1
एफिसी 2:10
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
हामी उहाँका सृष्टि हौं। हाम्रा जीवनबाट असल काम होस् भनेर नै उहाँले हामीलाई ख्रीष्ट येशूमा सृष्टि गर्नुभयो। हामीहरूले ती असल कामहरू गरौं भनेर उहाँले पहिले नै तयार गर्नुभयो।
Primerjaj
Razišči एफिसी 2:10
2
एफिसी 2:8-9
परमेश्वरको अनुग्रहले नै तिमीहरू विश्वासद्वारा बचाइएका हौ। तिमीहरूले आफैं कोसिस गरेर बाँचेका होइनौ, यो परमेश्वरको वरदान हो। यो तिमीहरूको प्रयासले भएको होइन, यसकारण घमण्ड गर्ने प्रश्नै उठ्दैन।
Razišči एफिसी 2:8-9
3
एफिसी 2:4-5
तर परमेश्वरले हामीलाई असाध्यै माया र ठूलो दया गर्नुभयो। हामीले अट्टेरी गरेर आत्मिक तवरले मरे तापनि उहाँले ख्रीष्टसँगै हामीलाई फेरि जिउँदो गराउनुभयो। तिमीहरू बचाइएको पनि परमेश्वरकै अनुग्रहले हो।
Razišči एफिसी 2:4-5
4
एफिसी 2:6
हामी येशू ख्रीष्टमा भएकाले उहाँसँगै परमेश्वरले हामीलाई पनि जिउँदो गराउनुभयो र उहाँसँगै स्वर्गीय संसारमा राज्य गर्न दिनुभयो।
Razišči एफिसी 2:6
5
एफिसी 2:19-20
यसकारण तिमीहरू अब विदेशी र बिराना होइनौ, तिमीहरू अब परमेश्वरको जातिसँग सह-नागरिक बनेका छौ र परमेश्वरका परिवारका सदस्यहरू बनेका छौ। प्रेरित र अगमवक्ताहरूले हालेका जगमा बनिएका घर तिमीहरू पनि हौ। जगको मूल ढुङ्गाचाहिँ येशू ख्रीष्ट आफै हुनुहुन्छ।
Razišči एफिसी 2:19-20
Domov
Sveto pismo
Bralni načrti
Videoposnetki