प्रेरित 22
22
1“दाजुभाइ तथा बुबाहरू हो, तपाईंहरूको अगाडि मैले मेरो पक्षमा भन्नुपर्ने कुरा अब सुन्नुहोस्।” 2पावलले हिब्रू भाषामा बोलेको सुनेर सबै मानिसहरू चुपचाप लागे।
3 #
प्रेरित 5:34-39
पावलले भने, “म किलिकियाको टार्सस सहरमा जन्मिएको यहूदी हुँ, तर म यही यरूशलेम सहरमा हुर्केर गुरु गमलियलको चरणमा हुर्किएँ। हाम्रा पिता-पुर्खादेखि नै मान्दै आएको धर्मशास्त्रको शिक्षा मैले राम्रोसँग सिकेको छु। आज तपाईंहरूले परमेश्वरप्रति जति उत्साह देखाउनुभएको छ, मैले पनि त्यत्तिकै उत्साह देखाएको थिएँ। 4#प्रेरित 8:3; 26:9-11मैले मुक्तिको बाटोमा लागेका मानिसहरूलाई मर्नेसम्म गरी सताएको थिएँ। मैले पुरुष र स्त्रीहरूलाई पक्रेर थुन्न लगाएको थिएँ। 5यी मैले भनेका कुरा साँचो हुन् भनेर प्रधान पूजाहारी र हाम्रो महासभाका सदस्यहरूले पनि भन्न सक्नुहुन्छ। उहाँहरूले नै मलाई दमस्कसमा हुने यहूदी दाजुभाइहरूको नाउँमा पत्र दिनुभयो र त्यस पत्रमा मलाई प्रभु येशूमा विश्वास गर्ने जनहरूलाई पक्रिने अधिकार मिलेको थियो। यसैकारण तिनीहरूलाई यरूशलेममा ल्याएर सजाय दिने उद्देश्यले म दमस्कस गएँ।
आफ्नो परिवर्तनबारे पावलको बयान
(प्रेरित ९:१-१९; २६:१२-१८)
6“दमस्कसनेर पुग्न लाग्दा मध्यदिन भएको थियो। त्यसै बेला आकाशबाट एक्कासि अति नै चहकिलो उज्यालो ममाथि चम्कियो। 7म भूइँमा ढलें। त्यति नै खेर मैले यसो भनेको एउटा आवाज सुनें, ‘शाऊल, ए शाऊल तिमी मलाई किन सताउँछौ?’ 8मैले भनें, ‘प्रभु! तपाईं को हुनुहुन्छ?’ प्रभुले भन्नुभयो, ‘म नासरतको येशू हुँ, जसलाई तिमीले सताउँदै छौ’। 9मसँग हुनेहरूले उज्यालोलाई त देखे, तर आवाजलाई चाहिँ सुनेनन्। 10मैले भनें, ‘हे प्रभु, अब म के गरूँ?’ प्रभुले मलाई भन्नुभयो, ‘उठेर दमस्कस सहरमा जाऊ, परमेश्वरले तिमीलाई खटाउनुभएको कामहरूको बारे तिमीलाई त्यहीँ नै बताइनेछ’। 11त्यस चहकिलो उज्यालोले गर्दा म अन्धो भएको थिएँ अनि मेरा साथीहरूले मलाई डोर्याएर दमस्कस पुर्याए।
12“त्यस सहरमा हननिया नाउँ भएका एक जना मानिस बस्थे। उनी मोशाले दिएका व्यवस्था पालन गर्ने धर्मी मानिस थिए र दमस्कसमा बस्ने यहूदीहरू सबैले उनलाई मान-इज्जत गर्थे। 13तिनै मानिसले मकहाँ आएर मेरो छेउमा उभिएर भने, ‘शाऊल भाइ, फेरि देख्ने होऊ’। तिनले यसो भन्नेबित्तिकै म आँखा देख्ने भएँ। 14त्यसपछि उनले मलाई भने, ‘तिमीले हाम्रा पुर्खाका परमेश्वरको इच्छा जान्न सक भनेर नै उहाँले तिमीलाई चुन्नुभएको छ। तिमीले धर्मी सेवक येशूलाई देख्न पायौ र उहाँको मुखबाट बोलिएको कुरालाई सुन्न पायौ! 15किनभने तिमीले उहाँको साक्षी भएर आफूले देखेका र सुनेका कुरा सबै मानिसहरूको अगाडि सुनाउनुपर्नेछ। 16त्यसो हुँदा अब किन ढीलो गर्ने? उठ र बप्तिस्मा लेऊ अनि येशूको नाउँ लिएर आफ्नो पापदेखि शुद्ध होऊ’।
17“त्यहाँबाट म यरूशलेम गएँ अनि मन्दिरमा प्रार्थना गर्दागर्दै ध्यान-मग्न भएँ र 18मैले प्रभुलाई देखें र प्रभुले मलाई भन्नुभयो, ‘छिट्टै यरूशलेमबाट हिँडिहाल किनभने तिमीले मेरो बारेमा भनेका साक्षीहरू यहाँका मानिसहरूले सुन्नेछैनन्’। 19मैले भनें, ‘हे प्रभु, मेरो बारेमा तिनीहरूलाई सबै कुरा थाहा छ, मैले हरेक सभाघरमा गएर तपाईंलाई विश्वास गर्नेहरूलाई पक्रिंदै र पिट्दै थुन्ने गरें। 20#प्रेरित 7:58तपाईंका साक्षी दिने स्तिफनसलाई रगतपच्छे पारेर मार्दा म त्यहाँ थिएँ। उनको ज्यान लिनेहरूसँग सहमत भएर तिनीहरूको लुगा कुरेर बसेको थिएँ’। 21तर प्रभुले भन्नुभयो, ‘तिमी जाऊ, म तिमीलाई टाढा-टाढासम्म अन्य-जातिहरूकहाँ पठाउँदै छु’।”
22यति भनुञ्जेल मानिसहरूले पावलको कुरा सुनिरहेका थिए। तर त्यसपछि चाहिँ तिनीहरूले चिच्च्याउँदै भन्न लागे, “यसलाई मार्नैपर्छ! मार्नैपर्छ!! अब यसलाई जिउँदो छोड्नै हुँदैन।” 23यसरी जोशमा आएर तिनीहरूले आ-आफ्नो ओढ्ने फुकालेर आकाशतिर धुलो फ्याँकेर कराउन लागे। 24यो देखेर रोमी सेनापतिले भित्र लगी पावललाई कोर्रा लाउने आज्ञा दिएर भने ‘कतै कोर्रा लाउँदा यसले यहूदीहरू किन रिसाएका रहेछन् भनी बताउँछ कि?’ 25सिपाहीहरूले कोर्रा लाउन बाँध्न लाग्दा पावलले नजिकै उभिएको कप्तानलाई भने, “के रोमी नागरिकलाई दोषी नठहराई कोर्रा लगाउन पाइन्छ? के रोमी कानुनले यसै गर्नू भनेको छ?” 26कप्तानले सेनापतिकहाँ गएर यो कुरो सुनाउँदै भने, “हजुर! के गर्न आँट्नुभएको? तपाईंलाई थाहा छ? त्यो मानिस त रोमी नागरिक पो रहेछ!”
27यो कुरा सुनेर सेनापति भित्र पसे र पावललाई सोधे, “के तिमी साँच्चै रोमी नागरिक हौ?” पावलले भने, “हो हजुर!” 28सेनापतिले भने, “म त धेरै पैसा तिरेर रोमी नागरिक भएको हुँ।” पावलले भने, “मचाहिँ जन्मैदेखिको रोमी नागरिक हुँ।” 29यस्तो सुन्नेबित्तिकै पावललाई केरकार गर्न आएका मानिसहरू पछि हटे। पावल रोमी नागरिक हुँदाहुँदै यसरी साङ्गलाले बाँध्न लगाएकोमा ती सेनापति पनि डराए।
यहूदी महासभाको अगाडि पावल
30यहूदीहरूले पावललाई किन दोष लगाएका हुन्, त्यो कुरा सेनापति बुझ्न चाहन्थे। त्यसो हुँदा भोलिपल्ट उनले मुख्य पूजाहारी र महासभाका सबै सदस्यहरूलाई बोलाएर सभा गर्ने आज्ञा दिए र पावललाई लगेर सबैका अगाडि उभ्याए।
Trenutno izbrano:
प्रेरित 22: सरल नेपाली
Označeno
Deli
Kopiraj

Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.