1
कलस्सी 2:6-7
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
जसरी तिमीहरूले ख्रीष्ट येशूलाई प्रभु भनेर मानेका छौ त्यसरी नै तिमीहरू उहाँमा नै जिइरहो। उहाँभित्रै जरा गहिरोसँग हालेर बढ। तिमीहरूले आफ्नो जीवन उहाँमा नै खडा गर अनि तिमीहरूलाई सिकाएअनुसार विश्वासमा दरो भएर उहाँलाई धन्यवाद दिइ नै रहो।
Primerjaj
Razišči कलस्सी 2:6-7
2
कलस्सी 2:8
तिमीहरू चनाखो भएर बस, नत्र मानिसहरूको ज्ञान-बुद्धिको खोक्रो छलको तिमीहरू शिकार बन्नेछौ। यस्ता कुराहरू ख्रीष्टबाट होइनन् तर मानिसहरूकै परम्परा र संसारका शिक्षाबाट आएका हुन्
Razišči कलस्सी 2:8
3
कलस्सी 2:13-14
तिमीहरूले पाप गरेको कारण र व्यवस्थाअनुसार खतना नलाउने अरू जातिका मानिस भएका हुनाले एक समय तिमीहरू आत्मिकरूपमा मरेका थियौ। तर अब त परमेश्वरले तिमीहरूलाई ख्रीष्टसँगै बिउँताउनुभएको छ र हाम्रा सबै पापहरूलाई क्षमा गरिदिनुभएको छ। उहाँले हाम्रो विरुद्ध लेखिएका सबै तमसुकहरू तिनका दाबीहरूका साथ रद्द गरिदिनुभयो। उहाँले तिनलाई क्रूसमा किला ठोकी नाश गर्नुभयो
Razišči कलस्सी 2:13-14
4
कलस्सी 2:9-10
किनभने ख्रीष्टको शरीरमा नै परमेश्वरको सारा स्वर्गीय स्वरूप बसेको छ। ख्रीष्ट सबै राज्य र आत्माका शिर हुनुहुन्छ। उहाँमा तिमीहरूको जीवन पूरा भएको छ।
Razišči कलस्सी 2:9-10
5
कलस्सी 2:16-17
यसकारण कसैले पनि खानपानको, पवित्र दिन मान्ने-नमान्ने, औँसी पर्व मान्ने-नमान्ने या विश्राम दिनको विषयमा नियम नबनाओस्। यी सबै पछि आउने कुराहरूका छाया मात्रै हुन्। सक्कली कुरो त ख्रीष्ट नै हुनुहुन्छ।
Razišči कलस्सी 2:16-17
Domov
Sveto pismo
Bralni načrti
Videoposnetki