लूका पुस्‍तक परिचय

पुस्‍तक परिचय
लूकाले लेखेका यो सुसमाचारले येशूलाई यसरी पेश गरेको छ: येशू इस्राएलीहरूका बीचमा आउनुहुन्‍छ भनेर वाचा गरिएका मुक्तिदाता र समस्‍त मानिस जातिलाई बचाउने हुनुहुन्‍छ। उहाँले दु:खी र गरीब मानिसहरू जम्‍मैलाई सुसमाचार प्रचार गरून् भनेर प्रभुका आत्‍माद्वारा संसारमा पठाइनुभएको हो। यो सुसमाचार सबै किसिमका खाँचोमा परेका मानिसहरूको वास्‍ता गरी लेखिएको छ। यसमा सुसमाचारको भाव छर्लङ्गै देखिन्‍छ, खास गरी यसका पहिलेका अध्‍यायहरूले येशू आउनुभएको कुरा र फेरि पछिल्‍लो भागमा उहाँ स्‍वर्गमा उक्‍ली जानुभएको कुरा बताइएको छ। उहाँ स्‍वर्ग जानुभएपछि ख्रीष्‍टिय विश्‍वास बढेको र फैलिएको घटना लूकाले ‘प्रेरितहरूका काम’ पुस्‍तकमा लेखेका छन्।
दोस्रो र छैटौँ भागहरू यसै सुसमाचारमा मात्रै छन्, जस्‍तै: स्‍वर्गदूतहरूले गाएको स्‍तुतिगान, येशू जन्‍मनुहुँदा गोठालाहरू उहाँको दर्शनमा आएका, येशू बालक अवस्‍थामा मन्‍दिरमा जानुभएको र असल सामरी र हराएको छोराको कथा। यो पुस्‍तकभरि यस्‍ता विषयहरूलाई जोड दिइएको छ: प्रार्थना, पवित्र आत्‍मा, येशूको सेवामा स्‍त्रीहरूको भार र परमेश्‍वरद्वारा मानिसको पापको क्षमादान।
संक्षिप्‍त विषय-सूची
परिचय १:१-४
बप्‍तिस्‍मा दिने यूहन्‍ना र येशूको जन्‍म र बाल्यावस्‍था १:५—२:५२
बप्‍तिस्‍मा दिने यूहन्‍नाको सेवाकार्य ३:१-२०
येशूको बप्‍तिस्‍मा र परीक्षा ३:२१—४:१३
गालीलमा येशूका सेवाकार्य ४:१४—९:५०
गालीलदेखि यरूशलेमसम्‍म ९:५१—१९:२७
यरूशलेममा अन्‍तिम हप्‍ता १९:२८—२३:५६
येशू मरेकोबाट बिउँतनुभएर स्‍वर्गमा जानुभएको २४:१-५३

Označeno

Deli

Kopiraj

None

Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi