एफिसी 4
4
शरीरको एकता
1म प्रभुको कैदी तिमीहरूसँग बिन्ती गर्दछु परमेश्वरले तिमीहरूलाई बोलाउनुभएकोले जुन चालचलन तिमीहरूमा हुनुपर्ने हो, त्यो तिमीहरूमा होस्। 2#कलस्सी 3:12,13सधैँभरि नम्र, सोझो र सहनशील होओ। एक-अर्कालाई सहेर प्रेम देखाओ। 3पवित्र आत्माले नै तिमीहरूलाई मेलमिलापमा ल्याउनुभएको हो। त्यस एकतालाई सकेसम्म जोगाइराख। 4परमेश्वरले तिमीहरूलाई दिनुभएको आशा एउटै भएजस्तै शरीर पनि एउटा हो अनि पवित्र आत्मा पनि एउटै हुनुहुन्छ। 5एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा छ। 6सबैका पिता परमेश्वर एउटै हुनुहुन्छ। उहाँ नै सबैका प्रभु हुनुहुन्छ। सबै काम गर्ने उहाँ नै हुनुहुन्छ र उहाँ सबैमा हुनुहुन्छ।
7तर अनुग्रहको वरदानचाहिँ हामी हरेकलाई ख्रीष्टले नै खटाएर दिनुभएको छ। 8#भजनसंग्रह 68:18धर्मशास्त्रले भन्छ,
“उहाँ माथि स्वर्ग उक्लनुहुँदा उहाँले धेरै कैदीहरूलाई
आफूसँग लैजानुभयो
अनि मानिसहरूलाई उपहार दिनुभयो।”
9उहाँ माथि उक्लनुभयो भनेको के हो? यसले उहाँ यस धरातल र अझ तल ओर्लनुभयो भन्ने बुझाउँछ। 10तल पृथ्वीमा ओर्लनुहुने नै सारा जगत्लाई आफैंले भरपूर पार्न सबैभन्दा माथि, स्वर्गभन्दा पनि माथि उक्लनुभयो। 11उहाँले नै कसैलाई आफ्नो प्रेरित, कसैलाई अगमवक्ता, कसैलाई प्रचारक, कसैलाई मण्डलीको हेर विचार गर्ने र कसैलाई शिक्षक नियुक्त गर्नुभयो। 12ख्रीष्टका सबै पवित्र जनहरूलाई उहाँको काम गर्न सक्ने बनाउन र उहाँको शरीर मण्डलीको उन्नति गर्नलाई यो नियुक्ती दिनुभयो। 13यस प्रकार यी वरदानका कामहरूले हामीलाई विश्वासको एकतामा ल्याउन र परमेश्वरको पुत्रको ज्ञानमा हामीलाई बढाउन मद्दत दिइरहन्छन् र एक दिन हामी परिपक्व बन्नेछौं र ख्रीष्टकै भरिपूर्णताको मात्रामा पुग्नेछौं। 14तब हामी स-साना केटा-केटीजस्ता धूर्त मानिसका विभिन्न शिक्षाका बतासले जता हुर्र्यायो, उतै जादैनौं। तिनीहरूले निकालेका ठग विद्याले अरूलाई कुबाटोमा लैजान्छ। 15प्रेमसँग सत्य बोलेर सबै कुरामा हाम्रो शिर ख्रीष्टजस्तै हामी बढ्दै जाऔं। 16#कलस्सी 2:19उहाँकै अधीनमा सबै बेग्लाबेग्लै अङ्गहरू मिलेर रहेका छन् र पूरै शरीर ठीक-ठीक ठाउँमा जोडिएर बसेको छ। एक-एक अङ्गले आफूले गर्नुपर्ने काम गर्यो भने पूरै शरीर प्रेममा बढ्दै विकसित हुन्छ।
ख्रीष्टमा नयाँ जीवन
17यसकारण म प्रभुको नाउँमा शिक्षा दिंदै भन्छु, अब तिमीहरूका चालचलन परमेश्वरलाई नै नचिन्नेहरूको जस्तो नहोस्। उनीहरूका विचार त काम नलाग्नेछन्। 18उनीहरूको हृदय अन्धकारले ढाकेको छ। उनीहरू परमेश्वरले दिनुहुने जीवनदेखि टाढा छन् किनभने तिनीहरूको हृदय केही नजान्ने र हठी छ। 19उनीहरूको लाजै पचिसकेको छ र कुआदतमा लागेर हरकिसिमका अशुद्ध काममा जीवन अर्पेका छन्।
20तर तिमीहरूले त ख्रीष्टको शिक्षाबाट यस्तो कुरा सिकेनौ। 21साँच्चै तिमीहरूले उहाँको शिक्षा सुनेर उहाँका चेला भएकोले येशूको सत्यलाई सिक्यौ। 22#कलस्सी 3:9पहिलेका आचरणहरूमा बाँच्ने तिमीहरूको पुरानो जीवन त्यागिदेओ। त्यही पुरानो जीवन, जुनचाहिँ तिमीहरूका कुइच्छाहरूको कारणले नष्ट भइरहेथ्यो। 23तिमीहरूका मन र आत्मा पूरा नयाँ होस्। 24#कलस्सी 3:10; उत्पत्ति 1:26नयाँ मानिस परमेश्वरकै स्वरूपमा सिर्जिएको हो अनि यसले परमेश्वरको अघि ठीक र पवित्र रहेको साँचो जीवन देखाउँछ। यही नयाँ स्वभावलाई अपनाओ।
25 #
जकरिया 8:16
त्यसो हुँदा अब ढाँट्ने बानी छोडिदेओ। एक-अर्कासँग साँचो बोल किनभने हामी सबै ख्रीष्टको शरीरमा एक-अर्काका अङ्ग हौं। 26#भजनसंग्रह 4:4तिमीहरूलाई रिस उठ्यो भने रिसले गर्दा पापचाहिँ नहोस्। घाम अस्ताउनुभन्दा अघि नै तिमीहरूको रिस मरिसकोस्। 27शैतानले मौका छोप्न नपाओस्। 28चोर्नेले चोर्ने काम छोडोस् र इमानदारिसँग आफ्नै हातले कमाओस्। त्यसपछि खाँचोमा पर्नेलाई पनि केही दिन सकोस्। 29तिमीहरूको मुखबाट नराम्रो कुरो ननिस्किओस्, चाहिने, राम्रो र भलाइ गर्ने कुरो बोल र सुन्नेहरूलाई भलाइ होस्। 30परमेश्वरको पवित्र आत्मालाई खिन्न नपार किनभने पवित्र आत्मा नै तिमीहरूले छुटकाराको दिनको लागि पाएको छाप हो। 31सबै नराम्रा कुरा, झैझगडा र रिस-राग त्यागिदेओ। गाली निन्दा गर्दै नगर, सबै किसिमका वैरभाव त्यागिदेओ। 32#कलस्सी 3:13तर दयालु भई एक-अर्कालाई अनुग्रह गर। परमेश्वरले ख्रीष्टमा तिमीलाई माफ दिएझैँ तिमीहरूले पनि एक-अर्कालाई माफ दिने गर।
Trenutno izbrano:
एफिसी 4: सरल नेपाली
Označeno
Deli
Kopiraj
Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: