१ तिमोथी पुस्तक परिचय
पुस्तक परिचय
तिमोथी एशिया प्रान्तका एक युवा ख्रीष्टियान थिए। तिनका आमा यहूदी र तिनका बुबा ग्रीक थिए। प्रचारको काममा तिनी पावलसँगै हिंड्ने र उनलाई सघाउने मानिस भए। तिनलाई यो पहिलो पत्र पावलले तिनै मुख्य कुराको वास्ता गरी लेखका छन्।
यो पत्र सबैभन्दा पहिले मण्डलीमा भएको झूटो शिक्षाको विरुद्धमा चेतावनी हो। यस्तो झूटो शिक्षा यहूदी मत र अन्यजातिको विचार मिसिएर बनेको झूटा विश्वासमा अडेको शिक्षा हो। यसको सार यस प्रकार छ: यो संसार पापले भरिएको छ। मानिसले जबसम्म विशेष गुप्त ज्ञान प्राप्त गर्दैन, कतिपय खानेकुराहरू इन्कार गर्दैन, बिहे गर्दैन, तबसम्म उसले मुक्ति पाउँदैन। यस पत्रमा मण्डलीमा कसरी शासन गर्नुपर्छ, कस्ता सेवा चलाउनुपर्छ, त्यसका अगुवाहरू र तिनीहरूलाई सघाउनेहरूमा कस्तो किसिमका चालचलन हुनुपर्छ, ती सबै अर्तीहरू दिइएका छन्। अन्तमा तिमोथीलाई विश्वासीहरूका मण्डलीको निम्ति तिनको जिम्मेवारीको विषयमा र कसरी येशू ख्रीष्टको असल सेवक बन्ने भनी सरसल्लाह दिइएको छ।
संक्षिप्त विषय-सूची
परिचय १:१-२
मण्डलीको विषयमा र दानसम्बन्धी अर्तीहरू १:३—३:१६
तिमोथीलाई तिनको कामसम्बन्धी अर्तीहरू ४:१—६:२१
Trenutno izbrano:
१ तिमोथी पुस्तक परिचय: सरल नेपाली
Označeno
Deli
Kopiraj
Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.