गन्ती 5
5
छाउनीमा हुनुपर्ने शुद्धता
1परमप्रभुले मोशालाई भन्नुभयो, 2“डरलाग्दो चर्मरोग भएको वा प्रमेह रोग लागेको वा लाश छोएर अशुद्ध भएको कुनै पनि मानिसलाई छाउनीबाट बाहिर निकालिदिनू भनी इस्राएलीहरूलाई आज्ञा गर्। 3यस्ता सबै अशुद्ध भएका मानिसहरूलाई निकालिदे र त्यो छाउनी, जहाँ म मेरा मानिसहरूका बीचमा बास गर्दछु, तिनीहरूले अशुद्ध नगरून्।” 4इस्राएलीहरूले यो आज्ञा पालन गरे र त्यस्ता सबैलाई छाउनीबाट अलग गरे।
अधर्म कामको निम्ति दिनुपर्ने हर्जाना
5 #
लेवी 6:1-7
परमप्रभुले मोशालाई इस्राएलीहरूका लागि 6यी आदेशहरू दिनुभयो, “यदि कोही परमप्रभुप्रति अविश्वासयोग्य बन्दछ र अर्काको विरुद्धमा अधर्म काम गर्दछ भने 7त्यसले आफ्नो पाप स्वीकार गर्नुपर्नेछ र जुन मानिसको विरुद्धमा त्यसले अपराध गरेको छ, त्यसलाई त्यसका निम्ति तोकिएको पूरा हर्जाना र अरू त्यसको पाँचौँ हिस्सा बढ्ता पनि चुक्ता गर्नुपर्नेछ। 8तर त्यो मानिस मरिगयो र कोही हर्जाना लिन सक्ने नजिकको नातेदार पनि छैन भने त्यो धन परमप्रभुलाई पूजाहारीहरूको निम्ति भनेर दिनुपर्छ। अपराधीको शुद्धीकरणको विधि पूरा गर्न जुन साँढ-भेडा चढाइन्छ, त्यसमाथि थपेर यो हर्जाना तिर्ने काम हुनुपर्छ। 9कुनै पनि विशेष भेटी इस्राएलीहरूले परमप्रभुलाई चढाउँछन्, त्यो भेटी जुन पूजाहारीकहाँ टक्र्याइन्छ, त्यो उसैको हुन्छ। 10हरेक पूजाहारीले आफूलाई टक्र्याएका भेटीहरू आफ्नै लागि लिनेछ।”
शङ्कालु लोग्नेका स्वास्नीहरू
11इस्राएलीहरूलाई यी तलका आदेशहरू दिनू भनी 12-14परमप्रभुले मोशालाई आज्ञा गर्नुभयो, “यस्तो हुन सक्छ कि कुनै पुरुषले आफ्नी स्वास्नी आफूप्रति अविश्वासी भएकी छे र पर-पुरुषसित सुतेर आफैंलाई अपवित्र तुल्याएकी छे भनी शङ्का गर्न सक्छ। तर लोग्नेचाहिँले त्यो कुरा हो भनी जानेको नहोला किनभने स्त्रीले त्यो कुरा गुप्तमा राखेकी होली वा कोही साक्षी थिएन होला वा त्यो दुष्कर्मकै बेलामा स्त्री पक्राउ परेकी थिई होली। यस्तो पनि हुन सक्छ कि बिनाकारण अथवा स्वास्नी अविश्वासयोग्य हुँदै नभएकी छे भने पनि लोग्नेले चाहिँ शङ्का गर्न सक्दछ। 15जुनै कारणले शङ्का उठेको होस्, लोग्नेले स्वास्नीलाई पूजाहारीकहाँ लैजाओस्। त्यति बेला चाहिने एक किलोग्राम जौको पीठो पनि त्यसले सँगै लैजाओस् तर त्यसमाथि जैतुनको तेल वा धूप नमिसाओस् किनभने त्यो एउटा शङ्कालु लोग्नेले साँचो कुरो प्रकाशमा आओस् भनी चढाएको भेटी हो।
16“पूजाहारीले त्यस स्त्रीलाई ल्याएर वेदीको सामुन्ने खडा हुन लाओस्। 17उसले केही पवित्र पानी माटोको बटुकोमा लिएर परमप्रभुको पवित्र पालको मझेरीमा भएको केही माटो उठाएर त्यस पानीमा हालोस् र पानी तीतो पारोस्। 18उसले त्यसपछि स्त्रीको केश फुकाइदेओस् र पिठोको भेटी त्यसका हातमा देओस्। पूजाहारीले आफ्नो हातमा तीतो पानी भएको बटुको लेओस्। त्यस तीतो पानीले सराप ल्याउँछ। 19तब पूजाहारीले स्त्रीलाई उसले भनेको यो शपथ खान राजी गराओस्– ‘यदि तैँले व्यभिचार गरेकी छैनस् भने यस पानीबाट आउने सरापले तेरो हानि गर्नेछैन। 20तर तैँले व्यभिचार गरेकी छेस् भने 21परमप्रभुले तेरो नाम तेरा आफ्ना मानिसहरूका बीचमा श्रापित पारून्। उहाँले तेरो कोख बाँझो राख्नुहुनेछ अनि तेरो गर्भपात गराउनुहुनेछ। 22यो पानी तेरो पेटमा पसेर गर्भपात गरोस् र तेरो कोख बाँझो बनाओस्।” स्त्रीले उत्तरमा भनोस्, ‘म राजी छु! परमप्रभुले त्यसै गरून्’।”
23“तब पूजाहारीले त्यो सराप लेखेर त्यो तीतो पानीले पखाली बटुकामा हालोस्। 24त्यस स्त्रीलाई त्यो पानी पिउन दिनुअघि 25पूजाहारीले पिठोको भेटी त्यसका हातबाट लेओस् र त्यो परमप्रभुलाई चढाउन उँभो उचालोस् र वेदीमा चढाओस्। त्यो पानी पिउँदा स्त्रीलाई कठोर व्यथा हुन सक्छ। 26तब पूजाहारीले एक मुट्ठी पिठो भेटीको रूपमा लिएर वेदीमाथि जलाओस्। अन्तमा उसले त्यो तीतो पानी स्त्रीलाई पिउन लाउनेछ। 27यदि स्त्रीले व्यभिचार गरेकी छे भने पानीले त्यसको पेट अति नमीठो गरी दुख्नेछ, गर्भपात हुनेछ अनि कोख बाँझो हुनेछ। आफ्ना मानिसहरूका बीचमा त्यसको नाम श्रापित हुनेछ। 28तर त्यो निर्दोष भए त्यसलाई केही हानि हुनेछैन र गर्भवती हुन सक्नेछ।
29-30“कोही मानिस ईर्ष्या गर्ने खालको छ र त्यसले आफ्नी स्वास्नीले व्यभिचार गरेकी छे भनी शङ्का गर्छ भने त्यसको लागि यही नियम हो। त्यो स्त्री वेदीको सामुन्ने खडा गरिनेछ र पूजाहारीले यो रीति पूरा गर्नेछ। 31लोग्नेलाई केही दोष लाग्नेछैन तर स्त्रीचाहिँ दोषी ठहरिए त्यसको फल त्यसले भोग्नेछे।”
Trenutno izbrano:
गन्ती 5: सरल नेपाली
Označeno
Deli
Kopiraj
Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: