१ थेसलोनिकी पुस्तक परिचय
पुस्तक परिचय
थेसलोनिका रोमी प्रान्त माकेडोनियाको राजधानी थियो। फिलिप्पी छोडेपछि पावलले यस सहरमा मण्डली सुरु गरेका थिए। तर त्यहाँ तुरुन्तै यहूदीहरूले पावलको विरोध गरे। तिनीहरू यहूदी धर्म रुचाउने गैरयहूदीहरूले पावलद्वारा सुनाइएको ख्रीष्टियान समाचारलाई ग्रहण गरेको देख्न सक्दैनथे। यस्तो विरोधले गर्दा पावललाई थेसलोनिका छोडी बेरियामा जानुपर्यो। पछि उनी कोरिन्थमा आइपुग्दा उनीसँगै काम गर्ने तिमोथीद्वारा थेसलोनिकाको मण्डलीको विषयमा खबर पाए।
यो पहिलो पत्र पावलले थेसलोनिकाका ख्रीष्टियानहरूलाई ढाडस र भरोसा दिलाउनलाई लेखेका थिए। यसमा उनले तिनीहरूको विश्वास र प्रेमको विषयमा पाएको खबरको लागि धन्यवाद दिन्छन्। उनले तिनीहरूसँग हुँदा कस्तो किसिमको जीवन बिताएका थिए, त्यसको सम्झना गराउँछन् र त्यसपछि उनले मण्डलीमा ख्रीष्टको आगमनको विषयमा उठेका यस्ता प्रश्नहरूको उत्तर दिन्छन्: के ख्रीष्टको आगमन हुनुभन्दा अघि मर्ने विश्वासी उहाँको आगमनमा पाइने अनन्त जीवनको भागीदार बन्न सक्छ? ख्रीष्ट फेरि कहिले आउनुहुनेछ? यसै मौकामा पावलले तिनीहरूलाई ख्रीष्टको आगमन पर्खंदा चुप लागेर उहाँको काम खुरुखुरु गर्दैरहनू भनेर अह्राउँछन्।
संक्षिप्त विषय-सूची
परिचय १:१
धन्यवाद र प्रशंसा १:२—३:१३
ख्रीष्टियान चालचलनको लागि अर्ती ४:१-१२
ख्रीष्टको आगमनको विषयमा अर्ती ४:१३—५:११
आखिरी अर्ती ५:१२-२२
समाप्ति ५:२३-२८
Trenutno izbrano:
१ थेसलोनिकी पुस्तक परिचय: सरल नेपाली
Označeno
Deli
Kopiraj
Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: