उत्पत्ति 43
43
बेन्यामीनसित योसेफका दाजुहरू मिश्रमा जान्छन्
1कनानमा अनिकाल बढ्यो। 2मिश्रबाट ल्याएको अन्न याकूबका परिवारले खाइसके। याकूबले छोराहरूलाई भने, “जाओ, फेरि हाम्रा निम्ति केही अन्न किनी ल्याओ।”
3यहूदाले तिनलाई भने, “ती मानिसले तिम्रो भाइलाई साथमा लिई आएनौ भने मेरो सामु आउन पाउनेछैनौ भनी हामीलाई भनेका छन्। 4भाइलाई हामीसित पठाउन राजी हुने भए हामी गएर अन्न किनिल्याउनेछौं 5होइन भने हामी जाँदैनौं किनभने भाइ साथमा छैन भने ती मानिसले हामीलाई छेउ पर्न दिनेछैनन्।”
6याकूबले भने, “तिमीहरूले किन ती मानिसलाई हाम्रो अर्को भाइ छ भन्यौ? किन तिमीहरूले मलाई यसरी कष्ट दिएको?”
7तिनीहरूले उत्तर दिए, “ती मानिसले हामी र हाम्रा परिवारबारे सोधिरहे। ‘के तिम्रा बुबा जिउँदै छन्? तिमीहरूको अर्को भाइ छ?’ भनेर सोधे। हामीले जवाफ नदिइभएन। भाइ लिएर आउनू भन्छन् भनी हामीले कसरी जान्नु र?”
8यहूदाले बुबालाई भने, “केटालाई मेरो जिम्मा लाएर पठाइदिनुहोस् र हामी हिँडिहाल्नेछौं। तब हामी कोही पनि भोकले मर्नुपर्नेछैन। 9म मेरो प्राणको जमानी दिन्छु, त्यसको लागि मलाई जिम्मेवार बनाउनुहोस्। त्यसलाई मैले कुशलै तपाईंकहाँ ल्याइपुर्याइनँ भने म सधैँ त्यसको दोषी हुनेछु। 10हामीले यति ढीलो नगरेको भए हामी दुईपल्ट गएर आउन सक्नेथियौं।”
11बुबाले तिनीहरूलाई भने, “त्यसो नगरी हुँदैन भने हाम्रो देशमा भएका सबैभन्दा राम्रा कुराहरू बडा-हाकिमलाई सौगात लिएर जाओ। अलिकति सुगन्धित लेप, मह, मरमसला, पेस्ता र हाडे-बदाम लिएर जाओ। 12रकम दोब्बर लिएर जाओ किनभने तिम्रा धोक्रामा हाली फर्काइदिएको रकम पनि दिनुपर्नेछ। हुन सक्छ, त्यो भुलले भएको थियो। 13भाइलाई लिएर जाओ र छिट्टै फर्किहाल। 14सर्वशक्तिमान् परमेश्वरले ती मानिसलाई तिमीहरूमाथि दयालु बनाऊन् र तिनले बेन्यामीन र अर्को भाइलाई तिमीहरूसितै फर्काइदेऊन्। मैले मेरा छोराहरू गुमाउनुपर्ने हो भने त्यस्तै होस्।”
15तब ती दाजुभाइहरू सौगात, दोब्बर पैसा साथै बेन्यामीनलाई पनि लिएर मिश्रतिर हिँडे। त्यहाँ तिनीहरू योसेफको सामु हाजिर भए। 16तिनीहरूसँग बेन्यामीनलाई देखेर योसेफले आफ्नो घरको मुख्य चाकरलाई भने, “यी मानिसहरूलाई मेरो घरमा लैजा। आज दिउँसो यिनीहरूले मसँग खानेछन्। एउटा पशु मारेर भोज तयार गर।” 17आज्ञा पाएअनुसार त्यस चाकरले गर्यो, त्यसले तिनीहरूलाई योसेफको घरमा लग्यो।
18घरमा लाँदा तिनीहरू डराए र सोच्न लागे, “पहिलोपल्ट पैसा हाम्रो धोक्रोमा परेर फर्केको हुनाले हामीलाई घरमा लैजाँदै छन्। अब तिनीहरूले अचानक हामीमाथि हमला गर्नेछन्, हाम्रा गधाहरू खोस्छन् र हामीलाई कमारा बनाउँछन्।” 19यसकारण घरको ढोकामा पुगेर तिनीहरूले मुख्य चाकरलाई भने, 20“हजुर, हामी अघि पनि एकपल्ट अन्न किन्नलाई यहाँ आएका थियौं। 21राती बास बस्नलाई पाल हाल्यौं र आफ्ना भारी खोल्यौं। हामी हरेकका धोक्राको मुखमा हामीले तिरेको पैसा बाँधिएको रहेछ। हामीले त्यो त्यति बेला मात्र देख्यौं। हामीले ती रकम फर्काइल्याएका छौं। 22अझ केही अन्न किन्न हामीले अरू रकम पनि ल्याएका छौं। कसैले त्यसरी हाम्रा धोक्रामा पैसा हालिदियो, हामी जान्दैनौं।”
23चाकरले भन्यो, “सुर्ता नगर। नडराओ। तिम्रा र तिम्रा बुबाको परमेश्वरले रकम तिमीहरूको धोक्रोमा हालिदिनुभयो होला। मैले त तिमीहरूको अन्नको दाम पाएको थिएँ। तब त्यसले शिमियोनलाई तिनीहरूकहाँ ल्यायो।”
24चाकरले ती दाजुभाइहरूलाई घरभित्र लग्यो। त्यसले तिनीहरूलाई खुट्टा धुन पानी दियो र तिनका गधाहरूलाई दाना-पानी दियो। 25मध्यदिनमा योसेफ आएपछि उनलाई टक्र्याउने सौगात तिनीहरूले तयार पारे। दिउँसो तिनीहरूले उनीसँग भोजन गर्नुपर्छ भनी तिनीहरूलाई भनिएको थियो। 26योसेफ घरमा आएपछि तिनीहरूले उनलाई आफ्नो सौगात टक्र्याए र भूइँमा निहुरेर प्रणाम गरे। 27उनले तिनीहरूको कुशलताको सोधपुछ गरे र भने, “तिमीहरूले आफ्ना बुढा बुबाको बारेमा मलाई भनेका थियौ, उनी कस्ता छन्? उनी जिउँदा र कुशलै छन्?”
28तिनीहरूले जवाफ दिए, “तपाईंका दास हाम्रा बुबा आजसम्म जिउँदा र कुशलै हुनुहुन्छ।” तब तिनीहरूले घुँडा टेकेर उनलाई ढोगे।
29आफ्ना भाइ बेन्यामीनलाई देखेर योसेफले भने, “योचाहिँ तिम्रो कान्छो भाइ हो, जसको बारेमा मलाई तिमीहरूले भनेका थियौ। छोरा, परमेश्वरले तँलाई आशीर्वाद दिऊन्।” 30तब अचानक उठेर योसेफ गए किनभने उनको हृदयमा भाइको लागि माया भरिएर आयो। उनको भक्कानो फुटेर आयो र उनी आफ्नो कोठामा गई रोए। 31उनी मुख धोएर बाहिर आए र आफूलाई सम्हालेर खाना ल्याउन आज्ञा दिए। 32योसेफले एउटा मेचमा खाए। उनका दाजुभाइहरूले अर्का मेचमा खाए। त्यहाँ खान मिश्रीहरूको निम्ति अलग्गै भोज लगाइएको थियो किनभने हिब्रूहरूसँग बसेर खानु तिनीहरूले आफ्नो अपमान ठान्थे। 33योसेफको सामु ती दाजुभाइहरूलाई तिनीहरूको उमेरअनुसार जेठोदेखि कान्छोसम्म क्रमश: बस्न लगाइएको थियो। आफूलाई दर्जाअनुसार मेचमा बस्न लगाइएको देखेर तिनीहरू छक्क परेर आपसमा हेराहेर गर्न लागे। 34तिनीहरूलाई योसेफको मेचबाट खान दिइयो र बेन्यामीनलाई अरूलाई भन्दा पाँच गुणा धेरै खाना दिइयो। यसरी तिनीहरूले योसेफसँग खाए, पिए र आनन्द मनाए।
Trenutno izbrano:
उत्पत्ति 43: सरल नेपाली
Označeno
Deli
Kopiraj

Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: