प्रस्‍थान 13

13
जेठाहरूको अर्पण
1परमप्रभुले मोशालाई भन्‍नुभयो, 2#गन्ती 3:13; लूका 2:23“पहिले जन्‍मने सबै बालक र गाई-वस्‍तुका बाछाहरू मलाई अर्पण गर्‌ किनभने इस्राएलको हरेक जेठो छोरा र गाई-वस्‍तुले ब्‍याएको पहिलो बाछो मेरा हुन्।”
अखमिरी रोटीको चाड
3मोशाले मानिसहरूलाई भने, “आफू कमारा-कमारी भएर बसेको मिश्रदेशलाई छोडिआएको यस दिनलाई याद राख। यस दिनमा परमप्रभुले आफ्‍नो महान् शक्तिले तिमीहरूलाई निकाली ल्‍याउनुभयो। खमिर नहालेको रोटी खानू। 4आबीब भनिने पहिलो महिनाको यो दिनमा तिमीहरूले मिश्रदेश छोड्दै छौ। 5परमप्रभुले तिम्रा पुर्खाहरूलाई कनानी, हित्ती, एमोरी, हिव्‍वी र यबूसीहरूको देश दिने प्रतिज्ञा गर्नुभएको छ। जब उहाँले तिमीहरूलाई त्‍यस धनी र मलिलो देशमा पुर्‍याउनुहुन्‍छ, तब वर्षेनी पहिलो महिनामा तिमीहरूले यो चाड मनाउनू। 6सात दिनसम्‍म तिमीहरूले अखमिरी रोटी खानू र सातौँ दिनमा परमप्रभुलाई आदर गर्दै यो चाड मनाउनू। 7सात दिनसम्‍म तिमीहरूले खमिर लाएको रोटी नखानू, तिमीहरूका देशभरि कहीँ पनि खमिर वा खमिरे रोटी नराख्‍नू। 8चाड सुरु भएपछि तिमीहरूले मिश्र छोड्दा परमप्रभुले तिम्रा निम्‍ति जे-जति गर्नुभएको थियो, त्‍यसैको सम्‍झनाको लागि यो चाड मनाइरहेको हो भनी आफ्‍ना छोराहरूलाई भन। 9परमप्रभुको कुनै पनि व्‍यवस्‍था तिमीहरूका मुखमा रहोस् भनेर यो तिमीहरूका निम्‍ति एउटा चिन्‍ह हातमा र निधारअघि तिमीहरूलाई सम्‍झना गराउने कुरा हुनेछ किनकि परमप्रभुले आफ्‍नो शक्तिशाली हातले तिमीहरूलाई मिश्रबाट निकालेर ल्‍याउनुभएको हो। 10हरसाल तोकिएको समयमा यो चाड मनाउने गर।
पहिले जन्‍मनेहरू
11“तिमीहरूलाई परमप्रभुले कनानीहरूका देशमा ल्‍याइपुर्‍याउनुहुन्‍छ। उहाँले त्‍यो देश तिमी र तिम्रा पुर्खाहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ। जब तिमीहरूले सो देश पाउँछौ, 12#प्रस्‍थान 34:19,20; लूका 2:23तिमीहरूले आ-आफ्‍ना जेठा छोराहरू परमप्रभुलाई अर्पण गर्नुपर्नेछ। तिमीहरूका पशुहरूले ब्‍याएका पहिला भाले बच्‍चाहरू पनि परमप्रभुकै हुनेछन्। 13तर गधाको हरेक पहिलो बछेडालाई तिमीहरूले भेडाको पाठो दिएर छुटाउनुपर्नेछ। तिमीहरूले गधा छुटाउन चाहँदैनौ भने त्‍यसको घिच्रो भाँचिदिनू। तिमीहरूले आ-आफ्‍ना जेठा छोरालाई दाम दिएर छुटाउनुपर्नेछ। 14भविष्‍यमा तिमीहरूका छोराहरूले किन यसो गरिएको हो भनी सोधे भने तिमीहरूले यस्‍तो जवाफ दिनू, ‘परमप्रभुले हामी कमारा-कमारी भएर रहेको मिश्रदेशदेखि आफ्‍नो महान् शक्तिले हामीलाई निकाली ल्‍याउनुभयो। 15मिश्रका राजाले हठी भएर हामीलाई नछोड्दा परमप्रभुले मिश्रका सबै मानिसका जेठा छोराहरू र पशुका पहिला जन्मेका भाले बच्‍चाहरूलाई नाश पार्नुभयो। यसैकारण हामी हाम्रा पशुका पहिला जन्‍मेका भाले बच्‍चाहरूलाई परमप्रभुका लागि चढाउँछौं; तर जेठा छोराहरूलाई चाहिँ तिनका सट्टामा केही चढाएर छुटाउँछौं। 16कुनै कुराको याद दिनलाई हात वा निधारमा बाँधेको चिन्‍हजस्‍तै यो चाडले हामीलाई परमप्रभुले आफ्‍नो महान् शक्तिले मिश्रदेखि निकाली ल्‍याउनुभएको कुराको याद गराउनेछ’।”
बादल र आगोका खम्‍बाहरू
17मिश्रका राजाले इस्राएलीहरूलाई छोडिदिएपछि परमेश्‍वरले तिनीहरूलाई पलिश्‍त देशको तिरै-तिरको बाटो लैजानुभएन। हुन त त्‍यो बाटो सबैभन्दा छोटो पर्थ्‍यो तापनि परमेश्‍वरले त्‍यसो गर्नुभएन। उहाँले सोच्‍नुभयो, “यी मानिसहरूले बाटोमा लडाइँ गर्नुपर्नेरहेछ भनी मन फेरेर मिश्रमा फर्कन चाहेको म हेर्न चाहन्‍नँ।” 18यसकारण उहाँले तिनीहरूलाई उजाड-स्‍थानको घुमाउरो बाटो भएर लाल समुद्रतर्फ लैजानुभयो। इस्राएलीहरूले लडाइँ गर्न हात-हतियार लिएका थिए।
19 # उत्‍पत्ति 50:25; यहोशू 24:32 मोशाले योसेफको लाश साथमा लगे किनभने योसेफले इस्राएलीहरूले त्‍यसो गरिदिन तिनीहरूसित प्रतिज्ञा गराएका थिए। योसेफले भनेका थिए, “जब परमेश्‍वरले तिमीहरूलाई छुटकारा दिनुहुनेछ, मेरो लाश पनि तिमीहरूले यस ठाउँदेखि लैजानुपर्नेछ।”
20इस्राएलीहरू सुक्‍कोतबाट हिँडे र उजाड-स्‍थानको किनारमा एथाम भन्‍ने ठाउँमा पाल टाँगे। 21परमप्रभु दिउँसो बादलको खम्‍बामा भएर तिनीहरूलाई बाटो देखाउँदै हिँड्‍नुहुन्‍थ्‍यो र राती आगोको मुस्‍लोमा भएर उज्‍यालो गराउँदै तिनीहरूका अघिअघि जानुहुन्‍थ्‍यो। त्‍यसरी तिनीहरू रातदिन यात्रा गर्न सक्‍थे। 22सधैँ दिउँसो बादलको खम्‍बा र राती आगोको मुस्‍लो मानिसहरूका अघिअघि जान्‍थ्‍यो।

Označeno

Deli

Kopiraj

None

Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi