गलाती 1
1
1प्रेरित हुनलाई म पावल मानिसबाट होइन तर येशू ख्रीष्ट र उहाँलाई मरेकाबाट बिउँताउने परमेश्वर पिताबाट नै बोलाइएको हुँ। 2म र मसँग हुने सबै दाजुभाइका तर्फबाट गलातीको मण्डलीलाई यो पत्र लेख्दै छु।
3परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनुग्रह र शान्ति देऊन्। 4उहाँ नै यस दुष्ट युगबाट हामी बाँचौं भनी परमेश्वर पिताको आज्ञा मानेर हाम्रो पापको साटोमा बलि हुनुभयो। 5परमेश्वरको सधैँभरि जय-जयकार होस्। आमेन।
एउटै सुसमाचार
6म तिमीहरूदेखि छक्क परेको छु यति चाँडै ख्रीष्टको अनुग्रह ल्याउने सुसमाचारलाई छोडेर अरू नै सुसमाचार खोज्दै छौ। 7साँच्चै अरू कुनै सुसमाचार छैन तर म तिमीहरूलाई ख्रीष्टको सुसमाचारलाई बङ्ग्याउने मानिसहरूले गर्दा यो कुरो भन्दै छु। 8हामीले सुसमाचार प्रचार गर्यौं तर यसको उल्टा कसैले प्रचार गर्छन् भने चाहे स्वर्गदूत हुन्, चाहे हामीहरू नै हौं, नरकमै परून्। 9मैले यो कुरो अघि पनि भनेको हुँ र अहिले पनि भन्दै छु, तिमीहरूले मानेका सुसमाचारको उल्टो सिकाउनेचाहिँ नरकमै परोस्। 10यसो भनेर के म मानिसलाई खुसी पार्नतिर लाग्दै छु? अहँ, होइन, म परमेश्वरलाई खुसी पार्न चाहन्छु। के म मानिसको प्यारो हुन खोज्दै छु? यदि म यसो गर्दछु भने म ख्रीष्टको सेवक होइनँ।
पावल कसरी प्रेरित भए
11दाजुभाइहरू, म तिमीहरूलाई भन्दछु, मैले प्रचार गरेको सुसमाचार कुनै मानिसले उब्जाएको होइन। 12मैले यो कुनै मान्छेबाट पाएको होइन, कसैले मलाई यो सिकाएको होइन। तर यो येशू ख्रीष्ट आफैंले मलाई प्रकट गर्नुभएको हो। 13#प्रेरित 8:3; 22:4,5; 26:9-11म इस्राएली धर्मको भक्त हुँदा मेरो चालचलन तिमीहरूलाई थाहा भएकै हो। त्यस बेला कसरी मैले दया नै नराखी परमेश्वरको मण्डलीलाई सताएँ अनि सकेसम्म यसलाई नाश गरें। 14#प्रेरित 22:3म त्यसबेला इस्राएली धर्म मान्नेहरूमा मेरै दौंतरहरूका कट्टर अगुवा थिएँ। मेरा पुर्खाको रीतिथितिलाई म मरिमेटेर मान्दथें।
15 #
प्रेरित 9:3-6; 22:6-10; 26:13-18 तर परमेश्वरले आफ्नो खुसीले म जन्मिनुभन्दा अघि नै मलाई अलग गर्नुभयो र आफ्नै काम गर्न बोलाउनुभयो। 16उहाँले नै मबाट अरू जातिमा सुसमाचार प्रचार होस् भनेर आफ्नो पुत्रलाई मकहाँ प्रकट गर्नुभयो। त्यस बेला म कुनै मानिससँग सोधखोज गर्नतिर लागिनँ। 17मभन्दा अघिका प्रेरितहरूसँग सल्लाह माग्न म यरूशलेम गइनँ। तर म झट्टै अरब देश गएँ र दमस्कसमै फर्किएँ। 18#प्रेरित 9:26-30तीन वर्षपछि मात्र म पत्रुसलाई भेट्न यरूशलेम गएँ र सँगै त्यहाँ पन्ध्र दिन बसें। 19मैले त्यहाँ प्रभुका भाइ याकूबलाई बाहेक अरू कुनै प्रेरितलाई भेटिनँ। 20मैले लेखेको कुरा साँचो हो र म परमेश्वरको अगाडि ढाँट्दिनँ। 21पछि म सिरिया र किलिकियाका गाउँहरूमा गएँ। 22त्यस बेलासम्म यहूदिया मण्डलीका दाजुभाइहरूले मलाई देखेकै थिएनन्। 23मेरो बारेमा यस्तो सुनेका मात्र थिए, “हामीलाई खेदो गर्ने मानिसले अचेल आफैंले मास्न खोजेको विश्वास नै प्रचार गर्दै छ रे” 24यसरी उनीहरूले म बदलिएकोमा परमेश्वरको प्रशंसा गरे।
Trenutno izbrano:
गलाती 1: सरल नेपाली
Označeno
Deli
Kopiraj
Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.