितेपछि शरद् ऋतु लाग्‍छ। जब तिमीहरू आफ्‍ना दाख र जैतुनका बारीहरूबाट फल बटुल्‍छौ, तब तिमीहरूले “छाप्रोका चाड” मनाओ। 17हरेक वर्ष यी तीन चाडहरूमा तिम्रा लोग्‍नेमानिसहरू म परमप्रभु तिमीहरूका परमेश्‍वरलाई पुज्‍न आउनुपर्नेछ।
18“मलाई पशु-बलि चढाएको रगतसँग खमिरे रोटी नचढाउनू। यी चाडहरूमा बलि चढाएका पशुहरूको बोसो भोलिपल्‍ट बिहानसम्‍म रहन नदिनू।
19 # व्यवस्था 26:2; प्रस्‍थान 34:26; व्यवस्था 14:21 “हरेक वर्ष तिम्रो उब्‍जनीको पहिलो फल परमप्रभु परमेश्‍वरको भवनमा ल्‍याउनू।
“बाख्रा वा भेडाको पाठालाई त्‍यसको माऊको दूधमा नपकाउनू।
प्रतिज्ञा र अर्तीहरू
20“तिमीहरूले यात्रा गर्दा तिमीहरूलाई रक्षा गर्न र मैले तयार पारेको देशमा पुर्‍याउन म तिमीहरूको अघिअघि मेरो एउटा दूत पठाउनेछु। 21ध्‍यान दिएर तिनको कुरा सुन र मान। तिनको विरोध नगर किनभने तिनलाई मैले पठाएको हुँ र तिमीहरूको त्‍यस्‍तो अपराध तिनले क्षमा गर्नेछैनन्। 22तर तिमीहरूले तिनका कुराहरू मान्‍यौ र सबै काम मेरा आज्ञाअनुसार गर्‍यौ भने म तिम्रा सबै शत्रुहरूसँग लड्‍नेछु। 23मेरो दूतले तिमीहरूका अघिअघि गएर तिमीहरूलाई एमोरी, हित्ती, परिज्‍जी, कनानी, हिव्‍वी र यबूसीहरूका देशमा पुर्‍याउनेछन् र म तिनीहरूलाई नाश पार्नेछु। 24तिनीहरूका देवताहरूलाई नपुज्‍नू वा नभज्‍नू र तिनीहरूका धार्मिक रीतिहरू नमान्‍नू। तिनीहरूका देवताहरूलाई नष्‍ट गर। तिनीहरूले पवित्र मानेका खम्‍बाहरू भाँचिदेओ। 25म परमप्रभु परमेश्‍वरलाई तिमीहरूले पुज्‍यौ भने म तिमीहरूलाई अन्‍न-पानीले आशीर्वाद दिनेछु र तिम्रा सबै रोगहरू हटाइदिनेछु। 26तिम्रा देशमा कुनै स्‍त्रीको गर्भ तुहुनेछैन र कोही पनि बाँझी रहनेछैन। म तिमीहरूलाई लामो आयु दिनेछु।
27“तिम्रो विरोध गर्ने मानिसहरूलाई म मेरो डर मान्‍न लाउनेछु। जोसँग तिमीहरू युद्ध गर्छौ, तिनीहरूका बीचमा खैलाबैला ल्‍याउनेछु र तिम्रा सबै शत्रुहरू तिमीहरूदेखि भाग्‍नेछन्। 28तिम्रा शत्रुहरूलाई आतङ्कमा पार्नेछु। तिमीहरू अगाडि बढ्दैजाँदा हित्ती, कनानी, हिव्‍वीहरूलाई म धपाउनेछु। 29म तिनीहरूलाई एकै वर्षभित्रमा धपाउनेछैनँ, मैले त्‍यसो गरें भने देश उजाड हुनेछ र जङ्गली जन्‍तुहरू तिमीहरूका लागि सङ्‍ख्‍यामा धेरै हुनेछन्। 30पूरा देश कब्‍जा गर्न तिमीहरूको सङ्‍ख्‍या नपुगेसम्‍म म तिनीहरूलाई अलिअलि गरी धपाउनेछु। 31म तिमीहरूका देशको सिमाना लाल समुद्रदेखि यूफ्रेटिस नदीसम्‍म अनि भूमध्‍य सागरदेखि मरुभूमिसम्‍म फैलाइदिनेछु। त्‍यस देशका बासिन्‍दाहरूमाथि म तिमीहरूको अधिकार दिनेछु। तिनीहरूलाई तिमीहरूले लखेट्‍नेछौ। 32तिनीहरूसँग वा तिनीहरूका देवताहरूसित तिमीहरूले कुनै कुरामा मेलमिलाप नगर्नू। 33ती मानिसहरूलाई तिम्रा देशमा बास गर्न नदिनू, बस्‍न दियौ भने तिनीहरूले तिमीहरूलाई मेरो विरुद्ध पाप गर्न लाउनेछन्। तिनीहरूका देवताहरू पुज्‍यौ भने तिमीहरू मृत्‍युको जालमा फस्‍नेछौ।”

Àwon tá yàn lọ́wọ́lọ́wọ́ báyìí:

प्रस्‍थान 23: सरल नेपाली

Ìsàmì-sí

Pín

Daako

None

Ṣé o fẹ́ fi àwọn ohun pàtàkì pamọ́ sórí gbogbo àwọn ẹ̀rọ rẹ? Wọlé pẹ̀lú àkántì tuntun tàbí wọlé pẹ̀lú àkántì tí tẹ́lẹ̀