प्रस्थान 8
8
भ्यागुताहरू
1तब परमप्रभुले मोशालाई भन्नुभयो, “राजाकहाँ गएर परमप्रभुले यसो भन्दै हुनुहुन्छ भन्, ‘मेरो प्रजालाई जान दे र तिनीहरूले गएर मलाई पुज्नेछन्। 2तैँले मानिनस् भने म तेरो देशलाई भ्यागुता पठाएर तँलाई दण्ड दिनेछु। 3नील नदीमा यति धेरै भ्यागुता भरिनेछन् कि तिनीहरू नदी छोडी तेरो महलमा, सुत्ने कोठा र पलङ्गमा, तेरा भारदार र प्रजाका घरमा र तेरा चुला र पकाउने भाँडाहरूमा समेत आइपुग्नेछन्। 4तँ, तेरा प्रजा र सबै भारदारहरूमाथि ती भ्यागुताहरू उफ्री-उफ्री आइपुग्नेछन्’।” 5परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनलाई आफ्नो लट्ठी नदी, नहर र पोखरीहरूमाथि उचाल्न भन् र देश भ्यागुतै भ्यागुताले भरियोस्।” 6अनि हारूनले आफ्नो लट्ठी पानीमाथि पसारे र भ्यागुताले देश भरियो। 7तर ती जादूगरहरूले पनि जादू गरे र देशमा भ्यागुता ल्याए।
8राजाले हारून र मोशालाई बोलाउन पठाए र भने, “परमप्रभुलाई यी भ्यागुताहरू हटाइदिन प्रार्थना गरिदेओ र म तिम्रा मानिसहरूलाई परमप्रभुकहाँ बलि चढाउन जान दिनेछु।” 9मोशाले उत्तर दिए, “म खुसीसाथ तपाईंको निम्ति प्रार्थना गर्नेछु। तपाईं, तपाईंका भारदार र प्रजाहरूका निम्ति मैले कति बेला प्रार्थना गर्नुपर्ने हो, सो समय तोकिदिनुहोस्। तब सबै भ्यागुताहरू हट्नेछन् र नील नदीमा बाहेक अरू कहीँ पनि भ्यागुता पाइनेछैन।”
10राजाले भने, “भोलि मेरो निम्ति प्रार्थना गरिदेऊ।” मोशाले भने, “म तपाईंले भन्नुभएअनुसार गर्नेछु, तब तपाईंले जान्नुहुनेछ कि परमप्रभु हाम्रा परमेश्वरजस्तो अर्को कोही छैन। 11तपाईं, तपाईंका भारदार र प्रजाहरूदेखि भ्यागुता हट्नेछन् र नील नदीमा मात्र ती रहनेछन्।” 12तब मोशा र हारून राजाबाट बिदा भएर गए र देशमा आएका भ्यागुताहरू हटून् भनी मोशाले परमप्रभुलाई प्रार्थना गरे। 13परमप्रभुले मोशाको प्रार्थना सुन्नुभयो र घर-घर, आँगन र खेतबारीहरूमा भएका भ्यागुताहरू मरे। 14ती मरेका भ्यागुताहरूलाई मिश्रीहरूले बटुलेर राश लाए र दुर्गन्ध फैलियो। 15जब राजाले भ्यागुताहरू मरेका देखे, तब परमप्रभुले भन्नुभएझैँ उनले आफ्नो हृदय कठोर पारे र मोशा र हारूनका कुरा सुनेनन्।
भुसुनाहरू
16परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनलाई भन् कि त्यसले आफ्नो लट्ठीले जमिनमा हिर्काओस् र सारा मिश्रको धुलो भुसुना बनोस्।” 17हारूनले जमिनमा लट्ठीले हिर्काए र मिश्रमा भएको सारा धुलो भुसुना भएर मानिस र पशुहरूलाई ढाके। 18जादूगरहरूले पनि आफ्ना जादूमन्त्रले भुसुना बनाउन खोजे तर तिनीहरूले सकेनन्। जहीँ-तहीँ भुसुनै-भुसुना भयो 19#लूका 11:20र जादूगरहरूले राजालाई भने, “यो कामचाहिँ परमेश्वरले गर्नुभएको हो!” तर राजा ढिट नै भइबसे र परमप्रभुले भन्नुभएअनुसार मोशा र हारूनका कुरा मानेनन्।
झिँगाहरू
20परमप्रभुले मोशालाई भन्नुभयो, “भोलि बिहानै गएर राजा नदीमा जाँदा उसलाई भेट् र भन्, ‘परमप्रभु भन्नुहुन्छ, मेरा प्रजालाई जान दे र तिनीहरूले मलाई पुजून्। 21तैँले मेरा कुरा मानिनस् भने म तेरो घरमा, तेरा भारदारहरू र प्रजाको घरमा झिँगा पठाएर तँलाई दण्ड दिनेछु। मिश्रीहरूका घर, जमिन सबै झिँगाले भरिनेछन्, यो मेरो चेतावनी सुन्। 22तर म त्यो दिन मेरो प्रजा बसेको गोशेन प्रदेशलाई जोगाउनेछु र त्यहाँ झिँगा हुनेछैन। म त्यसो गर्नेछु र तैँले जान्नेछस् कि तेरो देशमा म परमप्रभुले नै यी कामहरू गरिरहेको छु।
23म तेरा र मेरा प्रजाहरूलाई अलग-अलग छुट्ट्याउनेछु। यो अचम्मको काम भोलि हुनेछ’।” 24परमप्रभुले राजमहल र भारदारहरूका घरमा हुलका हुल झिँगाहरू पठाउनुभयो। झिँगाले सारा मिश्रदेशलाई हैरान पार्यो।
25तब राजाले मोशा र हारूनलाई बोलाएर भने, “तिमीहरू जाओ र यही देशभित्र आफ्ना परमेश्वरकहाँ बलि चढाओ।”
26मोशाले जवाफ दिए, “त्यसो गर्न ठीक हुनेछैन किनभने हामीले हाम्रा परमेश्वर परमप्रभुकहाँ पशुहरूको बलि चढाएको मिश्रीहरूले हेर्न सक्नेछैनन्। हामीले मिश्रीहरूका आँखा सामुन्ने यी पशुहरूलाई बलि चढाउन थाल्यौं भने तिनीहरूले हामीलाई ढुङ्गाले हिर्काई मार्नेछन्। 27हामी तीन दिनको बाटो उजाड-स्थानमा गएर त्यहाँ हाम्रा परमेश्वर परमप्रभुकहाँ बलि चढाउनेछौं, उहाँले हामीलाई त्यस्तै आज्ञा गर्नुभएको छ।”
28राजाले भने, “तिमीहरू साह्रै टाढा जाँदैनौ भने म तिमीहरूलाई गएर आफ्ना परमप्रभु तिमीहरूका परमेश्वरकहाँ बलि चढाउने अनुमति दिनेछु। मेरो लागि पनि प्रार्थना गरिदेओ।”
29मोशाले उत्तर दिए, “म यहाँबाट गएर झिँगाहरू तपाईं, तपाईंका भारदार र प्रजादेखि भोलि नै हटोस् भनी परमप्रभुसँग प्रार्थना गर्नेछु। तर तपाईंले फेरि छलेर हामीलाई बलि चढाउन जानदेखि नरोक्नुहोला।”
30मोशाले राजाबाट बिदा भएर परमप्रभुलाई प्रार्थना गरे। 31परमप्रभुले मोशाको प्रार्थनाअनुसार गर्नुभयो। झिँगाहरू राजा, तिनका भारदार र प्रजादेखि हटे। एउटा पनि झिँगा त्यहाँ रहेन। 32तर यस पालि पनि राजा ढिट भए र फेरि पनि इस्राएलीहरूलाई जान दिएनन्।
Trenutno izbrano:
प्रस्थान 8: सरल नेपाली
Označeno
Deli
Kopiraj

Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: