कलस्सी 3

3
1 # भजनसंग्रह 110:1 तिमीहरू पनि ख्रीष्‍टसँगै बिउँतिएकोले स्‍वर्गकै कुरा खोज, जहाँ ख्रीष्‍ट परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुहुन्‍छ। 2पृथ्‍वीका कुराहरूमा होइन तर माथिकै कुरामा आफ्‍नो मन लगाओ 3किनभने तिमीहरू त मरेका छौ र तिमीहरूको जीवनचाहिँ परमेश्‍वरमा ख्रीष्‍टसँगै लुकेर रहेको छ। 4तिमीहरूको सच्‍चा जीवन त ख्रीष्‍ट नै हुनुहुन्‍छ अनि उहाँ देखापर्दा तिमीहरू पनि उहाँसँगसँगै देखापर्नेछौ अनि उहाँकै सम्‍मान्‌को सहभागी हुनेछौ।
पुरानो र नयाँ जीवन
5संसारमा तिमीहरू आफ्‍ना शरीरका इच्‍छालाई मार, जस्‍तै: व्‍यभिचारको इच्‍छा, अशुद्ध कुरा, छाडा इच्‍छा, नराम्रा विचार, लोभ आदि हुन्। 6यिनै कुराहरूले गर्दा नै परमेश्‍वरको रिस उहाँका आज्ञाहरू नमान्‍नेमाथि पर्नेछ। 7तिमीहरूको जीवन पनि एक पल्‍ट यस्‍तै थियो र यिनै कुरामा चल्‍थ्‍यौ।
8तर अब तिमीहरूले रिस-राग, डाहा, निन्‍दा, गाली आफूबाट हटाउनुपर्छ। 9#एफिसी 4:22तिमीहरूले कसैलाई ढाँट्‍ने काम नगर किनभने आफ्‍ना पुरानो जीवन र त्‍यसका बानीबेहोरा छोडिसकेका छौ। 10#एफिसी 4:24; उत्‍पत्ति 1:26अब त तिमीहरूले नयाँ स्वभाव धारण गरेका छौ। उहाँको पूर्ण ज्ञान तिमीहरूले पाओ भनेर परमेश्‍वर यसको सृष्‍टिकर्ताले यो स्वभाव उहाँकै स्‍वरूपमा सधैँ नयाँ पारिरहनुहुन्‍छ। 11यसकारण यहाँ इस्राएली र ग्रीक, शरीरमा खतना गरेका र नगरेका, असभ्य, अशिक्षित, कमारा र फुक्‍का कुनैको भेद रहँदैन तर ख्रीष्‍ट मात्र हुनुहुन्‍छ र ख्रीष्‍ट नै सबैमा हुनुहुन्‍छ।
12 # एफिसी 4:2 तिमीहरू नै परमेश्‍वरले छानेका प्‍यारा पवित्र जनहरू हौ। यसकारण तिमीहरूले माया, दया, नम्रता, सोझोपन, सहनेशक्ति लुगाजस्‍तै लाउनुपर्छ। 13#एफिसी 4:32तिमीहरूले एक-अर्कालाई सहेर प्रेम देखाओ, कसैको विरोधमा केही कुरो छ भने माफ गर। प्रभुले तिमीहरूलाई माफ गर्नुभएझैँ तिमीहरूले पनि एक-अर्कालाई माफ गर। 14यी सबै गुणहरूभन्दा बेसी प्रेमलाई अपनाओ किनभने प्रेमले नै सबै कुरालाई पूर्ण एकतामा ल्‍याउँछ। 15ख्रीष्‍टको शान्‍तिले तिमीहरूका हृदयमा राज्‍य गरोस्। यही शान्‍तिको लागि नै परमेश्‍वरले तिमीहरूलाई एउटै शरीरमा बोलाउनुभएको हो। यसमा तिमीहरू धन्‍यवादी होओ। 16#एफिसी 5:19,20ख्रीष्‍टको शिक्षाले तिमीहरूको हृदय भरिभराउ होस्। आफ्‍ना सबै ज्ञान-बुद्धिले सिकाउने र सल्‍लाह दिने गर। धन्‍यवादी बनेर भजन, स्‍तुति र आत्‍माका गीतहरूले हृदयदेखि परमेश्‍वरलाई चढाउओ। 17तिमीहरूले जे भने पनि, जे गरे पनि सबै कुरा प्रभु येशूकै नाउँमा गर अनि उहाँद्वारा नै परमेश्‍वर पितालाई धन्‍यवाद चढाओ।
नयाँ जीवनमा व्‍यक्तिगत सम्‍बन्‍ध
18 # एफिसी 5:22; १ पत्रुस 3:1 स्‍वास्‍नी मानिसहरू हो, तिमीहरूले प्रभुलाई मनपर्ने गरी आफ्‍ना लोग्‍नेहरूको आज्ञा मान।
19 # एफिसी 5:25; १ पत्रुस 3:7 ए लोग्‍ने मानिसहरू हो, तिमीहरू आफ्‍ना स्‍वास्‍नीहरूलाई कठोर नभई माया गर।
20 # एफिसी 6:1 ए बालकहरू, तिमीहरूले पनि सधैँ आफ्‍ना आमा-बुबाले भनेका कुराहरू मान किनभने यसो गर्नाले नै परमेश्‍वर खुसी हुनुहुन्‍छ।
21 # एफिसी 6:4 ए बुबा हो, तिमीहरूले आफ्‍ना बाल-बालिकाहरूलाई दिक्‍क नलाओ। नत्र त तिनीहरूको मन बिग्रिनेछ।
22 # एफिसी 6:5-8 कमाराहरू हो, तिमीहरूले आफ्‍ना मालिकहरूले भनेका सबै कुराहरू मान। मालिकलाई खुसी पार्ने विचारले मात्र आँखाका सामु होइन तर प्रभुको डर राखेर सोझो मनले काम गर। 23जे गर्छौ, मानिसलाई जस्‍तो होइन, तर प्रभुलाई नै जस्‍तो गरेर दिलोज्‍यानले गर 24किनभने तिमीहरूलाई प्रभुले प्रतिज्ञा गर्नुभएको इनाम दिनुहुनेछ भन्‍ने थाहै छ। प्रभु ख्रीष्‍ट नै तिमीहरूका मालिक हुनुहुन्‍छ। 25#व्यवस्था 10:17; एफिसी 6:9नराम्रो गर्ने जोसुकै होस्, त्‍यसले नराम्रै दण्‍ड भोग्‍नेछ। परमेश्‍वरले कसैको पक्षपात गर्नुहुन्‍न।

Označeno

Deli

Kopiraj

None

Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi