1
मर्कूस 5:34
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
उहाँले त्यसलाई भन्नुभयो, “छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। शान्तिसित जाऊ। तिमी आफ्नो कष्टबाट मुक्त भयौ।”
Primerjaj
Razišči मर्कूस 5:34
2
मर्कूस 5:25-26
त्यहाँ बाह्र वर्षदेखि रगत बग्ने व्यथाले सताइएकी एउटी स्त्री थिइन्। तिनले धेरै चिकित्सकहरू लगाएर उपचार गरेकी थिइन्, र भएभरको सबै कुरा खर्च गरिसकेकी थिइन्; तर पनि लाभ हुनुको साटो झन्-झन् खराब अवस्थामा पुगेकी थिइन्।
Razišči मर्कूस 5:25-26
3
मर्कूस 5:29
अनि तुरुन्तै तिनको रगत बन्द भइहाल्यो, र आफ्नो शरीरमा रोग निको भएको तिनले थाहा पाइन्।
Razišči मर्कूस 5:29
4
मर्कूस 5:41
उहाँले त्यसको हात समात्नुभयो र त्यसलाई भन्नुभयो, “ तालिता कौम! ” (जसको अर्थ हो, “हे सानी केटी, म तिमीलाई भन्दछु, उठ!”)।
Razišči मर्कूस 5:41
5
मर्कूस 5:35-36
येशू बोलिरहनुभएकै बेला केही मानिसहरू सभाघरका शासक याइरसको घरबाट आएर भने, “तपाईंकी छोरीको मृत्यु भयो। अब गुरुज्यूलाई किन अरू दुःख दिनुहुन्छ?” उनीहरूले भनेको कुराको वास्तै नराखी येशूले सभाघरका शासकलाई भन्नुभयो, “नडराऊ, विश्वास मात्र गर।”
Razišči मर्कूस 5:35-36
6
मर्कूस 5:8-9
किनकि येशूले त्यसलाई भन्नुभएको थियो, “हे अशुद्ध आत्मा, तँ यस मानिसबाट बाहिर निस्केर जा!” तब येशूले त्यसलाई सोध्नुभयो, “तेरो नाम के हो?” त्यसले जवाफ दियो, “मेरो नाम फौज हो; किनकि हामी धेरै छौँ।”
Razišči मर्कूस 5:8-9