१ थेसलोनिकी 2
2
थेसलोनिकामा पावलको काम
1दाजुभाइहरू हो, तिमीहरूसँगको हाम्रो भेटघाट त्यसै खेर गएन। यो त तिमीहरूलाई थाहै छ। 2#प्रेरित 16:19-24; प्रेरित 17:1-9त्यहाँ आउनुअघि फिलिप्पीका मानिसहरूले हामीहरूलाई दु:ख दिए र हाम्रो बेइज्जती नै गरे। यो कुरा पनि तिमीहरूलाई थाहै छ। तैपनि परमेश्वरले हामीहरूलाई साहस दिनुभयो र धेरै विरोधी हुँदाहुँदै पनि हामीहरूले तिमीहरूलाई सुसमाचार सुनाइछोड्यौं।
3हामीले सिकाएका शिक्षामा झूटो कुरा, नराम्रो विचारको वा कुनै छल-कपट थिएन। 4परमेश्वरले हामीलाई विश्वास गरेर नै सुसमाचार सुनाउने जिम्मा दिनुभयो। यसैकारण हामीहरू उहाँको इच्छामा बोल्छौं। हामी मानिसहरूलाई होइन तर हाम्रो मन जाँच्नुहुने परमेश्वरलाई खुसी पार्न चाहन्छौं। 5तिमीहरूलाई पनि राम्रैसँग थाहा छ, हामीले तिमीहरूसँग चापलुसे कुरा गरेनौं, नता कुनै कुरा पाउने लोभले नै यो गर्यौं। परमेश्वर नै यसको साक्षी हुनुहुन्छ।
6हामीले तिमीहरूबाट र अरू कुनै मानिसबाट प्रशंसा खोजेनौं। हुन त हामी ख्रीष्टको राजदूत भएकोले हामीलाई ठूलो हुने हक थियो। 7तर हामी केटा-केटीको हेर-विचार गर्ने धाईझैँ नम्र पो भयौं। 8साँच्चै तिमीहरूलाई हामीले माया गरेका छौं। तिमीहरूको यति धेरै माया लाग्छ कि परमेश्वरको सुसमाचार मात्र होइन, हाम्रो जीवनै दिन पनि तयार भएका थियौं। 9दाजुभाइहरू हो, तिमीहरूलाई याद छ, सुसमाचार सुनाउँदा पनि हामीले कसैलाई भार नपरोस् भनेर आफ्ना लागि रातदिन मरिमेटेर काम गर्यौं।
10तिमी विश्वासीसँग रहँदा हामी पवित्र, ठीक र निर्दोष भएर रह्यौं। यसको परमेश्वर र तिमीहरू आफैं साक्षी छौ। 11तिमीहरूलाई नै थाहा छ, बुबाले आफ्ना छोराछोरीलाई गरेझैँ तिमीहरूसँग हामीले व्यवहार गर्यौं। हामीले कसरी परमेश्वरको मनपर्दो बाटोमा हिंड्न तिमीहरूलाई साहस दियौं, 12जुन परमेश्वरले तिमीहरूलाई उहाँको राज्य र सम्मान्मा पस्न डाक्नुभएको हो।
13हामीले तिमीहरूलाई परमेश्वरको शिक्षा दिंदा तिमीहरूले यसलाई मानिसको शिक्षा नसम्झेर परमेश्वरकै शिक्षा हो भनेर मान्यौ। हुन पनि साँच्चै यो परमेश्वरकै शिक्षा थियो। यस शिक्षाले अहिले पनि विश्वास गर्ने तिमीहरूमा काम गरिरहेकै छ। यसैकारणले पनि हामी परमेश्वरलाई धन्यवाद चढाइरहन्छौं।
14 #
प्रेरित 17:5
मेरा दाजुभाइहरू, तिमीहरू पनि येशू ख्रीष्टमा विश्वास गर्ने यहूदियामा भएका परमेश्वरका मण्डलीहरूजस्तै भएका छौ किनभने यहूदियाको मण्डलीहरूले इस्राएलीबाट जस्तो दु:ख-कष्ट भोगे, त्यस्तै तिमीहरूले पनि आफ्नै जातिका मानिसहरूबाट भोग्यौ। 15#प्रेरित 9:23,29; 13:45,50; 14:2,5,19; 17:5,13; 18:12तिनै इस्राएलीहरूले ख्रीष्ट येशू र अगमवक्ताहरूलाई पनि मारे र हामीहरूलाई लखेटे। तिनीहरूले परमेश्वरलाई मननपर्ने काम गरे र सबै मानिसका विरोधी भए। 16तिनीहरूले हामीलाई अरू जातिका मानिसहरूकहाँ मुक्तिको कुरा सुनाउन दिएनन्। यसरी तिनीहरूले लगातार आफ्ना पापको घैला भर्दैगए। आखिरमा परमेश्वरको रिस तिनीहरूमाथि पर्यो।
17दाजुभाइहरू, तिमीहरूबाट छुट्टिएर एक छिन शरीरमा देख्न नपाए पनि मन-विचारमा छुट्टिएका छैनौं। हाम्रो तिमीहरूलाई फेरि भेट्ने धेरै ठूलो इच्छा छ। 18हामी तिमीहरूकहाँ आउन खोज्यौं। म पावल चाहिँ घरीघरी आउन निक्कै कोसिस गरें तर शैतानले हामीलाई आउनै दिएन। 19हाम्रा प्रभु येशू ख्रीष्ट आउनुहुने दिनमा हाम्रो आशा, आनन्द, घमण्ड गर्ने मुकुट जे भने पनि तिमीहरू नै हौ, होइन र? 20साँच्चै तिमीहरू नै हाम्रो आनन्द र सम्मान् हौ।
Trenutno izbrano:
१ थेसलोनिकी 2: सरल नेपाली
Označeno
Deli
Kopiraj
Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: