२ कोरिन्थी 1
1
1 #
प्रेरित 18:1
परमेश्वरकै इच्छाले ख्रीष्ट येशूको खबर ल्याउने प्रेरित म पावल र तिमोथी भाइ मिलेर कोरिन्थमा भएका परमेश्वरका मण्डली र अखैयामा चारैतिर बस्ने सबै ख्रीष्टका पवित्र जनहरूलाई यो लेख्दै छौं।
2हाम्रा परमेश्वर पिता र प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनुग्रह र शान्ति देऊन्। 3हाम्रा प्रभु येशू ख्रीष्टका पिता र परमेश्वरको जय-जयकार होस्। उहाँ दयालु पिता र पूरा सान्त्वना दिनुहुने परमेश्वर हुनुहुन्छ। 4उहाँले नै हामीलाई सबै प्रकारका दु:खमा सान्त्वना दिनुहुन्छ। अरू दु:खमा पर्नेहरूलाई त्यसरी नै सान्त्वना दिन सकौं भनेर उहाँले हामीलाई हाम्रा दु:खमा सान्त्वना दिनुभएको छ।
5ख्रीष्टको कष्टमा हाम्रो भाग छ। यसैकारणले नै ख्रीष्टको नाउँमा परमेश्वरले हामीलाई सान्त्वना दिनुहुन्छ। 6हामीले दु:ख भोग्यौं भने त्यो तिमीहरूकै सान्त्वना र मुक्तिको निम्ति हो। हामीले सान्त्वना पायौं भने तिमीहरूले पनि सान्त्वना पाउनेछौ। तब धैर्यसाथ हामीले नै भोगेजस्तो दु:ख भोग्न र सहने शक्ति पनि तिमीहरूलाई मिल्नेछ। 7यसकारण तिमीहरूमा भएको हाम्रो आशा कहिले पनि डग्मगिंदैन। हामीलाई थाहा छ, हामीले भोगेजस्तो दु:ख तिमीहरूले पनि भोग्छौ अनि हामीले नै पाएको जस्तो सान्त्वना तिमीहरूले पनि पाउँछौ।
8 #
१ कोरिन्थी 15:32
भाइ हो, एशियामा हामीले भोगेको दु:खको बारेमा म तिमीहरूलाई सम्झना गराउन चाहन्छु। त्यहाँ हामीले यति साह्रो दु:ख पायौं, हामी बाँचौंला भन्ने आशै थिएन। 9हामीलाई त अब ‘लौ, मर्ने बेला नै आइसकेछ’ भन्नेजस्तो लागेको थियो। आफैंमा भर पर्न होइन तर मरेकाहरूलाई नै बिउँताउनुहुने परमेश्वरमा मात्रै भर पर्न सकौं भनेर यस्तो भएको रहेछ। 10उहाँले हामीलाई मृत्युको मुखबाट बचाउनुभयो र बचाउनुहुन्छ पनि। हामीले उहाँमा पूरा आशा राखेका छौं कि उहाँले हामीलाई फेरि पनि बचाउनुहुनेछ। 11यसको लागि तिमीहरूको प्रार्थनाको सहायता हामीलाई चाहिन्छ। यसरी प्रार्थना गर्दा हाम्रा निम्ति चढाएका धेरै प्रार्थनाहरूको उत्तरमा परमेश्वरले हामीलाई आशीर्वाद दिनुहुनेछ र धेरैले हाम्रो लागि धन्यवाद दिनेछन्।
पावलले योजना बदलेका
12हामी नहिच्किचाई भन्न सक्दछौं कि यस संसारमा मात्र होइन तर तिमीहरूको अगि पनि हाम्रा चालचलन चोखो राख्यौं। यो साँचो मन हामीले परमेश्वरबाट पाएका हौं। यो परमेश्वरको अनुग्रहले मिलेको हो, मान्छेको ज्ञानले होइन। 13-14हामी तिमीहरूले सोझै पढेर बुझ्ने कुराहरू मात्र लेख्छौं। अहिलेसम्म तिमीहरूले थोरै मात्र बुझेका छौ, तर अब हामीलाई राम्ररी बुझ्नेछौ भन्ने आशा लागेको छ। प्रभु येशू आउनुहुँदा हामीले तिमीहरूका बारेमा घमण्ड गरेझैँ तिमीहरूले पनि हाम्रो बारेमा घमण्ड गर्न सक्छौ।
15हामीले एक-अर्कालाई बुझ्छौं भन्ने कुरामा मलाई पक्का भरोसा थियो र नै मैले तिमीहरूलाई भेट्न आउने इच्छा गरेको थिएँ। यसरी तिमीहरूलाई दोबर फाइदा हुनेथियो। 16#प्रेरित 19:21माकेडोनिया जाँदा पनि तिमीहरूलाई भेटेर जाने र फर्कंदा पनि भेट्नेछु र तिमीहरूबाट यहूदिया जानलाई सहायता पाउनेछु भनी विचार गरें। 17के मैले सोचविचार नगरी आउने बन्दोबस्त गरेको थिएँजस्तो तिमीहरूलाई लाग्छ? घरी हुन्छ, घरी हुँदैन भनेर के म आफ्नै स्वार्थलाई हेर्छु र? 18परमेश्वर विश्वासयोग्य हुनुहुन्छ र म पनि घरी हुन्छ, घरी हुँदैन भनेर प्रतिज्ञा गर्दिनँ 19#प्रेरित 18:5किनकि सिलास, तिमोथी र मैले प्रचार गरेका परमेश्वरका पुत्र येशू ख्रीष्टमा ‘हो’ र ‘होइन’ ले बास गर्दैन। तर परमेश्वरको ‘हो’ ले उहाँमा बास गर्छ। 20परमेश्वरका सबै प्रतिज्ञाहरू येशू ख्रीष्टमा पूरा हुन्छन्, यसैकारणले उहाँकै नाउँमा र परमेश्वरको आदरको निम्ति हामी ‘आमेन’ भन्दछौं। 21परमेश्वरले नै हामी र तिमीहरूलाई ख्रीष्टमा दरिलो बनाउनुभएको छ। उही परमेश्वरले हामीलाई अलग गर्नुभएको छ 22र मेरै हो भन्ने छाप लगाउनुभएको छ अनि उहाँले दिनुहुने सबै थोकको बैना हाम्रो हृदयमा पवित्र आत्मा दिनुभएको छ।
23मेरो हृदय जान्नुहुने परमेश्वरलाई साक्षी राखेर म भन्दछु, तिमीहरूलाई अप्ठ्यारो नहोस् भनेर नै म कोरिन्थमा नआएको हुँ। 24हामीहरूले तिमीहरूका जीवन र विश्वासलाई हाम्रो करमा पार्न खोजेका होइनौं किनभने विश्वासमा त तिमीहरू दरिलो छौ। तिमीहरूकै खुसीको लागि हामीहरू तिमीहरूसँग काम गर्दछौं।
Trenutno izbrano:
२ कोरिन्थी 1: सरल नेपाली
Označeno
Deli
Kopiraj
Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.