उत्पत्ति 12
12
अब्रामलाई परमेश्वरको बोलावट
1 #
प्रेरित 7:2,3; हिब्रू 11:8 परमप्रभुले अब्रामलाई भन्नुभयो, “आफ्नो देश, साखा-सन्तान र बुबाको घर छोडिदे र जुन देश म तँलाई देखाउँछु, त्यहाँ जा। 2म तँलाई धेरै छोरा-नातिहरू दिनेछु र तिनीहरू एउटा महान् जाति हुनेछन्। म तँलाई आशिष् दिनेछु र तेरो नाम खुबै चल्नेछ र तँ आशिष्को मूल बन्नेछस्।
3 #
गलाती 3:8
“तँलाई आशिष् दिनेलाई म आशिष् दिनेछु,
तर तँलाई सराप दिनेलाई म सराप दिनेछु।
र तँद्वारा म सबै जातिहरूलाई आशिष् दिनेछु।”
4अब्राम ७५ वर्ष उमेर हुँदा परमप्रभुले भन्नुभएअनुसार हारानदेखि हिँडे अनि लोत उनीसँग गए। 5अब्रामले आफ्नी स्वास्नी साराई, आफ्ना भतिजा लोत र हारानमा कमाएका सारा धन-सम्पत्ति र कमारा-कमारी साथमा लिए र तिनीहरू कनान देशतिर लागे।
तिनीहरू कनानमा आइपुगे। 6कनान देशमा शकेमको पवित्र सहर मोरेमा भएको पवित्र रूख भएको ठाउँसम्म आइनपुगुञ्जेल अब्रामले बिसाएनन्। (त्यस बेला कनानीहरू त्यस देशमा बसोबास गरिरहेकै थिए।) 7#प्रेरित 7:5; गलाती 3:16परमप्रभु अब्रामका अघि देखा पर्नुभयो र उनलाई भन्नुभयो, “यही देश म तेरा छोरा-नातिलाई दिँदछु।” तब अब्रामले आफूलाई दर्शन दिनुहुने परमप्रभुको लागि त्यहाँ एउटा वेदी बनाए। 8त्यसपछि उनी दक्षिणपट्टिका पहाडी ठाउँमा सरे, जुनचाहिँ बेथेल सहरको पूर्वमा पर्थ्यो। त्यहाँ उनले पश्चिमपट्टि बेथेल र पूर्वपट्टि ऐ सहरका माझमा आफ्नो पाल टाँगे। त्यहाँ उनले एउटा वेदी पनि बनाए र परमप्रभुलाई आराधना गरे। 9त्यसपछि अब्राम बसाइँ सर्दै कनानका दक्षिण भागतिर गए।
मिश्रदेशमा अब्राम
10तर कनान देशमा अनिकाल पर्यो। अनिकाल साह्रै भयो र अब्राम अझ दक्षिणतिर मिश्रमा गए र त्यहाँ बास गर्न थाले। 11सिमाना नाघेर मिश्रमा पस्ने बेलामा उनले आफ्नी स्वास्नी साराईलाई भने “तिमी एउटी सुन्दरी स्त्री छ्यौ। 12मिश्रीहरूले तिमीलाई देखी मेरो स्वास्नी हो भनी सोच्नेछन् र तिनीहरूले मलाई मारेर तिमीलाई जीवित राख्नेछन्। 13#उत्पत्ति 20:2; 26:7तिनीहरूलाई तिमी मेरी बहिनी हो भनी भन र तिम्रो कारणले तिनीहरूले मलाई राम्रो व्यवहार गर्नेछन् र मेरो ज्यान बाँच्नेछ।” 14सिमाना तरेर मिश्रमा पसेपछि मिश्रीहरूले उनकी पत्नीलाई हेर्नमा सुन्दरी पाए। 15कति जना महलका अधिकारीहरूले तिनलाई देखे र तिनको सुन्दरताका बारेमा राजालाई भने। यसकारण तिनलाई राजमहलमा पुर्याए। 16तिनको खातिर राजाले अब्रामसित राम्रो व्यवहार गरे र उनलाई भेडा-बाख्राका बथान, गाई-गोरु, गधा, ऊँट र कमारा-कमारीहरू दिए।
17तर राजाले साराईलाई रोजेका हुनाले परमप्रभुले राजा र महलका मानिसहरूबीच डरलाग्दा रोगहरू पठाउनुभयो। 18तब राजाले अब्रामलाई बोलाए र सोधे, “तिमीले यो मसित के गरेको? तिनी तिम्री स्वास्नी हुन् भनी किन मलाई भनेनौ? 19तिनी मेरी बहिनी हुन् भनी किन भन्यौ? यसैले मैले तिनलाई मेरी पत्नी तुल्याउन लगेको हुँ। तिम्री स्वास्नी यहीँ छिन्, तिनलाई लिएर गइहाल।” 20राजाले आफ्ना मानिसहरूलाई आज्ञा गरे र तिनीहरूले अब्रामलाई लिएर गए। उनकी स्वास्नी र सारा सम्पत्तिसहित उनलाई मिश्रदेशबाट पठाइदिए।
Trenutno izbrano:
उत्पत्ति 12: सरल नेपाली
Označeno
Deli
Kopiraj

Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.