दानिएल 6:26-27
दानिएल 6:26-27 NCV
“म उर्दी जारी गर्छु: मेरो राज्यका सबै भागका मानिसहरूले दानिएलका परमेश्वरको भय मानून् र उहाँलाई नै श्रद्धा गरून्। “किनकि उहाँ नै जीवित परमेश्वर हुनुहुन्छ, र उहाँ सदासर्वदै रहनुहुन्छ; उहाँको राज्य नष्ट हुनेछैन, उहाँको राज्य कहिल्यै समाप्त हुनेछैन। उहाँले छुटाउनुहुन्छ र बचाउनुहुन्छ; उहाँले आकाशमा र पृथ्वीमा, अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू गर्नुहुन्छ। उहाँले दानिएललाई सिंहहरूको शक्तिबाट छुटकारा दिनुभएको छ।”

