1
लूका 13:24
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
येशूले जवाफ दिँदै भन्नुभयो, “साँगुरो ढोकाबाट भित्र पस्न बल गर। म तिमीहरूलाई भन्छु, धेरै जना साँगुरो ढोकाबाट भित्र पस्न खोजे तापनि पस्न सक्नेछैनन्।
Primerjaj
Razišči लूका 13:24
2
लूका 13:11-12
त्यहाँ एक जना अठार वर्षदेखि भूत लागेर रोगाएकी स्वास्नी मानिस थिइन्। तिनी कुप्रिएर सोझो हुन नसक्ने भएकी थिइन्। येशूले ती स्वास्नी मानिसलाई देखेर अगाडि डाकेर भन्नुभयो, “हे स्त्री, अब तिमीले रोगबाट छुट्कारा पायौ।”
Razišči लूका 13:11-12
3
लूका 13:13
उहाँले तिनीमाथि आफ्नो हात राख्नुभयो अनि तिनी तुरुन्तै सोझो भएर परमेश्वरको प्रशंसा गर्न लागिन्।
Razišči लूका 13:13
4
लूका 13:30
तर अहिले पछि हुनेहरू पहिला हुनेछन् र अहिले पहिला हुनेहरू पछि पर्नेछन्।”
Razišči लूका 13:30
5
लूका 13:25
त्यतिखेर घरको मालिकले उठेर ढोका बन्द गर्नेछ अनि तिमीहरूले चाहिँ बाहिरबाट ढोका ढकढक्याउँदै भन्नेछौ, ‘ढोका खोलिदिनुहोस्।’ उनले भन्नेछन्, ‘तिमीहरू को हौ र कहाँबाट आएको हौ? म चिन्दिनँ!’
Razišči लूका 13:25
6
लूका 13:5
त्यसो होइन, तर म तिमीहरूलाई भन्छु, तिमीहरूले आ-आफ्ना पापलाई मानेर छोडेनौ भने तिमीहरू पनि नष्ट हुनेछौ।”
Razišči लूका 13:5
7
लूका 13:27
तर उनले फेरि भन्नेछन्, ‘तिमीहरू को हौ? म चिन्दिनँ। ए दुष्ट काम गर्नेहरू हो, यहाँबाट गइहाल!’
Razišči लूका 13:27
8
लूका 13:18-19
येशूले अझै भन्दैजानुभयो, “परमेश्वरको राज्यलाई म केसँग तुलना गरूँ? परमेश्वरको राज्य कस्तो हुन्छ भने कुनै मानिसले बारीमा रायो छर्यो भने त्यो उम्रेर बढ्छ र ठूलो भएर त्यसको हाँगा-बिंगामा चरा-चुरुङ्गीले गुँड लाउँछन्।”
Razišči लूका 13:18-19
Domov
Sveto pismo
Bralni načrti
Videoposnetki