उत्पत्ति 10
10
नोआका सन्तानहरू
1नोआका छोराहरू शेम, हाम र येपेतका सन्तान यिनै हुन्। यी तीन भाइका छोराहरू जलप्रलयपछि जन्मे।
2येपेतका छोराहरू गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास हुन्। ती आ-आफ्ना नामअनुसारका कुलहरूका पुर्खाहरू भए। 3गोमेरका सन्तान अशकनज, रीपत र तोगर्माका मानिसहरू भए। 4यावानका सन्तान एलीशाह, तर्शीश र कित्तीम र रोदानीम (रोडस) का मानिसहरू भए। 5ती समुद्रका किनार र टापुहरूमा काम गर्ने मानिसहरूका पुर्खा भए। भिन्न-भिन्न कुल र देशहरूमा बाँडिएर बास गर्ने मानिसहरूका पुर्खा भए। भिन्न-भिन्न कुल र देशहरूमा बाँडिएर बास गर्ने र आ-आफ्नो भाषा बोल्ने येपेतका सन्तानहरू यिनै हुन्।
6हामका छोराहरू कूश, मिश्रइम, पूत र कनान हुन्। ती आ-आफ्ना नामअनुसारका जातिहरूका पुर्खा भए। 7कूशका सन्तान सेबा, हवीला, सब्ता, रामाह र सब्तका मानिसहरू भए। रामाहका सन्तान शेबा र ददानका मानिसहरू भए। 8कूशको निम्रोद नाउँ गरेका छोरा थिए, यिनी संसारमा देश विजय गर्ने पहिला ठूला मानिस भए। 9परमप्रभुका कृपाले यिनी ठूला शिकारी पनि थिए। त्यसैले मानिसहरू यसो भन्छन्, “परमप्रभुले तिमीलाई निम्रोदझैँ ठूला शिकारी बनाऊन्।” 10सुरुमा उनका राज्यमा बेबिलोनिया, एरेक, अक्कद पर्थे, यी तीनैवटा बेबिलोनिया देशमा पर्थे। 11त्यस देशबाट उनी अश्शूर देशमा गए र त्यहाँ निनवे, रहोबोत-इर र कालह र रेसेन सहरहरू बसाले। 12रेसेन निनवे र ठूलो सहर कालहका बीचमा छ।
13मिश्रइमका सन्तान लूदी, अनामी, लहाबी, नप्तूही, 14पत्रुसी, कस्लूही र कप्तोरीका मानिसहरू भए। कप्तोरबाट पलिश्तीहरू जन्मिए।
15कनानका छोराहरू जेठा सीदोन र अर्का हित्तीहरू हुन्। ती आ-आफ्ना नामअनुसारका जातिहरूका पुर्खा भए। 16कनानचाहिँ यबूसी, एमोरी, गिर्गाशीहरूका पनि पुर्खा भए। 17हिव्वी, अरकी, सिनी, 18अर्वादी, समारी र हमातीहरूको भिन्न-भिन्न कनानी कुलहरू चारैतिर फैलिएर गए 19र कनान देशका सिमाना सीदोनदेखि दक्षिणका गाजाछेउको गरारसम्म पूर्वमा सदोम, गमोरा, अदमा र लाशाका छेउमा सबोयीमसम्म पुग्यो। 20भिन्न-भिन्न कुल र देशहरूमा बाँडिएर बास गर्ने र आ-आफ्ना भाषा बोल्ने हामका सन्तानहरू यिनै हुन्।
21येपेतका ठूल्दाइ शेम सम्पूर्ण हिब्रूहरूका पुर्खा भए। 22शेमका छोराहरू एलाम, अश्शूर, अर्पक्षद, लूद र अराम हुन्। ती आ-आफ्ना नामअनुसारका जातिहरूका पुर्खा भए। 23अरामका सन्तान ऊज, हुल, गेतेर र मेशेकका मानिसहरू भए। 24अर्पक्षद शेलहका बुबा अनि शेलह एबेरका बुबा भए। 25एबेरका दुई छोराहरू थिए। एउटाको नाम पेलेग थियो किनभने उनकै बेलामा संसारका मानिसहरू अलग-अलग भएर छुट्टिए, अर्कोको नाम योक्तान थियो। 26योक्तानका सन्तान अल्मोदद, शेलेप, हसर्मवित, येरह, 27हदोरम, ऊजाल, दिक्ला, 28ओबाल, अबमाएल, शेबा, 29ओपीर, हवीला र योबाबका मानिसहरू भए। यी सबै योक्तानका छोरा-नातिहरू थिए। 30तिनीहरू बसेका ठाउँ पूर्वका पहाडी देशमा मेशादेखि सपारासम्म फैलिएर गएको थियो। 31भिन्न-भिन्न कुल र देशहरूमा बाँडिएर बास गर्ने र आ-आफ्ना भाषाहरू बोल्ने शेमका सन्तानहरू यिनै हुन्।
32यी सबै जातिहरू, भिन्न-भिन्न हाँगा र जातिअनुसार नोआका सन्तानहरू हुन्। जलप्रलयपछि पृथ्वीका सबै जातिहरू नोआका छोराहरूबाट जन्मेका मानिसहरू थिए।
Trenutno izbrano:
उत्पत्ति 10: सरल नेपाली
Označeno
Deli
Kopiraj

Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.