उत्पत्ति 30
30
1तर राहेलबाट याकूबको सन्तान भएको थिएन। उनी आफ्नी दिदीसित डाहा गर्न लागिन् र याकूबलाई भनिन्, “मलाई पनि सन्तान दिनुहोस्, नत्र म मर्नेछु।”
2याकूबले राहेलसित रिसाएर भने, “के म परमेश्वर हुँ र? तिम्रो कोख त परमेश्वरले थुनिदिनुभएको छ।”
3राहेलले भनिन्, “मेरी कमारी बिल्हा यहाँ छ, त्योसित सुत्नुहोस् र त्यसले मेरो लागि छोरा-छोरी जन्माओस्। त्यसरी म आमा हुन सक्छु।” 4उनले आफ्नी लोग्नेलाई बिल्हा दिइन् र याकूब त्योसित सुते। 5बिल्हा गर्भवती भएर याकूबको लागि एउटा छोरो जन्माई। 6राहेलले भनिन्, “परमेश्वरले मेरो पक्षमा न्याय गर्नुभएको छ। उहाँले मेरो प्रार्थना सुनेर मलाई एउटा छोरो दिनुभएको छ।” त्यसको नाम दान राखिन्। 7फेरि गर्भवती भएर बिल्हाले याकूबको लागि अर्को छोरो जन्माइन्। 8राहेलले “मैले दिदीसित लडाइँ गरेर उनलाई जितें,” भनिन् र त्यसको नाम नप्ताली राखिन्।
9अब आफूले छोरा-छोरी जन्माउन बन्द भएछ भनी बुझेर लेआले आफ्नी कमारी जिल्पालाई याकूबकी स्वास्नी हुनलाई दिइन्। 10जिल्पाले याकूबको लागि एउटा छोरो जन्माई। 11लेआले भनिन्, “म भाग्यमानी भएँ,” र त्यसका नाम गाद राखिन्। 12जिल्पाले याकूबको अर्को छोरो जन्माइन्। “म कति खुसी छु! 13अब स्त्रीहरूले मलाई सुखी भन्नेछन्,” भनेर लेआले त्यसको नाम आशेर राखिन्।
14गहुँका फसल भएको बेलामा रूबेन खेतमा गए र एक प्रकारको दूधे-फल (‘विशाखमूल’) पाएर आमालाई ल्याइदिए। राहेलले लेआलाई भने, “तिम्रा छोराले ल्याएका केही दूधे-फल मलाई देऊ न।”
15लेआले उत्तर दिई, “मेरो लोग्ने लगिस् त लगिस्, त्यतिले पनि तँलाई पुगेन? अब मेरा छोराको दूधे-फल पनि तँलाई चाहियो?”
राहेलले भनिन्, “यदि तिम्रो छोराको दूधे-फल मलाई दियौ भने आज राती याकूबसित तिमी सुत्न सक्छौ।”
16साँझमा याकूब खेतबाट फर्केपछि लेआ गएर उनलाई भेटेर भनिन्, “मैले मेरो छोराको दूधे-फल दिएर तपाईंलाई भाडामा लिएको छु। आज राती तपाईंले मसित सुत्नुपर्नेछ।” यसरी त्यो रात याकूब लेआसित सुते।
17परमेश्वरले लेआको प्रार्थना सुन्नुभयो। उनी गर्भवती भइन् र याकूबको पाँचौँ छोरा जन्माइन्। 18“मैले मेरी कमारी मेरा लोग्नेलाई दिएको थिएँ र परमेश्वरले मलाई त्यसको इनाम दिनुभयो,” लेआले त्यसको नाम इस्साखार राखिन्। 19फेरि गर्भवती भएर लेआले याकूबको छैटौँ छोरो जन्माइन्। 20उनले भनिन्, “परमेश्वरले मलाई असल इनाम दिनुभएको छ। मेरा लोग्नेले मलाई अब कदर गर्नुहुनेछ किनभने मैले उहाँका छ वटा छोराहरू पाइसकें।” यसरी उनले त्यस बालकको नाम जबूलून राखिन्। 21पछिबाट उनले एउटी छोरी पनि जन्माइन् र त्यसको नाम दीना राखिन्।
22त्यसपछि परमेश्वरले राहेललाई सम्झनुभयो। उहाँले तिनको प्रार्थना सुनेर राहेलको कोख खोलिदिनुभयो। 23तिनले गर्भवती भएर एउटा छोरा जन्माइन्। “परमेश्वरले ममाथि परेको लाज हटाइदिनुभयो र एउटा छोरो दिनुभयो। 24परमप्रभुले मलाई अर्को छोरा पनि देऊन्,” भनेर राहेलले त्यसको नाम योसेफ राखिन्।
याकूबले लाबानसँग मोलतोल गर्छन्
25योसेफ जन्मेपछि याकूबले लाबानलाई भने, “अब मलाई जान दिनुहोस् र म घर फर्कन्छु। 26तपाईंको सेवा गरेर कमाएका मेरा स्वास्नीहरू, छोरा-छोरीहरू मलाई दिनुहोस् र म बिदा हुनेछु। मैले कति राम्ररी तपाईंको सेवा गरें, त्यो तपाईं जान्नुहुन्छ।”
27लाबानले उनलाई भने, “म यसो भन्छु, तिम्रो कारण परमप्रभुले मलाई आशीर्वाद दिनुभएको हो भनी मैले ईश्वरीय दर्शनबाट थाहा पाएको छु। 28तिम्रो दाम भन, म त्यो तिमीलाई दिनेछु।”
29याकूबले उत्तर दिए, “कसरी मैले तपाईंको काम गरें र तपाईंका भेडा-बाख्रा मेरा हातमा सप्रेका छन्, त्यो तपाईं जान्नुहुन्छ। 30म आउनुभन्दा अघि तपाईंको थोरै सम्पत्ति थियो तर अब बढेर प्रशस्त भएको छ। म जहाँ गएँ, त्यहाँ परमप्रभुले तपाईंलाई आशिष् दिनुभएको छ। अब मैले आफ्नै भलाइको कुरा पनि सोच्नुपरेको छ।”
31“तिमीलाई कति दिऊँ त?” लाबानले सोधे। याकूबले उत्तर दिए, “मलाई केही दिनुपर्दैन। मेरा कुरा मान्नुहुन्छ भने म तपाईंका भेडा-बाख्राको हेरचाहा गरिरहनेछु। मेरो कुरा यो छ। 32आज तपाईंका भेडा-बाख्राहरूका बगालमा गएर म कालो भेडाको पाठा र टाटे-पाङ्ग्रे वा थोप्ले बाख्राका पाठा छुट्ट्याउँछु र ती सबै मेरा हुनेछन्। 33म इमानदार छु कि छैनँ, तपाईंले सजिलै भविष्यमा थाहा गर्न सक्नुहुनेछ। तपाईं मेरो बगाल हेर्न आउनुहुँदा काला भेडा अनि टाटे-पाङ्ग्रे वा थोप्ले बाख्राबाहेक अरू केही पाउनुभयो भने ती चोरेका हुनेछन्।”
34लाबानले भने, “म राजी छु। तिमीले भनेजस्तो हामी गर्नेछौं।” 35तर त्यस दिन लाबानले सबै टाटे-पाङ्ग्रे र थोप्ले बोका र बाख्रीहरू अनि सबै काला भेडाहरू छुटाए र तिनका जिम्मा आफ्ना छोराहरूलाई दिए। 36त्यसपछि ती भेडा-बाख्राहरू लिएर तिनी याकूबदेखि टाढा तीन दिनको बाटो गए। बाँकी बगालका हेरचाहा याकूबले गर्थे।
37तर याकूबले काँचो जामून, कागती-बदाम र कटुसका हाँगाहरू लिएर, तिनका बोक्रा ठाउँ-ठाउँमा ताछेर तिनमा सेता-सेता धर्के-धर्के बनाए। 38उनले ती हाँगाहरू भेडा-बाख्राका बथानले पानी खाने डूँडका सामुन्ने राखिदिए। पानी खान आउँदा त्यहीँ भेडा-बाख्राहरू मिसिन्थे 39र त्यसरी ती हाँगाका अघि मिसिंदा भेडा-बाख्राहरूले आफ्ना बच्चाहरू पनि थोप्ले, धर्के र टाटे-पाङ्ग्रे ब्याऊन् भनेर उनले त्यसो गरे।
40याकूबले भेडा र बाख्राहरू छुट्ट्याएर राख्थे र तिनलाई लाबानका बगालमा भएका टाटे-पाङ्ग्रे बाख्रा र काला भेडाहरूपट्टि फर्काएर अलग्गै राख्थे। यसरी उनले आफ्नै बगाल बनाएर लगे अनि तिनलाई लाबानका बगालबाट अलग्ग राखे।
41बलिया पशुहरू मिसिएका बेलामा याकूबले पानी खाने डुँडअघि ती हाँगाहरू राखिदिन्थे र ती हाँगाहरूका बीचमा तिनीहरू मिसिन्थे। 42तर दुब्ला पशुहरू मिसिंदा उनले ती हाँगाहरू तिनका अघि राख्दैनथे। त्यसो हुँदा सबै दुर्बल पशुहरू लाबानका बथानमा पर्थे अनि याकूबको बथानमा चाहिँ बलिया र हट्टा-कट्टा पशुहरू पर्थे। 43यस्तै प्रकारले याकूब खुब धनी भए। उनका धेरै भेडा-बाख्राका बथान, कमारा-कमारी, ऊँट र गधाहरू भए।
Trenutno izbrano:
उत्पत्ति 30: सरल नेपाली
Označeno
Deli
Kopiraj

Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: