यूहन्ना 7
7
येशू र उहाँका भाइहरू
1त्यसपछि येशूले गालील क्षेत्रको यात्रा गर्नुभयो। उहाँ यहूदिया क्षेत्रमा जान चाहनुभएन किनभने यहूदीहरूले उहाँलाई मार्न खोजिरहेका थिए। 2#लेवी 23:34; व्यवस्था 16:13त्यस बेला यहूदीहरूको छाप्रो बनाएर मनाइने चाड आउन लागेको थियो। 3येशूका भाइहरूले उहाँलाई भने, “गालील क्षेत्र छोडेर यहूदियामा जानुहोस्। तपाईंले गरिरहनुभएका कामहरू त्यहाँ पनि चेलाहरूले देखून्। 4नाउँ चलाउन खोज्नेले आफूले गरेका काम लुकाउन चाहँदैन। त्यस्तै तपाईंले पनि अचम्मको काम गर्दै हुनुहुन्छ र यो अचम्मको काम संसारमा सबैलाई थाहा होस्।” 5किनभने उहाँका भाइहरूले समेत उहाँमा विश्वास गर्दैनथे।
6येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो लागि ठीक समय अझै आएको छैन। तिमीहरूको लागि त जुनसुकै समय भए पनि ठीक छ। 7संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन, तर मलाई चाहिँ घृणा गर्छ किनभने म संसारको चालचलन खराब छ भनी देखाइदिन्छु। 8तिमीहरू चाड मान्न जाओ, मचाहिँ अहिले जान्नँ किनभने मेरो बेला आइसकेको छैन।” 9यति भन्नुभएपछि उहाँ गालीलमै बस्नुभयो।
छाप्रो-वासको चाड
10येशूका भाइहरू चाडमा गइसकेपछि उहाँ पनि कसैले थाहा नपाउने गरी यरूशलेम जानुभयो। 11चाडमा यहूदी अगुवाहरूले उहाँलाई खोज्दै थिए। “येशू कहाँ छन्?” भनी तिनीहरूले सोधे। 12भीडमा धेरै मानिसहरूले येशूको बारेमा कुरा गर्दै थिए। एक थरीले भन्थ्यो, “ती मानिस असल छन्।” तर अर्को थरीले भन्थ्यो, “होइन, त्यसले त मानिसको आँखामा छारो मात्रै हाल्छ।” 13तैपनि यहूदी अगुवाहरूदेखि डराएकोले कसैले उहाँको कुरा खुला रूपमा गर्ने आँट गरेनन्।
14यो चाड आधा हुन लाग्दा येशूले मन्दिरमा गएर शिक्षा दिन लाग्नुभयो। 15यहूदी अगुवाहरूले ज्यादै छक्क परेर भने, “यो मानिसले नसिकीकनै कसरी यति धेरै जान्ने भयो?” 16तिनीहरूलाई जवाफ दिँदै येशूले भन्नुभयो, “मैले सिकाएका कुरा मेरा होइनन्, तर मलाई पठाउनुहुने परमेश्वरका हुन्। 17परमेश्वरको इच्छाअनुसार काम गर्न खोज्नेहरूले चाहिँ यो शिक्षा परमेश्वरतर्फबाट आएको हो कि मेरो आफ्नै शिक्षा हो, त्यो थाहा पाउनेछन्। 18आफ्नै तर्फबाट बोल्नेले त आफ्नै आदर खोज्छ, तर आफूलाई पठाउनुहुनेको आदर खोज्नेचाहिँ इमानदार मानिस हो। उसमा अलिकति पनि छलकपट हुँदैन। 19के मोशाले तिमीहरूलाई व्यवस्था दिएका होइनन्? तैपनि तिमीहरू कसैले त्यो व्यवस्था पालन गर्दैनौ। किन तिमीहरू मलाई मार्न खोज्दै छौ?”
20भीडमा रहेका मानिसहरूले भने, “तिमीलाई भूत चढेको छ, तिमीलाई कसले मार्न खोज्यो र?” 21येशूले भन्नुभयो, “मैले एउटा अचम्मको काम गर्दा तिमीहरू सबै छक्क पर्दछौ? 22#लेवी 12:3; उत्पत्ति 17:10अब हेर, मोशाले खतना गर्नुपर्छ भन्ने आज्ञा दिए। वास्तवमा त यो काम मोशाले सुरु गरेका होइनन्, यो त तिमीहरूका पुर्खाले सुरु गरेका थिए। तर विश्रामको दिनमा पनि तिमीहरूले आफ्ना छोराहरूको खतना गर्छौ। 23#यूहन्ना 5:9अब तिमीहरूले मोशाले दिएका व्यवस्था भङ्ग नहोस् भनेर विश्रामको दिनमा खतना गर्छौ भने मैले विश्रामको दिनमा एउटा मानिसलाई पूरै निको पार्दाचाहिँ तिमीहरू किन रिसाउँछौ त? 24देखावटी रूपले न्याय नगर, तर असल न्याय गर्ने गर।”
मुक्ति दिनुहुने राजा
25त्यतिखेर यरूशलेमका केही मानिसहरूले भने, “तिनीहरूले मार्न खोजेका मानिस यिनै होइनन् र? 26हेर, यिनी त खुल्ला रूपले बोल्दै छन्, तर कसैले पनि यिनको विरुद्धमा केही भन्दैन। यिनी मुक्ति दिनुहुने राजा ख्रीष्ट हुन् भनी हाम्रा अगुवाहरूले साँच्चै मान्न लागेछन् कि क्या हो? 27तर यिनी कहाँबाट आएका हुन् हामी सबैलाई थाहा छ। ख्रीष्ट आउनुहुँदा त उहाँ कहाँबाट आउनुभएको भनी कसैलाई थाहा हुनेछैन।”
28त्यसै बेला येशूले अझै मन्दिरमा सिकाउँदै हुनुहुन्थ्यो। उहाँले सबैले सुन्ने गरी भन्नुभयो, “के तिमीहरू मलाई साँच्चै चिन्छौ? म कहाँबाट आएको हुँ, के त्यो तिमीहरूलाई साँच्चै थाहा छ? म त आफैं आएको होइनँ, मलाई पठाउनुहुनेचाहिँ सत्य हुनुहुन्छ। 29तर तिमीहरूले उहाँलाई चिन्दैनौ। मचाहिँ उहाँलाई चिन्छु किनभने म उहाँकै तर्फबाट आएको हुँ। उहाँले नै मलाई पठाउनुभएको हो।”
30यो सुनेर तिनीहरूले येशूलाई पक्रन खोजे। तर कसैले उहाँलाई पक्रन सकेन किनभने उहाँको समय अझै आएको थिएन। 31त्यो भीडमा रहेका धेरै मानिसहरूले उहाँलाई विश्वास गरे अनि तिनीहरूले भने, “जब मुक्ति दिनुहुने राजा ख्रीष्ट आउनुहुनेछ, के उहाँले यस मानिसले भन्दा पनि धेरै शक्तिशाली काम गर्नुहुन्छ र?”
येशूलाई पक्रन खोजिएको
32फरिसीहरूले येशूको बारेमा भीडमा रहेका मानिसहरूले यस्ता कुरा खस्याकखुसुक गरेका सुने। यसकारण ती फरिसी र मुख्य पूजाहारीहरूले मिलेर येशूलाई पक्रन मन्दिरको रक्षा गर्ने सिपाहीहरूलाई पठाए।
33अनि येशूले भन्नुभयो, “म अझै केही बेरसम्म तिमीहरूसँग रहनेछु र त्यसपछि मलाई पठाउनुहुनेकहाँ जानेछु। 34तब तिमीहरूले मलाई खोज्नेछौ, तर भेट्नेछैनौ किनभने म गएको ठाउँमा तिमीहरू आउन सक्दैनौ।”
35यो सुनेर यहूदी अगुवाहरूले आपसमा भने, “यो मानिस कहाँ हिँड्न आँट्यो र तिमीहरूले मलाई भेट्न सक्दैनौ भनी भन्छ? आफ्नो देशलाई छोडेर विदेशमा तितरबितर भएका यहूदीहरूकहाँ जान्छ कि क्या हो? कि त गएर विदेशीहरूलाई सिकाउन चाहन्छ? 36‘तिमीहरूले मलाई खोज्नेछौ तर भेट्नेछैनौ किनभने म गएको ठाउँमा तिमीहरू पुग्न सक्दैनौ’ भन्छ! यो के भनेको हो, कुन्नि?”
जीवित पानी
37 #
लेवी 23:36
चाडको आखिर र सबैभन्दा मुख्य दिनमा येशूले उभिएर सबैले सुन्ने गरी भन्नुभयो, “तिमीहरूमध्ये तिर्खाउनेहरू जति छौ, मकहाँ आएर पिओ। 38#इजकिएल 47:1; जकरिया 14:8धर्मशास्त्रले भनेजस्तै ममाथि विश्वास गर्ने मानिसको हृदयबाट जीवन दिने खोलाहरू बगिरहनेछन्।” 39यो कुराचाहिँ येशूले आफूमाथि विश्वास गर्ने जतिले पाउने पवित्र आत्माको बारेमा भन्दै हुनुहुन्थ्यो किनभने त्यस बेलासम्म येशू स्वर्गमा नफर्किनुभएकोले परमेश्वरले पवित्र आत्मालाई पठाउनुभएको थिएन।
मानिसहरूमा फाटो
40येशूको कुरा सुनेर भीडमा भएका धेरै मानिसहरूले भने, “यी मानिस साँच्चै आउनुपर्ने अगमवक्ता नै हुन्।” 41कोही-कोहीले भने, “उहाँ त मुक्ति दिनुहुने राजा ख्रीष्ट नै हुनुहुन्छ।” तर कतिले भने, “के ख्रीष्ट गालीलबाट आउनुहुन्छ र? 42#2 शमूएल 7:12; मीका 5:2ख्रीष्ट त राजा दाऊदका सन्तान हुनुहुनेछ र दाऊदको गाउँ बेथलेहेमबाट आउनुहुनेछ भनेर के धर्मशास्त्रमा लेखिएको छैन र?” 43यसरी येशूको बारेमा मानिसहरूमा फाटो आयो। 44कति जनाले उहाँलाई पक्रन खोजे। तर कसैले पनि उहाँमाथि हात हालेनन्।
यहूदी अगुवाहरूको अविश्वास
45येशूलाई पक्रन पठाएका मन्दिरका सिपाहीहरू त्यसै फर्के। फरिसी र मुख्य पूजाहारीहरूले तिनीहरूलाई सोधे, “खै, तिमीहरूले येशूलाई किन पक्रेर ल्याएनौ?” 46सिपाहीहरूले भने, “उनका कुरा सुन्दा हामी त छक्क पर्यौं। हामीले त्यस्ता कुरा कहिल्यै सुनेका थिएनौं।” 47अगुवाहरूले भने, “तिमीहरूलाई समेत त्यसले छक्यायो कि क्या हो? 48के हाम्रा अगुवा र फरिसीहरूमध्ये कसैले त्यसलाई विश्वास गरेका छन् र? 49भीडमा भएका मानिसहरूले मोशाका व्यवस्था जान्दैनन्, तर तिनीहरूमाथि त परमेश्वरको सराप परिसकेको छ।”
50 #
यूहन्ना 3:1,2 त्यहाँ भएका फरिसीहरूमध्ये येशूलाई राती भेट्न गएका निकोदेमसले भने, 51“के हाम्रो व्यवस्थाअनुसार दोष लगाएको मानिसको कुरा नसुनीकन र उसले गरेको कामको पत्ता नलगाई उसलाई दोषी ठहराउन मिल्छ र?” 52तर अरूहरूले भने, “तिमी पनि गालीली हौ कि क्या हो? धर्मशास्त्र राम्ररी पढ र तिमीले थाहा पाउनेछौ कि गालीलबाट कुनै अगमवक्ता आउँदैन।”
53[त्यसपछि सबै जना घरतिर गए।
Trenutno izbrano:
यूहन्ना 7: सरल नेपाली
Označeno
Deli
Kopiraj

Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: